उक्त प्रणालीको प्रभावले सुदूरपश्चिम, कर्णाली, गण्डकी प्रदेश र प्रदेश नं १ लगायत बाँकी प्रदेशको प"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... उक्त प्रणालीको प्रभावले सुदूरपश्चिम, कर्णाली, गण्डकी प्रदेश र प्रदेश नं १ लगायत बाँकी प्रदेशको प"/>
२१ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना

६ चैत्र २०७८, आईतवार ०६:३४

चैत ६, काठमाडौँ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले देशको पहाडी भू–भागका केही स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । 

उक्त प्रणालीको प्रभावले सुदूरपश्चिम, कर्णाली, गण्डकी प्रदेश र प्रदेश नं १ लगायत बाँकी प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही देशका पहाडी भू–भागका थोरै स्थानहरुमा मेगगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । 

साथै हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रही अन्य भू–भागमा मौसम सामान्यतया सफा रहने बताइएको छ । राति सुदूरपश्चिम, कर्णाली, गण्डकी प्रदेश र प्रदेश नं १ का पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली हुने र बाँकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली र अन्य भू–भागमा सामान्यतया मौसम सफा भई देशका पहाडी भू–भागका एक÷दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १४ दशमलव चार डिग्री र अधिकतम तापक्रम ३१ दशमलव पाँच डिग्री सेल्सियस रहेको छ । त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम चार दशमलव शून्य डिग्री र सबैभन्दा धेरै विराटनगरको अधिकतम तापक्रम ३६ दशमलव ६ डिग्री सेल्सियस रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
१० केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ आयाल निगमले भन्यो– बजारमा ग्यासको अभाव छैन निपाह भाइरसका विषयमा आतंकित नहुन मन्त्रालयको आग्रह निर्वाचन आयोगले बालेनलाई सोध्यो दोस्रो पटक स्पष्टीकरण नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने कार्यमा संलग्न रहेको आरोपमा ७ जना पक्राउ नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार कम्बोडिया पठाउने भन्दै रकम ठगी गरेको अभियोगमा एक जना पक्राउ राष्ट्रपति पौडेलद्वारा जापानका लगानीकर्तालाई नेपालमा लगानी गर्न आह्वान त्रिभुवन विमानस्थलका भन्सार अधिकृतसहित तीन कर्मचारी अख्तियारको नियन्त्रणमा रवि लामिछानेको राहदानी दुरुपयोगसम्बन्धी रिटको पेशी न्यायाधीश मल्ल र निरौलाको इजलासमा रास्वपा जुम्लाका उपसभापति तारा शाही कांग्रेसमा प्रवेश इरानसँग कूटनीतिक सम्झौता हुनेमा ट्रम्प आशावादी सुनचाँदीको मूल्यमा भारी गिरावट हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा