२०८२, १४ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विमानस्थलको प्रतीक्षालयमा बस्दा शुल्क तिर्नुपर्ने नियमको चर्को विरोध, के भन्छ विमानस्थल प्रशासन?

२०७८, ९ चैत्र बुधबार ११:१४

चैत ९, काठमाडौँ । काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय आगमनतर्फको प्रतीक्षालयमा बस्दा मानिसहरूले शुल्क तिर्नुपर्ने पछिल्लो नियमको चर्को आलोचना भइरहेको छ। सामाजिक सञ्जालका प्रयोगकर्ताहरूले पनि पछिल्लो कदमको तीव्र विरोध गरिरहेका छन्।केही भागको व्यवस्थापनको जिम्मा पाएको आईएमस एअरपोर्ट सर्भिसेजले करिब तीन महिनादेखि शुल्क लिइरहेको विमानस्थलका कर्मचारीले स्वीकारेका छन्।

उक्त कम्पनीले अन्तर्राष्ट्रिय विमानस्थलको आगमन हल, बहुतले पार्किङ तथा व्यापारिक भवन 'सबलीज' अर्थात् ठेक्कामा पाएको हो। यात्रीहरूलाई एकदमै सहज र सुलभ सुविधा प्रदान गर्नु आफ्नो उद्देश्य रहेको उक्त निर्माण कम्पनीको वेबसाइटमा उल्लेख छ। विमानस्थल सञ्चालन विभागका निर्देशक तथा प्रवक्ता टेकनाथ सिटौलाका अनुसार कम्पनीले ३० वर्षका लागि उक्त भाग भाडामा पाएको छ।

विमानस्थल प्रशासन के भन्छ?

आईएमस एअरपोर्ट सर्भिसेजले अन्तर्राष्ट्रिय आगमन हलमा सुपेरिअर र डिलक्स गरी दुईवटा प्रतीक्षाकक्ष बनाएको छ।आफ्ना मान्छे लिन जाने र प्रतीक्षालयमा बस्ने व्यक्तिहरूबाट कम्पनीले ५० र १०० रुपैयाँ लिने गरेको प्रवक्ता सिटौलाले बताए।

"उहाँहरूले केही पूर्वाधार विकास गर्नुभएको छ। उभिने ठाउँ मात्रै होइन बस्ने कुर्सीदेखि लिएर राम्रै सेटअप छ, खानेपानी व्यवस्था गर्नुभएको छ। एउटामा एसी पनि लगाउनुभएको छ,"  उनले भने। विमानस्थलको प्रतीक्षालयमा बस्नलाई समेत शुल्क तिर्नुपर्ने नियमको आलोचना भइरहँदा प्रवक्ता सिटौलाले भित्र गएर बस्ने वा नबस्ने कुरा व्यक्तिगत रोजाइको विषय भएको जिकिर गरे।

"त्यहाँ मान्छे लिन आउनेहरू भित्र बस्नैपर्छ भन्ने छैन। उभिनलाई बाहिर पनि ठाउँ छ, भित्र पसेको खण्डमा उहाँहरूको छनोटको कुरा हो। पसेपछि ५० र १०० रुपैयाँ उहाँहरूले लिनुहुँदो रहेछ," उनले थपे। भाडा पाएको कम्पनीले प्रतीक्षालयमा बस्ने मानिसहरूबाट शुल्क उठाउन पाउने वा नपाउने विषयलाई आफूहरूले हेरिरहेको विमानस्थलले जनाएको छ।

प्रवक्ता सिटौलाले भनेः "सम्झौताअनुसार शुल्क उठाउन मिल्छ कि मिल्दैन, के छ भनेर सम्झौता पनि हेर्दैछौँ। तर युजर-पेको हिसाबले त्यहाँ लगानी गरेर राम्रै पूर्वाधारको व्यवस्था गरेकोले शुल्क लिएको देखिन्छ।" "यो उहाँहरूको नयाँ अभ्यास हो। त्यसैले यदि यो उचित छैन, लिन नमिल्ने खालको देखियो भने हामी बन्द पनि गराउन सक्छौँ।"उनले सम्झौतामा भएको प्रावधान हेरेपछि मात्रै कम्पनीलाई केही गर्न सकिने स्पष्ट पारे।

विश्वका अरू विमानस्थलमा आफूहरूले पनि त्यस्तो नपाएको उल्लेख गर्दै सिटौलाले भनेः "बाहिरका विमानस्थलमा यात्रुहरू एक्जिट पोइन्टबाट बाहिरिएपछि घामपानी छेक्ने कुरुवाका लगि उभिने ठाउँ हुन्छ त्यति हो।"

पूर्वसचिव के भन्छन्? एकजना भूतपूर्व पर्यटनसचिवले प्रतीक्षालयमा बस्दा आगन्तुकका कुरुवाहरूले शुल्क तिर्नुपर्ने कुरा सुन्दै आफूलाई अप्ठेरो लागेको बताए। "यो त एकदमै नौलो कुरा भन्नुभयो म आफैँ त्यहाँ गएको सात-आठ वर्ष भयो। बिजनेस लाउन्जलगायत सञ्चालन गर्ने अभ्यास त छ," पूर्वपर्यटनसचिव दीपेन्द्रपुरुष ढकालले भने। "भित्र कसैलाई रेस्टुराँ चलाउन दिएको छ भने त्यहाँ टेबल, मेच होला। त्यहाँ बसेको शुल्क कफी खाएकै पैसामा पर्ला, तर कुर्सीमै बसेबापत पैसा लिएको मैले कतै पाएको छैन।"

"त्यस्तो कुनै व्यवसाय नै सञ्चालन अनुमति दिइएको छ भने अर्कै कुरा भयो। हैन भने भ्यालू एड गरेको भनेर राम्रो, गतिलो कुर्सी राखिदिएर जस्तो हुन्छ नि अलि गद्दावाल कुर्सी राखेर त्यसमा बसेबापत 'पैसा देऊ' भन्न त पाइएन नि," ढकालले थपे। यसबारे प्रतिक्रिया लिन खोज्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित आईएमस एअरपोर्ट सर्भिसेजका प्रतिनिधिले केही बताउन चाहेनन्। बिबिसीबाट

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो ओली पक्राउ परेपछि सडकमा उत्रे एमाले कार्यकर्ता काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह