चैत महिना लागेसँगै उपत्यकाको सडक छेउछाउमा थुपारिएको फोहर चार दिनदेखि व्यवस्थापन गर्न थालिएको छ । चैत महिनामा चार दिन  र गत फागुनमा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... चैत महिना लागेसँगै उपत्यकाको सडक छेउछाउमा थुपारिएको फोहर चार दिनदेखि व्यवस्थापन गर्न थालिएको छ । चैत महिनामा चार दिन  र गत फागुनमा"/>
११ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

काठमाडौँको सडक छेउका फोहर व्यवस्थापन हुन एक साता लाग्ने

८ चैत्र २०७८, मंगलवार ०८:३२

चैत ८, काठमाडौँ । काठमाडौँ उपत्यकाको सडक चोकचोकमा थुप्रिएको फोहरको व्यवस्थापन हुन एक साता लाग्ने बताइएको छ ।  

चैत महिना लागेसँगै उपत्यकाको सडक छेउछाउमा थुपारिएको फोहर चार दिनदेखि व्यवस्थापन गर्न थालिएको छ । चैत महिनामा चार दिन  र गत फागुनमा २३ दिन विभिन्न वहानामा फोहर व्यवस्थापन हुन सकेन । लामो समयदेखि फोहर रोकिएको हुनाले नियमितरुपमा व्यवस्थापन कार्य हुँदा पनि एक साता लाग्ने कामपा वातावरण विभागका प्रमुख सरिता राईले जानकारी गराउनुभयो ।  

“घरबाट फोहर बाहिर निकाल्दैमा फोहरको व्यवस्थापन हुँदैन, सडकमा जथाभावी फोहर हुनु भनेको पनि थप समस्या हुनु हो”, प्रमुख राईले नागरिकलाई आग्रह गर्दै भन्नुभयो, “फोहरको गाडी लिन आएपछि मात्रै घरबाट फोहर निकालेर व्यस्थापन गर्नु सहज  हुन्छ ।”  फोहर व्यवस्थापन गरिदै आएको स्थान सिसडोलका स्थानीयले फोहर विसर्जन गर्ने ठाउँ नुवाकोटको सिसडोलसम्मको बाटो कालोपत्र गर्नुपर्ने माग गर्दै स्थानीयवासीले गरेको आन्दोलनका कारण फागुन १ गतेदेखि उपत्यकाको फोहर उठ्न सकेको थिएन । 

त्यसैगरी पछिल्लो समय निर्माणाधीन बञ्चरेडाँडाका स्थानीयले निर्माणस्थल वरपरका जग्गा अधिग्रहण गर्नुपर्ने, स्थानीयलाई निःशुल्क स्वास्थ्योपचार गराउनुपर्नेजस्ता माग राखेका छन् । सहरी विकास मन्त्रालयले निर्माणाधीन दीर्घकालीन फोहर व्यवस्थापनस्थलमा पहिलो सेलको काम सम्पन्न भएको भन्दै फोहर राख्न मिल्ने जनाएको छ । 

हाल फोहर व्यवस्थापनस्थल सिसडोल भरिएको र  निर्माणाधीनस्थलमा पनि फोहर राख्न सुरु गर्नु पूर्वनै स्थानीयको अवरोधले काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापनमा थप समस्या हुने देखिएको कामपाको भनाइ छ । उपत्यकामा दैनिक एक हजारदेखि एक हजार २०० टनसम्म फोहर निस्कने गरेको छ । उपत्यकाका १८ स्थानीय तहको फोहर सिसडोलमा व्यवस्थापन गरिँदै आएको छ । यी सबै फोहर निजी र महानगरका गरी दैनिक २०० भन्दा धेरै टिपर–ट्रकबाट लगिनेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नवनियुक्त मन्त्री शर्माद्वारा पद तथा गोपनीयताको शपथ आयुर्वेद चिकित्सालयलाई केन्द्रीय आयुर्वेद अस्पतालका रूपमा विकास गरिने सरकारले निर्वाचनको वातावरण बनाएको छः मन्त्री खरेल पुष्पकमल दाहाल र सञ्चारमन्त्री खरेलबीच भेटवार्ता जिप दुर्घटनामा एक जनाको मृत्यु, १६ घाइते अध्यक्ष ओली र सञ्चारमन्त्रीबीच भेटवार्ता नाइजेरियामा आइएसविरुद्ध अमेरिकी हवाई आक्रमण ‘ज्येष्ठ नागरिकको समस्या समाधान गर्न आपसी समन्वय आवश्यक छ’ आमनिर्वाचन कांग्रेसको पहिलो प्राथमिकता हो: सभापति देउवा आगलागीबाट दुई जना घाइते, पाँच घरमा क्षति आज पनि बढ्यो सुनचाँदीको मूल्य एकताबद्ध हुन संयोजक दाहालको अपिल कांग्रेस सभापति देउवा र सञ्चारमन्त्री खरेलबीच निर्वाचनबारे छलफल मलेशियामा बिदेशी कामदारको अधिकारका लागि ऐतिहासिक कानूनी जित त्रिभुवन विश्वविद्यालयबाट १६ हजार ३८० विद्यार्थी दीक्षित आयोगमा बयान दिन जान्छुःपूर्वगृहमन्त्री लेखक रास्वपामा समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया सुरु जेलेन्स्कीको कडा चेतावनी निर्धारित मितिमै निर्वाचन हुन्छः अर्थमन्त्री खनाल बालेनसँग वार्ता सकेर निस्किए रवि