२१ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

तुलसीपुरमा ‘स्मार्ट छोरी कार्यक्रम’: विपन्न परिवारमा खुसी

७ चैत्र २०७८, सोमबार ०८:११

चैत ७, दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका–६ रजौराकी २२ वर्षीय पुष्पा चौधरीले गत माघमा पहिलो सन्तानका रुपमा छोरीको जन्म दिइन् । घरमा छोरी जन्मेपछि उहाँका श्रीमान् २५ वर्षीय  चन्द्र चौधरीसहित घरपरिवार अन्य सदस्य दङ्ग भए । उनीहरु खुसी हुँदै भने घरमा लक्ष्मी भित्रिइन् ।  अझ उनीहरुको खुसीको सीमा त्यतिबेला थप बढ्यो जुन बेला भर्खरै एक महिना पुगेकी आफ्नी नाबालिका छोरीका नाममा तुलसीपुर उपमहानगरपालिले बैंकमा खाता खोल्न लगाई मासिक दुई सय रुपैयाँका दरले रकम जम्मा गर्न थालेपछि ।

चन्द्र तुलसीपुरमा मजदुरी गरी कमाएको रकमबाट घरखर्च चलाउँछन् भने पुष्पा गृहिणी हुन् । चौधरी दम्पतीले भन्नुभयो, “आफूहरु जस्तो गरिबका लागि  उपमहानगरपालिकाले मासिक रुपमा छोरीको खातामा जम्मा गरिदिने  दुई सय रुपैयाँ पनि धेरै ठूलो लाग्ने र भोलि छोरी ठूली भएपछि उनका लागि धेरै सहयोग पुग्नेछ ।” 

यसैगरी तुलसीपुर–५ की सीता गन्धर्व पनि आफ्नो ६ महिनाकी छोरीका नाममा बैंकमा खोलेको खातामा उपमहानगरपाकिाले रकम जम्मा गरिदिएपछि खुसी रहेको बताउँछिन् । अहिले रकम थौरै भए पनि २० वर्षसम्म धेरै बढ्ने र भोलि सोही रकमले छोरीको उच्च शिक्षामा सहयोग पुग्ने उहाँको भनाइ छ । 

तुलसीपुर उपमहानगरपालिकाले छोरीहरुको आर्थिक र सामाजिक सशक्तीकरणका लागि छोरी जन्मेदेखि हरेक महिना रु दुई सयका दरले बैंक खातामा रकम जम्मा गर्दै आएको छ । कार्यपालिकाको ९५ औं बैठकले ‘स्मार्ट छोरी, बिहेवारी बीस वर्षपारी’ कार्यविधि पारित गरेसँगै अब यो कार्यक्रम लागू भएको हो । यो कार्यक्रमले उपमहानगरपालिकामा जन्मने छोरी २० वर्ष नपुगेसम्म हरेक महिना रकम जम्मा गरिने र २० वर्षपछि बिहे गरे मात्र निकाल्न पाउने व्यवस्था गरेको छ । सोका लागि उपमहानगरपालिकाको  महिला, बालबालिका तथा सामाजिक विकास शाखाले नगरभित्र जन्मिने हरेक छोरीका लागि कार्यविधिसमेत बनाएको छ । 

यो अभियानअन्तर्गत गत आर्थिक वर्षमा  १३४ छोरीको खातामा प्रत्येक महिना सय रूपैयाँका दरले एक हजार दुई सय जम्मा गरिएको छ । चालु आवमा भने सो रकममा दोब्बर वृद्धि गरी हालसम्म चारसय छोरीका खातामा रकम जम्मा गरिएको उपमहानगरपालिकाका नगर महिला, बालबालिका तथा समाजिक विकास शाखाका प्रमुख माया श्रेष्ठले जानकारी दिनुभयो । बैकको खातामा जम्मा गरिएको सो रकम  छोरी २० वर्ष नपुगेसम्म हरेक महिना रकम जम्मा गरिने र उक्त रकम बालिकाले २० वर्षसम्म बिहे नगरे मात्र झिक्न पाउने प्रावधान रहेको पनि उहाँले जानकारी दिनुभयो ।

कार्यक्रममा समावेश हुनका लागि अभिभावकले बैंकमा खाता खोलेर खाता नम्वर उपमहानगरपालिकालाई उपलब्ध गराएपछि रकम जम्मा हुने कुरा कार्यविधिमा उल्लेख छ । कार्यविधिअनुसार जन्मेको पहिलो महिनामा एक हजार दुई सय रुपैयाँ र त्यसपछि हरेक महिना १ सय तथा चालु आर्थिक वर्षदेखि हरेक महिना रु दुई सयका दरले खातामा रकम जम्मा हुनेछ । २० वर्ष पछि एकमुष्ट रुपमा मात्रै रकम निकाल्न पाइने छ । यदि गम्भीर दीर्घरोग लागेर उपचार गर्नुपर्ने भएमा र आर्थिक अवस्थाका कारण पढाइ रोकिने भएमा भने  बीचमै पनि रकम झिक्न पाइने नियम उपमहानगरपालिकाले बनाएको छ । 

कार्यविधि अनुसार समय अगावै बालिकाको मृत्यु भएमा, कडा रोग लागेर माध्यमिक तह पूरा गर्न नसकेमा, संरक्षकको मृत्यु भई आर्थिक कठिनाई भएमा भने खातामा जम्मा भएको रकम पूरै दिनुपर्ने उल्लेख छ । त्यस्तै कार्यक्रममा आबद्ध हुनका लागि अनिवार्य रूपमा उपमहानगरपालिकाभित्र बसोबास गर्दै आएको हुनुपर्ने, बाबुआमाको विवाह दर्ताको प्रमाणपत्र, गर्भवती जाँच गरेको, स्वास्थ्य संस्थामा सुत्केरी भएको प्रमाणपत्र ३५ दिनभित्र उपमहानगरपालिकामा पेस गर्नुपर्ने हुन्छ । यो कार्यक्रमले छोरीहरु कानुनी र सामाजिक हिसाबले विभेद्मा नपरून् भनी सहायता प्रदान गर्न र बालविवाहलाई न्यूनीकरण गर्न मद्दत पुग्ने प्रमुख श्रेष्ठले बताउनुभयो । 

महिला अधिकारकर्मी निरा योगीले उपमहानगरपालिकाले थालेको यो अभियानले सकारात्मक सन्देश प्रवाह गरेको भएता पनि रकम भने अपर्याप्त रहेको बताउनुभयो ।  उहाँले छोरीलाई स्मार्ट बनाउन शिक्षामा  लगानी गर्नुपर्नेमा जोड दिनुभयो । त्यस्तै उपमहानरपालिकाले अतिविपन्न, जेहेन्दार तथा परिवारबाट सहयोग नपाएका बालिकालाई पढ्न सहायता गर्ने, बालविवाह गर्ने वा गरिदिनेलाई कारबाहीको दायरामा ल्याउन मद्दत गर्नेजस्ता कार्यक्रममा लगानी गरेको भए प्रभावकारी हुने उहाँको भनाइ छ । 

नेपाली समाजमा अझै पनि दुई छोरी भए छोराकै लागि भ्रूण हत्या गर्ने प्रवृत्ति नरोकिएको भन्दै उहाँले यस कार्यक्रमले छोरीको महत्व स्थापित गरेकोसमेत बताउनुभयो । उपमहानरपालिकाले सो कार्यक्रमका लागि चालु आर्थिक वर्षमा रु १५ लाख बजेट विनियोजन गरेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
१० केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ आयाल निगमले भन्यो– बजारमा ग्यासको अभाव छैन निपाह भाइरसका विषयमा आतंकित नहुन मन्त्रालयको आग्रह निर्वाचन आयोगले बालेनलाई सोध्यो दोस्रो पटक स्पष्टीकरण नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने कार्यमा संलग्न रहेको आरोपमा ७ जना पक्राउ नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार कम्बोडिया पठाउने भन्दै रकम ठगी गरेको अभियोगमा एक जना पक्राउ राष्ट्रपति पौडेलद्वारा जापानका लगानीकर्तालाई नेपालमा लगानी गर्न आह्वान त्रिभुवन विमानस्थलका भन्सार अधिकृतसहित तीन कर्मचारी अख्तियारको नियन्त्रणमा रवि लामिछानेको राहदानी दुरुपयोगसम्बन्धी रिटको पेशी न्यायाधीश मल्ल र निरौलाको इजलासमा रास्वपा जुम्लाका उपसभापति तारा शाही कांग्रेसमा प्रवेश इरानसँग कूटनीतिक सम्झौता हुनेमा ट्रम्प आशावादी सुनचाँदीको मूल्यमा भारी गिरावट हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा