बिहानै उठेर बेसार–पान"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... बिहानै उठेर बेसार–पान"/>
११ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

खाली पेटमा बेसार–पानी पिउनुका फाइदै–फइदा

११ चैत्र २०७८, शुक्रबार ०८:५४

चैत ११, काठमाडौँ । स्वास्थ्यका लागि बेसारका अनेक फाइदा छन् । अक्सर दूध–बेसारको चर्चा हुन्छ । दूधमा बेसार राखेर सेवन गर्दा जिउको दुखाइ कम हुन्छ, शरीरमा स्फूर्ति जाग्छ । तर, तातो पानीमा बेसार राखेर सेवन गर्नुका अझ धेरै फाइदा छन् । 

बिहानै उठेर बेसार–पानी पिउँदा शरीरमा रगत जम्न पाउँदैन । यसले रगत सफा गर्छ । उठ्नेबित्तिकै बेसार–पानी पिउँदा दिमागलाई पनि फाइदा पुग्छ । 

यसरी पिउने बेसार–पानी बनाउन एक गिलास मनतातो पानीमा आधा कागती, एक चम्चा बेसार र उति नै मह मिसाएर राम्रोसँग फिट्नुपर्छ । 

बेसारमा एन्टिअक्सिडेन्ट पाइन्छ । यसले क्यान्सरका किटाणुसँग लड्ने क्षमता बढाउँछ । बेसार–पानीको नियमित सेवनले पाचन प्रणालीलाई स्वस्थ्य राख्न मद्दत पुग्छ । यसले खाना पचाउन सहयोग गर्छ । 

यसका अतिरिक्त, बेसार–पानीको नियमित सेवनले दिनभरको थकान मेटाउँछ, दुखाइ कम गर्छ र शरीरलाई ताजा राख्छ । 

बिहान खाली पेटमा बेसार–पानीको पिउँदा दिमाग तेज हुन्छ । भुल्ने रोग कम गर्छ । यसले कलेजोलाई सफा राख्छ । र, पित्ताशयको कामलाई सुचारु गराउन मद्दत गर्छ । उमेरसँगै आउने समस्याहरुको समाधानमा पनि बिहान खाली पेटमा बेसार–पानीको सेवन लाभदायक हुन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रोक लगाइएको २१ बर्षपछि इराकमा कार्यरत हजारौं नेपालीहरुले पाउने भए श्रम-स्वीकृति निर्वाचनको विकल्प छैन : संयोजक दाहाल राजनीतिमा धैर्यता र समर्पण आवश्यक : महासचिव पोखरेल आयोगद्वारा निर्वाचन सूचना सम्प्रेषण तथा समन्वय केन्द्र स्थापना चुनाव र पार्टी अधिवेशन दुवैको तयारी गर्नुहोस् : कावा सभापति खड्का मलेसिया : १एमडिबी काण्डमा नाजिब दोषी चोरी भएका ६० वटा मोटरसाइकल र स्कुटर हस्तान्तरण म्यान्मामा पाँच वर्षपछि आम चुनाव राजनीतिक दलसँगको वार्ता र छलफललाई अघि बढाइरहेका छौँ: मन्त्री खरेल जेनजी आन्दोलनका सहिदः ‘बेलुका भएपछि घर आउलान् जस्तो लाग्छ…’ शिक्षाको गुणस्तर अभिवृद्धिमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण छः उपराष्ट्रपति नवनियुक्त मन्त्री शर्माद्वारा पद तथा गोपनीयताको शपथ आयुर्वेद चिकित्सालयलाई केन्द्रीय आयुर्वेद अस्पतालका रूपमा विकास गरिने सरकारले निर्वाचनको वातावरण बनाएको छः मन्त्री खरेल पुष्पकमल दाहाल र सञ्चारमन्त्री खरेलबीच भेटवार्ता जिप दुर्घटनामा एक जनाको मृत्यु, १६ घाइते अध्यक्ष ओली र सञ्चारमन्त्रीबीच भेटवार्ता नाइजेरियामा आइएसविरुद्ध अमेरिकी हवाई आक्रमण ‘ज्येष्ठ नागरिकको समस्या समाधान गर्न आपसी समन्वय आवश्यक छ’ आमनिर्वाचन कांग्रेसको पहिलो प्राथमिकता हो: सभापति देउवा