२०८२, १४ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

स्थानीय र प्रहरीबीच भएको झडपमा महिला प्रहरीको मृत्यु : मोरङको लेटाङमा बिहानैदेखि कर्फ्यु

२०७८, ७ चैत्र सोमबार ०५:१९

चैत ७, मोरङ । मोरङको लेटाङ ५ स्थित शिक्षा विकास माविका सामाजिक विषय पढाउने मनोज पौडेल नाम गरेका शिक्षकले सोही विद्यालयमा कक्षा ७ मा अध्ययनरत एक छात्रालाई जबरजस्ती करणी गरेको घटना बाहिर आएपछि भएको झडपलाई शान्त पार्ने क्रममा खटिएकी एक प्रहरी महिलाको मृत्यु भएपछि उक्त क्षेत्र तनावग्रस्त बनेको छ । 

घटना नियन्त्रणभन्दा बाहिर गएपछि स्थानीय प्रशासनले आज बिहान ७ बजेदेखि सो क्षेत्रमा कर्फ्यू लगाएको छ । आइतबार दिउँसोको झडपपछि स्थिति तनावपूर्ण बनेकाले लेटाङ–५, खेरुवा वरपरको क्षेत्रमा अर्को आदेश जारी नहुन्जेलसम्मका लागि जिल्ला प्रशासन कार्यालय मोरङले कर्फ्यू लगाएको हो ।

जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै लेटाङको वडा ३ र ४ को पश्चिम एरिया गंगे चोक र कमलपुर क्षेत्र, ५ वडाको सबै क्षेत्र, उत्तरमा लेटांगको ६ नम्बर वडा कार्यालय क्षेत्र, पूर्वमा मोरंङे खोला क्षेत्र, पश्चिममा चिस्याङ खोला क्षेत्रमा कर्फ्यू लगाएको जनाएको छ । 

एक प्रहरी महिला जवानको मृत्यु हुनुका साथै करिब अढाइ दर्जन घाइते भएका छन् । तीमध्ये केहीको अवस्था गम्भीर छ । 

शिक्षकले विद्यार्थीमाथि करणी गरेको घटना बाहिर आएपछि हिजो दिनभर विद्यालय परिसर तनावग्रस्त बन्यो । अभिभावक तथा छिमेकी विद्यालयबाट गएका विद्यार्थीहरू समेतले पीडितको पक्षमा र पीडक शिक्षकको विरुद्धमा नाराबाजी गरेका थिए ।  

दोषी भनिएका शिक्षकलाई प्रहरीले सुरक्षा दिएर राखेको भन्दै आक्रोशित भीडले निजको मोटरसाइकल तथा विद्यालयमा समेत आगजनी गरेका ििथए । उक्त घटनामा झडप हुँदा एक प्रहरी महिलाको मृत्यु हुनुका साथै अढाइ दर्जन घाइते भएका हुन् । 

घटना अझैसम्म साम्य नभएसँगै जिल्ला प्रशासनले कर्फ्यू लगाएको हो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो ओली पक्राउ परेपछि सडकमा उत्रे एमाले कार्यकर्ता काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु