११ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कर्णाली प्रदेश सरकारले ८ प्रकारका छात्रवृत्ति उपलब्ध गराउने

१३ चैत्र २०७८, आईतवार ०८:३४

चैत १३, सुर्खेत । कर्णाली प्रदेश सरकारले अध्ययन गर्न चाहनेका विद्यार्थी लागि आठ प्रकारका छात्रवृत्ति उपलब्ध गराउने भएको छ । एकीकृत छात्रवृत्ति वितरण तथा व्यवस्थापन कार्यविधि २०७८ लाई कर्णालीको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को बैठकले स्वीकृत गरेपछि अध्यायन गर्न चाहनेले आठ प्रकारका छात्रवृत्ति पाउने भएका हुन् । 

एकीकृत छात्रवृत्ति वितरण तथा व्यवस्थापन कार्यविधि २०७८ लाई यही ११ चैतमा बसेको मन्त्रिपरिषद्को बैठकले स्वीकृत गर्ने निर्णय गरेको कर्णाली प्रदेश सरकारका प्रवक्ता विन्दमान विष्टले बताए । ‘यसबाट आठ प्रकार छात्रवृत्ति उपलब्ध हुनेछ ,’ उनले भने, ‘यसले गर्दा उच्च शिक्षा पढ्न चाहने जेहेन्दारका लागि सहज हुनेछ ।'

प्राविधिक छोरी बुहारी छात्रवृत्ति, चिकित्सा, ईन्जिनियरिङ, कृषि र भेटेनरी उच्च शिक्षा छात्रवृत्ति, उच्च शिक्षा अपाङ्ग छात्रवृत्ति, उच्च शिक्षा दलित छात्रवृत्ति र उच्च शिक्षा जेहेन्दार छात्रवृत्ति उपलब्ध गराउने प्रवत्ता विष्टले जानकारी दिए । 

त्यस्तै, उच्च शिक्षा सीमान्तकृत तथा लोपोन्मुख वर्ग छात्रवृत्ति, आधारभुत तथा माध्यामिक शिक्षामा गरिव तथा जेहेन्दार छात्रवृत्तिका लागी सार्वजनिक निजी साझेदारी कार्यक्रम र जनआन्दोलन र सहिदका सन्ततीका लागि उच्च शिक्षा छात्रवृत्ति कर्णाली प्रदेश सरकारले उलब्ध गराउने प्रवक्ता विष्टले बताए  ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रोक लगाइएको २१ बर्षपछि इराकमा कार्यरत हजारौं नेपालीहरुले पाउने भए श्रम-स्वीकृति निर्वाचनको विकल्प छैन : संयोजक दाहाल राजनीतिमा धैर्यता र समर्पण आवश्यक : महासचिव पोखरेल आयोगद्वारा निर्वाचन सूचना सम्प्रेषण तथा समन्वय केन्द्र स्थापना चुनाव र पार्टी अधिवेशन दुवैको तयारी गर्नुहोस् : कावा सभापति खड्का मलेसिया : १एमडिबी काण्डमा नाजिब दोषी चोरी भएका ६० वटा मोटरसाइकल र स्कुटर हस्तान्तरण म्यान्मामा पाँच वर्षपछि आम चुनाव राजनीतिक दलसँगको वार्ता र छलफललाई अघि बढाइरहेका छौँ: मन्त्री खरेल जेनजी आन्दोलनका सहिदः ‘बेलुका भएपछि घर आउलान् जस्तो लाग्छ…’ शिक्षाको गुणस्तर अभिवृद्धिमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण छः उपराष्ट्रपति नवनियुक्त मन्त्री शर्माद्वारा पद तथा गोपनीयताको शपथ आयुर्वेद चिकित्सालयलाई केन्द्रीय आयुर्वेद अस्पतालका रूपमा विकास गरिने सरकारले निर्वाचनको वातावरण बनाएको छः मन्त्री खरेल पुष्पकमल दाहाल र सञ्चारमन्त्री खरेलबीच भेटवार्ता जिप दुर्घटनामा एक जनाको मृत्यु, १६ घाइते अध्यक्ष ओली र सञ्चारमन्त्रीबीच भेटवार्ता नाइजेरियामा आइएसविरुद्ध अमेरिकी हवाई आक्रमण ‘ज्येष्ठ नागरिकको समस्या समाधान गर्न आपसी समन्वय आवश्यक छ’ आमनिर्वाचन कांग्रेसको पहिलो प्राथमिकता हो: सभापति देउवा