२१ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नियमित सरुवा रोकेर २५ डीएसपीको काज सरुवा

९ चैत्र २०७८, बुधबार ०८:४२

चैत ९, काठमाडौँ । नेपाल प्रहरीले २५ जना प्रहरी नायव उपरीक्षक (डीएसपी)को काज सरुवा गरेको छ । प्रहरी प्रधान कार्यालयको मानवश्रोत एवं प्रशासन विभागले २५ जना डीएसपीको काज सरुवा गरेको हो । जबकि हरेक वर्ष हुनुपर्ने प्रहरी अधिकृतहरूको सरुवा १८ महिनादेखि हुन सकिरहेको छैन । यस्तो अवस्थामा काज सरुवा गरेको हो । 

आवश्यकअनुसार काज खटाउनुपर्ने भएकाले अर्को सूचना जारी नभएसम्मका लागि खटाइएको क्षेत्रमा काम गर्न भनिएको छ । काज सरुवा गरिएकामध्ये १० जिल्लाका प्रहरी प्रमुखको जिम्मेवारी हेरफेर गरिएको छ । डीएसपी प्रमुख हुने १० जिल्लाको इन्चार्ज फेरिएका हुन् । 

जसमा म्याग्दी प्रहरी प्रमुखको जिम्मेवारी तिलक भारतीले पाएका छन् । त्यस्तै पूर्वी रुकुममा प्रकाश डाँगी, दार्चुलामा प्रतिक विष्ट, मनाङमा प्रेमसागर केसीलाई काज खटाइएको छ । 

त्यस्तै सोलुखुम्बुमा सुनिलजंग शाह, ताप्लेजुङमा कैलाश राई, पश्चिम रुकुममा विष्णु सोतीलाई काज सरुवा गरिएको हो । हुम्लामा कृष्ण ओझा, जाजरकोटमा सन्तोष निरौलालाई समेत काज सरुवा गरिएको छ । 

आगामी ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनलाई लक्षित गरेर सरुवा बढुवालाई तीव्रता दिइएको छ । निर्वाचन आयोगले केही दिनमा निर्वाचन आचारसंहिता लागू गर्दैछ । त्यस अगावै सरकार सुरक्षा निकायका अधिकारी तथा प्रशासन संयन्त्रमा ठूलो मात्रामा फेरबल गर्दै छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
१० केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ आयाल निगमले भन्यो– बजारमा ग्यासको अभाव छैन निपाह भाइरसका विषयमा आतंकित नहुन मन्त्रालयको आग्रह निर्वाचन आयोगले बालेनलाई सोध्यो दोस्रो पटक स्पष्टीकरण नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने कार्यमा संलग्न रहेको आरोपमा ७ जना पक्राउ नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार कम्बोडिया पठाउने भन्दै रकम ठगी गरेको अभियोगमा एक जना पक्राउ राष्ट्रपति पौडेलद्वारा जापानका लगानीकर्तालाई नेपालमा लगानी गर्न आह्वान त्रिभुवन विमानस्थलका भन्सार अधिकृतसहित तीन कर्मचारी अख्तियारको नियन्त्रणमा रवि लामिछानेको राहदानी दुरुपयोगसम्बन्धी रिटको पेशी न्यायाधीश मल्ल र निरौलाको इजलासमा रास्वपा जुम्लाका उपसभापति तारा शाही कांग्रेसमा प्रवेश इरानसँग कूटनीतिक सम्झौता हुनेमा ट्रम्प आशावादी सुनचाँदीको मूल्यमा भारी गिरावट हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा