२०८२, १४ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चीनद्वारा सरकारलाई विमानस्थल हस्तान्तरण, ७ प्रतिशत काम बाँकी

२०७८, १३ चैत्र आईतवार ०५:२४

चैत १३, पोखरा ।  पोखरामा निर्माण भैरहेको विमानस्थल नेपाल सरकारलाई हस्तान्तरण गरिएको छ । चिनियाँ विदेशमन्त्री याङ यीले परराष्ट्र मन्त्री नारायण खड्कालाई विमानस्थलका चावी हस्तान्तरण गरेका हुन् । प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितिमा बालुवाटारमा यीले सुनको चावी खड्कालाई दिए । नेपालको तीन दिने भ्रमणमा रहेका यीको उपस्थिति भएको अवसर पारेर निर्माण कम्पनीले विमानस्थल सरकारलाई सुम्पिएको हो ।

विमानस्थलको ७ प्रतिशत निर्माणको काम बाँकी छ । ‘मेजर काम पूरा भयो । तर सबै काम सकिएको होइन,’ आयोजना प्रमुख विनेश मुनन्कर्मीले भने, ‘सांकेतिक रुपमा चावी हस्तान्तरण गरिएको हो । पूरै प्रोजेक्ट सकिएको होइन ।’ उनले चावी हस्तान्तरणपछि पनि निरन्तर काम भइरहने बताए ।

खासगरी डेकोरेशन, फिनिसिङ लगायतका काम बाँकी छ । प्रधानमन्त्री निवासमा चावी हस्तान्तरणपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीले पोखराबाट भने, ‘अब पोखरा र नेपालको विकासको ढोका खुल्यो । यो विमानस्थल बनेर मात्र हुँदैन, सकेजति प्रयोग गर्नुस् ।’ पर्यटन व्यवसायीहरुलाई लगानी बढाउन र तारे होटल थप्न उनको आग्रह छ ।

चिनियाँ निर्माण कम्पनी सिएएमसीईका अध्यक्ष ली आईसिनले यो एयरपोर्ट दक्षिण एसियाली मुलुककै लागि यातायातको हव बन्ने बताए । ‘विगत केही वर्षको मेहनतपछि पोखरेली जनताले दशकौंदेखि प्रतिक्षा गरिरहेको एयरपोर्ट अन्ततः पूरा भएको छ र चाँडै सन्चालनमा ल्याइनेछ,’ उनले भने, ‘विमानस्थल चलेपछि पर्यटन र आर्थिक विकासलाई टेवा पुग्नेछ ।’

२२ मे २०१४ मा सिएएमसीईले नेपाल नागरिक उड्डयन प्राधिकरणसँग परियोजना निर्माण सम्झौतामा हस्ताक्षर गरेको थियो । अप्रिल २०१६ मा शिलान्यास भएको थियो । तर, लोन प्रक्रियाका कारण निर्माणको चरणमा जान एक वर्ष लाग्यो । २०२० को कोभिड भाइरसका कारण निर्माणमा असर पुग्यो । ५ वर्षपछि निर्माण सकेर सन्चालनमा ल्याउन लागिएको छ ।

पोखरा विमानस्थलमा २५ सय मिटर लामो धावनमार्ग छ । विभिन्न १४ वटा भवन निर्माण भएका छन् । करिब २२ अर्ब लागतमा निर्माण हुन लागेको विमानस्थलको खर्च चीनकै एक्जिम बैंकले सहुलियतपूर्ण ऋण सहयोग गरेको हो । तर तीन हजार मिटरको धावन मार्ग रहेको भइरहवा विमानस्थलको लागत सात अर्ब मात्रै लागेकोले पोखराको एयरपोर्ट महंगो भएकोमा धेरैको चिन्ता र चासो देखिन्छ ।

आउँदो १० जुलाईमा विमानस्थलको सबै काम सकेर सरकारलाई हस्तान्तरण गर्ने योजना छ । यसअघि गएको १० जुलाईमै हस्तान्तरण गर्ने तयारी गरिएकोमा कोरोना संक्रमणका कारण एक वर्ष ढिलो भएको हो । विमानस्थलबाट आगामी वैशाखमा परीक्षण उडान गर्ने तयारी छ । तर, त्यसका लागि आवश्यक काम भने पूरा भएका छैनन् । निर्माण कम्पनीले चावी हस्तान्तरण गरेपछि नेपाल सरकारले कम्पनीलाई कदर पत्र दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो ओली पक्राउ परेपछि सडकमा उत्रे एमाले कार्यकर्ता काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह