गद्दी बैठक पूर्णरुपमा खोल्ने तयारी पूरा गरेर केही दिनमै हनुमानढोका दरबार सङ्ग्रहालय विक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... गद्दी बैठक पूर्णरुपमा खोल्ने तयारी पूरा गरेर केही दिनमै हनुमानढोका दरबार सङ्ग्रहालय विक"/>
११ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गद्दी बैठक भवनका सबै कक्ष सर्वसाधारणका लागि खुला गर्ने तयारी

४ चैत्र २०७८, शुक्रबार १२:१०

चैत ४, काठमाडौं । विश्व सम्पदा सूचीमा सूचिकृत हनुमानढोका दरबार क्षेत्रको गद्दी बैठक भवनका सबै कक्ष सर्वसाधारणका लागि पूर्णरुपमा खुला गर्ने तयारी अन्तिम चरणमा पुगेको छ ।

गद्दी बैठक पूर्णरुपमा खोल्ने तयारी पूरा गरेर केही दिनमै हनुमानढोका दरबार सङ्ग्रहालय विकास समितिको सञ्चालक समिति बैठकबाट यससम्बन्धी निर्णय गर्न लागिएको हो । गद्दी बैठकको तल्लो तलामा प्रजातन्त्र स्थापना, पुनस्र्थापना एवं सशस्त्र द्वन्द्वकालका दस्तावेज र पृथ्वीनारायण शाहकालीन हातहतियार प्रदर्शनमा राखिने हनुमानढोका दरबार हेरचाह अड्डाका कार्यालय प्रमुख सन्दीप खनालले राससलाई जानकारी दिनुभयो । 

सङ्ग्रहालय प्रवेशकै टिकटले विशेष प्रदर्शनी र गद्दीबैठकमा पनि जान दिने तयारी कार्यालयले गरेको छ । विसं २०७२ वैशाख १२ गतेको भूकम्पअघि केही दिन गद्दीबैठक हल सर्वसाधारणका लागि खुला गरिएको थियो । भूकम्पसँगै बन्द रहेको गद्दीबैठक यसपटक खोल्न कार्यालयले सम्पूर्ण तयारी गरेको हो । 

पृथ्वीवीर विक्रम शाह राजा हुँदासम्म विशिष्ट विदेशी पाहुनाको स्वागत एवं ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्न गद्दीबैठक उपयोग गरिन्थ्यो । राजदरबार नारायणहिटी सरेपछि गद्दीबैठक इन्द्रजात्रामा राष्ट्राध्यक्ष, सरकार प्रमुखलगायत विशिष्ट व्यक्ति आएर बस्ने स्थलका रुपमा उपयोग हुने थालेको थियो । गद्दीबैठकमुनिको तल्लो तलामा भने विशिष्ट व्यक्तित्वका चालक एवं सुरक्षाकर्मी बस्ने स्थलका रुपमा प्रयोग गरिँदै आएको थियो ।

गद्दी बैठक सर्वसाधारणका लागि खुला गरेपछि हनुमानढोका दरबार क्षेत्रमा आन्तरिक एवं बाह्य पर्यटकको सङ्ख्यामा वृद्धि हुने विश्वास गरिएको छ । हाल दैनिक आन्तरिक र बाह्य गरी करिब ३०० पर्यटकले टिकट काटेर दरबार क्षेत्रका ऐतिहासिक एवं पुरातात्विक महत्वका स्थलको अवलोकन गर्छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेशियामा बिदेशी कामदारको अधिकारका लागि ऐतिहासिक कानूनी जित त्रिभुवन विश्वविद्यालयबाट १६ हजार ३८० विद्यार्थी दीक्षित आयोगमा बयान दिन जान्छुःपूर्वगृहमन्त्री लेखक रास्वपामा समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया सुरु जेलेन्स्कीको कडा चेतावनी निर्धारित मितिमै निर्वाचन हुन्छः अर्थमन्त्री खनाल बालेनसँग वार्ता सकेर निस्किए रवि विश्वविद्यालयलाई प्राज्ञिकस्थल बनाउन आवश्यक छः प्रधानमन्त्री निर्वाचनको वातावरण बनाउनुपर्नेमा अध्यक्ष ओलीको जोड त्रिविविको दीक्षान्त समारोह, सोह्र हजार दीक्षित बेथलेहेमले गाजा युद्धपछि पहिलो पटक क्रिसमस मनाउँदै चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ पर्वहरूले विविधताबीचको राष्ट्रिय एकतालाई थप सुदृढ बनाउँछन्ः प्रधानमन्त्री सुनचाँदीको मुल्य घट्यो त्रिविको ५१आँै दीक्षान्त समारोह आज राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना प्रतिनिधिसभा पुनःस्थापनासम्बन्धी सबै रिटमा एकैसाथ सुनुवाइ हुने प्रधानमन्त्रीसँग सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पदाधिकारीको भेट छ वटा राजनीतिक दल खारेज नागरिकसँगको सम्बन्ध सुधार्न ‘हाम्रो प्रहरी’ अभियान