२१ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विश्व पानी दिवस : चिस्यान घट्यो, सुक्दै गए पानीका मुहान

८ चैत्र २०७८, मंगलवार ०८:११

चैत ८, गलेश्वर ।  “पँध्यारोमा वन पाल्नु । रुख नभएदेखि जहिले खोज्यो तहिले पानी रहँदैन सुकी जान्छ । वन धेरै फाडिया पैरो पनि जान्छ । धेरै पैरो गए उपधाहा चल्छ । उपधाहाले खेत पनि लैजान्छ । वन नभए गृहस्थीको कुनै काम पनि चल्दैन । तसर्थ पँध्यारोको वन जसले काट्ला त्यसलाई पनि रु पाँच दण्ड गरी लिनु ।” राजा रामशाह (सन् १६०६–१६३६) को चौधौँ थिति ।प्रत्येक वर्ष मार्च २२ तारिखका दिन विश्वभर मनाइने विश्व पानी दिवस आज नेपालमा पनि विभिन्न जनचेतनाका कार्यक्रम गरी मनाइँदै गर्दा ४०० वर्ष अघि तत्कालीन गोर्खा राज्यका राजा राम शाहको उल्लेखित भनाइ आज पनि  सान्दर्भिक देखिन्छ ।

केही वर्षयता नेपालमा तीव्ररुपमा भइरहेको सडक विस्तार र डोजरको प्रयोगका कारण ग्रामीण क्षेत्रमा रहेका वन जङ्गल, सीमसार र चिस्यानयुक्त ठाउँको विनास भए पछि पानीका मुहान र स्रोत सुक्दै जान थालेका छन् । पृथ्वी, जल, तेज, वायु र आकाशलाई पञ्चतत्व भनिन्छ । पञ्च तत्वमध्येको एक पानी सबै जीव र वनस्पतिका लागि महत्वपूर्ण मानिन्छ । पानी बिना मानवको मात्र होइन सम्पूर्ण प्राणीको अस्तित्व नै रहदैन ।

यही कुरालाई मनन् गर्दै संयुक्त राष्ट्रसङ्घको आयोजनामा सन् १९९२ मा ब्राजिलको रियो द जेनेरियोमा भएको पर्यावरण र विकाससम्बन्धी महासभाले विश्व पानी दिवस घोषणा गरेको हो । सन् १९९२ को एजेण्डा २१ मा समाहित पानी दिवसको रुपरेखालाई आत्मसात् गर्दै सन् १९९३ देखि मार्च २२ तारिखका दिन विश्वभर यो दिवस मनाउन थालिएको हो ।

नेपाल जलस्रोतको दोस्रो धनी देश भएर पनि विगत केही वर्षयता देशका सहरी क्षेत्रमा मात्रै होइन ग्रामीण भेगमा समेत खानेपानीको समस्या उत्पन्न भइरहेको छ । पानीका मुहान  सुक्दै गएका छन् । चिस्यान रहिरहने ठाउँ डोजर लगाएर पुरिएका छन् । सीमसार क्षेत्र सुक्खा ठाउँमा परिणत हुनाका साथै ग्रामीण जीवनको अभिन्न अङ्गका रुपमा रहेका पँधेरा र ढुङ्गेधारा गाउँघरबाट पनि लोप हुन थालेका छन् । बढ्दो सहरीकरण र संरक्षणको अभावमा सांस्कृतिक र ऐतिहासिक महत्व बोकेका यस्ता पँधेरा र ढुङ्गेधारा दिन–प्रतिदिन हराउँदै जान थालेका हुन् ।

बढ्दो जनसङ्ख्या र अव्यवस्थित बस्ती विकासका कारण परम्परागत प्रविधि र कलात्मक शैलीमा निर्माण गरिएका पँधेरा तथा ढुङ्गेधारा भत्काइनाका साथै संरक्षण र जीर्णोद्धारको अभावमा पुरिएपछि अहिले गाउँघरमा यी सम्पदा लोप हुँदै गएका ज्यामरुककोटका बृद्ध डिलबहादुर थापाले बताउनुभयो ।

अव्यवस्थितरुपमा खनिएका मोटरबाटो र पाइपमार्फत घरघरमा पानी पु¥याउने होडबाजीमा कतिपय जलसम्पदा पुरिएका बेनी नगरपालिकाका इन्जिनियर विमलरञ्जन कार्कीको गुनासो थियो । म्याग्दीका ग्रामीण भेगमा रहेका कयौँ पँधेरा र ढुङ्गेधारा लोप भइसकेका र भावी पुस्ताले यस्ता परम्परागत मौलिक सम्पदा देख्न नपाउने हुँदा भएका ढुङ्गेधाराको संरक्षण गर्न स्थानीय तहले नै सक्रियता देखाउनु पर्नेमा जिल्लाको इतिहास र संस्कृतिका अध्येता कृष्णबहादुर बानियाँले जोड दिनुभयो ।दुई दशकअघिसम्म ग्रामीण महिलाका लागि पानी पँधेरो नै दुःखसुख साट्ने र पीर व्यथा कहने एक मात्र माध्यम बनेको थियो । पँधेरा र ढुङ्गेधारा केवल पानीका स्रोत मात्र नभएर नेपाली ग्रामीण सभ्यता र संस्कृतिका स्रोत पनि भएको पं निलकण्ठ शर्माले बताउनुभयो । 

“पँधेरा र ढुङ्गेधारा भएको ठाउँमा जलदेवताको पूजा गर्ने गरिन्थ्यो, पूजा गर्दा गाउँभरिका मानिस भेला भएर दुःखसुख साट्ने, रमाइलो गर्ने, खिर पकाएर चढाउने र प्रसादको रुपमा खाने गरिन्थ्यो,” उहिलेका कुरा सम्झँदै बगरफाँटमा अर्का बृद्ध वेदप्रसाद शर्माले भन्नुभयो  ।गाउँघरमा डोजर लगाएर बाटो खन्ने चलन बढेसँगै ग्रामीण मौलिक सम्पदाको विनास हुने क्रम पनि सुरु भएको वन डिभिजन कार्यालयका प्रमुख चन्द्रमणि सापकोटाले बताउनुभयो ।  “ पँधेरा, ढुङ्गेधारा, चौतारी, पोखरी, कुवा, पाटी, पौवाजस्ता ग्रामीण सम्पदाको संरक्षणमा कसैले पनि ध्यानै दिएनन्”, उहाँले भन्नुभयो ।

अहिले जिल्लाका स्थानीय तहका केही जनप्रतिनिधिले मौलिक सम्पदा संरक्षण गर्न अभियान नै सञ्चालन गरेका छन् । बेनी नगरपालिका–६ का अध्यक्ष कृष्णबहादुर बानियाँले आफ्नो वडाभित्रका विभिन्न ठाउँका पँधेरा, चौतारी, पोखरी, पाटी, पौवा संरक्षणका लागि यस्तो अभियान नै सञ्चालन गर्नुभएको हो । सम्भव भएसम्म वडाको बजेट प्रयोग गर्ने र नभए आफ्नै निजी खर्चमा समेत चौतारी, पोखरी, पँधेरा पुनःनिर्माण गरेर सन्ततिका लागि सुरक्षित राख्ने प्रयास गरिएको उहाँले बताउनुभयो ।

वडाध्यक्ष बानियाँजस्तै सबै स्थानीय तहका जनप्रतिनिधिले स्थानीय सम्पदा संरक्षणका लागि चासो दिए रैथाने सीप, स्रोत, साधन र प्रविधिका  सम्पदाहरु आगामी पुस्ताका लागि पुरातात्विक महत्वको साधन हुने  स्थानीय बुद्धिजीवीले बताए  । “आज विश्व पानी दिवस मनाइरहँदा पानीका स्रोतको संरक्षण कसरी गर्ने भन्ने कुरामा पनि छलफल चलाउनु आवश्यक छ”, स्थानीय बुद्ध एकेडेमीका शिक्षक धनवीर थापाले भन्नुभयो, “औपचारिकरुपमा दिवस मात्र मनाएर हुँदैन, बढ्दै गएको खाने पानीको समस्या समाधानका उपाय निकाल्न सक्ने हो भने मात्र दिवस मनाउनुको औचित्य रहन्छ, नत्र भने देखावटी र कर्मकाण्डी मात्रै हुन्छ ।” 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
१० केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ आयाल निगमले भन्यो– बजारमा ग्यासको अभाव छैन निपाह भाइरसका विषयमा आतंकित नहुन मन्त्रालयको आग्रह निर्वाचन आयोगले बालेनलाई सोध्यो दोस्रो पटक स्पष्टीकरण नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने कार्यमा संलग्न रहेको आरोपमा ७ जना पक्राउ नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार कम्बोडिया पठाउने भन्दै रकम ठगी गरेको अभियोगमा एक जना पक्राउ राष्ट्रपति पौडेलद्वारा जापानका लगानीकर्तालाई नेपालमा लगानी गर्न आह्वान त्रिभुवन विमानस्थलका भन्सार अधिकृतसहित तीन कर्मचारी अख्तियारको नियन्त्रणमा रवि लामिछानेको राहदानी दुरुपयोगसम्बन्धी रिटको पेशी न्यायाधीश मल्ल र निरौलाको इजलासमा रास्वपा जुम्लाका उपसभापति तारा शाही कांग्रेसमा प्रवेश इरानसँग कूटनीतिक सम्झौता हुनेमा ट्रम्प आशावादी सुनचाँदीको मूल्यमा भारी गिरावट हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा