११ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

हुन्डीमार्फत लाखौ डलर ठगी गरेको आरोपमा अस्ट्रेलियाको नेपालीलाई ४६ महिना जेल सजाय

८ चैत्र २०७८, मंगलवार ०७:१९

चैत ८, काठमाडौँ । नेपालमा अवैध रहेको हुन्डीमार्फत लाखौ डलर ठगी गरेको आरोपमा  मेलबर्नका एक नेपालीलाई अदालतले जेल सजाय तोकेको छ।मेलबर्न बस्दै आएका नेपाली युवा भरत केसीले विभिन्न ४० व्यक्तिको २ लाख डलरभन्दा बढी रकम ठगी गरेको पुष्टी भएपछि भिक्टोरिया काउन्टी अदालतले उनलाई ४६ महिना जेल सजाय सुनाइएको हो। 

केसी पछिल्लो डेढ वर्षदेखि ठगिको ओरोपमा प्रहरी हिरासतमा छन्। अदालतको आदेशसँगै उनलाई प्रहरी हिरासतबाट जेल चलान गरिएको छ।भिक्टोरिया काउन्टी कोर्टका न्यायाधीशले केसीको अपराधले थुप्रै परिवार प्रभावित भएको भन्दै समाजमा उनको अपराध क्षम्य नहुने भन्दै सजाय सुनाएका हुन्।

ठगिएको रकम फिर्ताका लागि पीडितले अबको ६ महिनाभित्र क्षतिपूर्तिसहित दाबी गर्न सक्ने भएका छन्। अदालतमा केसीको तर्फबाट सुनवाई गरेका वकिलले निजको अवस्था चिन्ताजनक रहेको, पारिवारिक समस्या रहेको र कुलतमा फसेका कारण यस्तो भएको बताए पनि न्यायाधीशले त्यस कुराको पृष्टी हुन नसकेको भन्दै सजाय तोकेका हुन्। 

अष्ट्रेलियामा १२ महिनाभन्दा बढी जेल सजाय भएको अवस्थामा सजाय पूरा भएपछि मुलकबाट अनिवार्य डिपोर्ट हुने नियम छ। 

पीआरनै भए पनि यस्तो अपराध र जेलसजायपछि स्वतः रद्द हुने र स्वदेश फर्काइदिने नियम अष्ट्रेलियाको कानुनमा छ। यसका लागि अध्यागमनलाई समेत सूचित गरिने भएको छ। 

केसीले अधिकांश नेपाली विद्यार्थीलाई ठगेका थिए। तीमध्ये कतिपयको ३० हजार डलरभन्दा बढी रकम ठगी गरेका छन्।

करिब दुई वर्षअघि भिक्टोरियाका नेपाली समूदायबीच उनले सबै रकम फिर्ता गर्ने र अबदेखि यस्तो कार्यमा संलग्न नहुने लिखित सहमति गरे पनि निजले ठगी धन्दा कायमै राखेका थिए।त्यसपछि उनीविरूद्ध प्रहरीमा मुद्दा दायर गरिएको थियो। प्रहरीले अनुसन्धानका क्रममा प्रमाणको रूपमा निजले गरेको लिखित सहमति, भिडियोमा स्वीकार गरेको विषयलाई पनि आफ्नो दायरामा लिएको हो। 

ठगी काण्डको पर्दाफास गर्ने अभियानमा लागेका एक पीडितले केसी जेल गएपछि आफूले केही राहतको सास फेरेको बताए।

‘मेरो २५ लाख पाउनुपर्ने छ। हेरौं के हुन्छ’, उनले भने,‘ढिलै भए पनि उनलाई जेल सजाय दिलाउन पाउँदा खुसी लागेको छ।’

उनले हुन्डी र ठगी जस्तो प्रवृत्ती रोक्न नेपाली समुदाय अगाडि आउनुपर्नेमा जोड दिए।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नवनियुक्त मन्त्री शर्माद्वारा पद तथा गोपनीयताको शपथ आयुर्वेद चिकित्सालयलाई केन्द्रीय आयुर्वेद अस्पतालका रूपमा विकास गरिने सरकारले निर्वाचनको वातावरण बनाएको छः मन्त्री खरेल पुष्पकमल दाहाल र सञ्चारमन्त्री खरेलबीच भेटवार्ता जिप दुर्घटनामा एक जनाको मृत्यु, १६ घाइते अध्यक्ष ओली र सञ्चारमन्त्रीबीच भेटवार्ता नाइजेरियामा आइएसविरुद्ध अमेरिकी हवाई आक्रमण ‘ज्येष्ठ नागरिकको समस्या समाधान गर्न आपसी समन्वय आवश्यक छ’ आमनिर्वाचन कांग्रेसको पहिलो प्राथमिकता हो: सभापति देउवा आगलागीबाट दुई जना घाइते, पाँच घरमा क्षति आज पनि बढ्यो सुनचाँदीको मूल्य एकताबद्ध हुन संयोजक दाहालको अपिल कांग्रेस सभापति देउवा र सञ्चारमन्त्री खरेलबीच निर्वाचनबारे छलफल मलेशियामा बिदेशी कामदारको अधिकारका लागि ऐतिहासिक कानूनी जित त्रिभुवन विश्वविद्यालयबाट १६ हजार ३८० विद्यार्थी दीक्षित आयोगमा बयान दिन जान्छुःपूर्वगृहमन्त्री लेखक रास्वपामा समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया सुरु जेलेन्स्कीको कडा चेतावनी निर्धारित मितिमै निर्वाचन हुन्छः अर्थमन्त्री खनाल बालेनसँग वार्ता सकेर निस्किए रवि