२०८२, १५ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रन्नादेवीको पीडा : दिनभर गिट्टी फोर्दा पनि पेटभर खान पुग्दैन

२०७८, १३ चैत्र आईतवार ०९:२८

चैत १३, काठमाडौं । हातमा हथौडा, औँलामा गाडीको ट्युबको पञ्जा, घाँटीमा पँहेलो पोतेको माला, टाउकोमा रुमाल बाँधेको, मुखमा मास्क, नाकमा फुली, बुलाकी, अनि पछ्यौराले ढाकिएको ।

छायानाथ रारा नगरपालिका–५ ढुम गाउँमा यस्तो पहिरन लगाएर ढुंगा कुटिरहेका महिला ठाउँठाउँमा देखिन्छन् । यही कामबाट उनीहरूले जेनतेन परिवार पालिरहेका छन् ।  यिनै महिला मध्येकी एक हुन् रन्नदेवी विक । उनलाई हरेक विहान उठ्नेबित्तिकै आज कति गिट्टी कुट्न सकिएला भनेर चिन्ता हुन्छ । यहाँका कयौं परिवार महिलाको यही कामाइले धानिरहेको छ । आम्दानीको अर्को उपाय नहुँदा छायानाथ रारा नगरपालिकाको थार्प, रुगा, लुम, ढुम, तलितुमलगायत गाउँका दलित महिलाले गिट्टी कुटेरै जीवन धानिरहेका छन् । 

छाँयानाथ रारा नगरपालिका–५ की २६ वर्षीया रामति कामीले गिट्टी फोडेको आम्दानीबाट घर खर्च चलाउँदै आएको निकै बर्ष भइसक्यो । विहानै गिट्टी फोड्न घरबाट निस्केएकी उनी बेलुका मात्र फर्किन्छिन् । उनी सदरमुकाम गमगढी बजार आसपासका स्थानमा गिट्टी फोड्ने पुग्छिन् । 

उनले भनिन्, ‘गिट्टी कुटेर मासिक पाँचदेखि १० हजारसम्म आम्दानी हुन्छ । यही आम्दानीबाट घर खर्च, छोराछोरीको पठनपाठन गरिरहेकी छु । यस्तै काम गर्न थालेको करिब १० वर्ष भयो ।’ 

उनी जस्तै ४० वर्षीया रन्नदेवी विकको पनि उस्तै पीडा छ । रन्नदेवीका त श्रीमान समेत गिट्टी कुट्छन् ।  श्रीमान श्रीमतीले नै दिनभर गिट्टी कुट्दा पनि दुई छाक मुस्किलले टर्ने गरेको उनी बताउँछिन् । तर अन्य आयस्रोत नहुँदा उनीहरूको विकल्प पनि नभएको दुखेसो गर्छन । रन्नदेवीले भनिन्, ‘हाम्रो रोजगारी नै यही हो । यसैलाई स्वरोजगार ठानेका छौं । श्रीमानश्रीमतीले महिनाको २० हजारसम्म कमाइ गर्छौ ।’

यस्तै, बालमन्दिर आधारभुत विद्यालय चैनगाउँमा कक्षा ३ मा अध्ययनरत ११ वर्षीया बालिका भैपुरा कामी आमा, काकीसँगै गिट्टी कुट्न बजार पुग्छिन् । तर उनी रहरले गिट्टी कुटन भने आएकी होइनन् । उनी पढाई खर्च जुटाउन आएको बताउँछिन् । 

उनी आवश्यक कपीकलम किन्न खर्च यहीबाट जोहो गर्छिन । उनले भनिन्, ‘आमाले पनि गिट्टी कुट्दै मलाई पढाई रहनु भएको छ, आमा एक्लैको कमाइले घरखर्च जुटाउन हम्मेहम्मे परेपछि म पनि आएको हो ।’ अरु साथीहरू जस्तै पढ्न, खेल्न मन भए पनि यता आएर काम गर्नु परेको उनले सुनाइन । साथीहरू किताबकापी, झोला बोकेर विद्यालय गएको देख्दा रुन मन लाग्ने उनले बताइन् । 

मुगुका अधिकांश बेरोजगार युवती र महिला घर खर्च चलाउनका लागि निजी र सरकारी भवन निर्माणमा सामेल हुँदै आएका छन् । तर, काम गरे अनुसारको पारिश्रमिक नपाएको उनीहरूको गुनासो छ ।

परिवार चलाउन उनीहरू न्युन पारिश्रमिकमा पनि काम गर्न बाध्य छन् । अझ महिलाहरूलाई न्युन पारिश्रमिक दिने गरेको उनीहरूको दुखेसो छ । महिलाले एक कट्टाको ५० देखि ६० रुपैयाँ मात्रै पाउँछन् । उनीहरूले दिनभरिमा बढीमा तीन कट्टा गिट्टी फोड्छन् । हिउँदमा खेतीपातीको काम पनि नहुने हुँदा थोरै पारिश्रमिकमा पनि काम गर्न बाध्य भएको महिलाहरू बताउँछन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो ओली पक्राउ परेपछि सडकमा उत्रे एमाले कार्यकर्ता काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह