२१ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

महिला र यौनजन्य हिंसा अन्त्यका लागि छुट्टै संयन्त्र आवश्यक छ : मन्त्री रेग्मी

१० चैत्र २०७८, बिहीबार ०७:४३

चैत १०, काठमाडौँ । महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले महिला र यौनजन्य हिंसा अन्त्यका लागि छुट्टै संयन्त्र आवश्यक भएको बताएकी छन् । काठमाडौंमा बिहीबार आयोजित यौनजन्य हिंसासम्बन्धी नीतिगत छलफल कार्यक्रममा उनले महिला र यौनजन्य हिंसा अन्त्यका लागि भूमिका खेल्नेगरी संयन्त्र  निर्माणको लागि केहि तयारी समेत गरेको बताइन् ।

मन्त्रालयमा बजेट अभावका कारण यस क्षेत्रमा सोचेजति काम गर्न नसकिएको उनले बताइन् । महिला र यौनजन्य हिंसा अन्त्यका लागि पहल गर्न उच्च ओहोदामा रहेका महिलाले नै सहयोग नगरेको मन्त्री रेग्मीको भनाइ छ । ‘महिलाको मुद्दामा छलफल गर्न र औपचारिक कार्यक्रमका लागि मलाई राष्ट्रपति विद्यादेवी भण्डारीले समय दिनुभएन । दुई चारजना महिला मात्रै उच्च ओहोदामा पुगेर र पुगेका महिलाले पनि महिलाका मुद्दालाई खास महत्व नदिँदा महिलाले न्यायको अनुभूत गर्न सकेका छैनन्,’ उनले भनिन् ।

महिला र यौनजन्य हिंसा अन्त्यका लागि आगामी नीति तथा कार्यक्रममा समेट्ने गरी  महिला सम्बद्ध निकायसँग उनले सुझाव पनि माग गरेकी छन् । सदनमा तीनपटक निष्क्रिय भइसकेको यौनजन्य हिंसासम्बन्धी अध्यादेशलाई आगामी अधिवेशनको सुरुमै अघि बढाएर दफावार छलफल गरेर सुझावसहित मात्रै पारित गर्न पहल गर्ने उनले बताइन् । 

राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमला पराजुलीले महिलालाई विभेद गर्ने गरी कानुन हुँदा पनि थप समस्या भएको बताएकी छन् । महिलाको तुलनामा पुरुषलाई बढी छुट हुने ढंगको कानुन भएकाले पुनर्विचार र पुनर्लेखनको आवश्यकता औल्याइन् । मनोरञ्जन क्षेत्र र श्रमजीवी क्षेत्रका महिलाका समस्यालाई सम्बोधन हुने गरी अध्यादेशमा समेट्न उनले सरकारलाई आग्रह गरेकी छन् । 

दैनिक सरदर ४० वटासम्म गुनासो आयोगमा व्यक्ति उपस्थित भएरै दर्ता हुँदै आएको छ भने देशभर र छिमेकी देश भारत, दुवै, कतार, जापानलगायतका देशबाट समेत गुनासो आउने गरेको छ । तर आफूहरूसँग दण्ड, सजाय र जरिवाना गर्न पाउने हैसियत नभएको, छलफल र मध्यस्थता मात्रै गरेर पठाउनुपर्ने अवस्था रहेको उनको भनाइ छ । दण्ड, सजाय र जरिवाना गर्ने हैसियत भएका निकायले बुलन्द ढंगले काम गर्नुपर्नेमा उनले जोड दिएकी छन् ।  

महिला, कानुन र विकास मञ्चकी कानुनी सल्लाहकार एवं अधिवक्ता मिरा ढुंगानाले महिलालाई विभेद नहुने गरी कानुन बनाउनुपर्नेमा जोड दिएकी छन् । प्रभावकारी कानुन निर्माण गरेर कार्यान्वयन गराउने वातावरणका लागि नीतिगत छलफल आवश्यक रहेको उनको तर्क छ ।  कतिपय कानुन संशोधनको आवश्यक रहेकाले त्यसतर्फ पनि ध्यान दिन उनले सुझाव दिएकी छन् । 

महिला, कानुन र विकास मञ्चका कार्यकारी निर्देशक तथा अधिवक्ता सविन श्रेष्ठले यौनजन्य हिंसासम्बन्धी अध्यादेशलाई संसदमा छलफल गर्नु जरुरी रहेकाले आगामी अधिवेशनमा छलफल गर्न माग गरेका छन् । तीनपटक निष्क्रिय भइसकेको अध्यादेश जस्ताको त्यस्तै भन्दा पनि परिमार्जनसहित नयाँ विषयलाई सम्बोधन गर्नुपर्ने उनको भनाइ छ । आधुनिक समाजमा हुने महिला र यौनजन्य हिंसाको विषयलाई उठाउनुपर्नेमा उनको जोड छ । 

महिला कानून र विकास मञ्च, माइती नेपाल, सीएसी नेपाल, युएन नेपाल र फिनल्यान्डको विदेश मन्त्रालयले संयुक्त रूपमा यौनजन्य हिंसासम्बन्धी नीतिगत छलफलको आयोजना गरेको हो । छलफलमा सहभागीले अनुचित प्रभाव र कार्यस्थलमा हुने हिंसाको अन्त्य, समय सान्दर्भिक कानुन निर्माण र त्यसको प्रभावकारी कार्यान्वयनमा जोड दिएका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
१० केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ आयाल निगमले भन्यो– बजारमा ग्यासको अभाव छैन निपाह भाइरसका विषयमा आतंकित नहुन मन्त्रालयको आग्रह निर्वाचन आयोगले बालेनलाई सोध्यो दोस्रो पटक स्पष्टीकरण नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने कार्यमा संलग्न रहेको आरोपमा ७ जना पक्राउ नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार कम्बोडिया पठाउने भन्दै रकम ठगी गरेको अभियोगमा एक जना पक्राउ राष्ट्रपति पौडेलद्वारा जापानका लगानीकर्तालाई नेपालमा लगानी गर्न आह्वान त्रिभुवन विमानस्थलका भन्सार अधिकृतसहित तीन कर्मचारी अख्तियारको नियन्त्रणमा रवि लामिछानेको राहदानी दुरुपयोगसम्बन्धी रिटको पेशी न्यायाधीश मल्ल र निरौलाको इजलासमा रास्वपा जुम्लाका उपसभापति तारा शाही कांग्रेसमा प्रवेश इरानसँग कूटनीतिक सम्झौता हुनेमा ट्रम्प आशावादी सुनचाँदीको मूल्यमा भारी गिरावट हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा