११ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कर्णालीमा म्यादी प्रहरीको माग सात हजार, आवेदन तीन गुणा बढी

१४ चैत्र २०७८, सोमबार ०८:१२

चैत १४, सुर्खेत । कर्णाली प्रदेशका १० जिल्लामा आगामी ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा सात हजार ७१३ म्यादी प्रहरीको माग गरिएको थियो । तर, कर्णाली प्रदेशका १० जिल्लामा २१ हजारभन्दा बढीले आवेदन दिएका छन् । 

कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार सुर्खेतमा एक हजार २६१, दैलेखमा ८९३, जाजरकोटमा ७८४, रुकुम पश्चिममा ६७७, सल्यानमा एक हजार ७३, कालिकोटमा ८०४, जुम्लामा ७६८, मुगुमा ४६९, डोल्पामा ५६८ र हुम्ला ४१६ जना म्यादी प्रहरीको माग गरिएको थियो । 

कर्णाली १० वटै जिल्लामा म्यादी प्रहरी माग गरिएकोभन्दा बढीले आवेदन दिएका छन् । कर्णालीका २१ हजार २५४ जनाले म्यादी प्रहरीका लागि आवेदन दिएका छन् । आवेदन दिनेमा १६ हजार ८१८ जना पुरुष र चार हजार ४२६ जना महिला छन् ।

कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार सुर्खेतमा एक हजार २६१ जना म्यादी प्रहरीको माग गरिएकोमा एक हजार ५९ महिला र चार हजार ११३ पुरुष गरेर पाँच १७२ जनाले आवेदन दिएका छन् ।

दैलेखमा ८९३ माग भएकोमा ४८४ महिला र दुई हजार १८९ पुरुष गरेर २६७३ जनाले आवेदन दिएका छन् । जाजरकोटमा ७८४ जना म्यादी प्रहरीको माग गरिएकोमा ४२५ महिला र एक ६३१ पुरुष गरेर दुई हजार ५६ जनाले आवेदन दिएका छन् ।

रुकुम पश्चिममा ६७७ जना म्यादी प्रहरीको माग भएकोमा ५०६ जना महिला र एक हजार ५०४ पुरुष गरेर दुई हजार १० जनाले आवेदन दिएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

सल्यानमा एक हजार ७३ म्यादी प्रहरीको माग गरिएकोमा ७०६ महिला र दुई हजार ७०२ जना पुरुष गरेर तीन हजार ४०८ जनाले आवेदन दिएका छन् । 

कालिकोटमा ८०४ म्यादी प्रहरीको माग गरिएकोमा २४५ महिला र एक ९७ पुरुष गरेर एक ३४२ जनाले आवेदन दिएका छन् ।

जुम्लामा ७६८ म्यादी प्रहरीमो माग गरिएकोमा ५३१ जना महिला र एक ७५४ जना पुरुष गरेर २२८५ जनाले आवेदन दिएका छन् । मुगुमा ४६९ म्यादी प्रहरीको माग गरिएकोमा १७६ महिला र ८६१ जना पुरुष गरेर एक हजार ३७ जनाले आवेदन दिएका छन् ।

डोल्पामा ५६८ म्यादी प्रहरीको माग गरिएकोमा २०५ जना महिला र ५४२ जना पुरुष गरेर ७४७ जनाले आवेदन दिएका छन् ।  हुम्लामा ४१६ जना म्यादी प्रहरीको माग गरिएकोमा ९९ जना महिला र ४२५ जना पुरुषले आवेदन दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रोक लगाइएको २१ बर्षपछि इराकमा कार्यरत हजारौं नेपालीहरुले पाउने भए श्रम-स्वीकृति निर्वाचनको विकल्प छैन : संयोजक दाहाल राजनीतिमा धैर्यता र समर्पण आवश्यक : महासचिव पोखरेल आयोगद्वारा निर्वाचन सूचना सम्प्रेषण तथा समन्वय केन्द्र स्थापना चुनाव र पार्टी अधिवेशन दुवैको तयारी गर्नुहोस् : कावा सभापति खड्का मलेसिया : १एमडिबी काण्डमा नाजिब दोषी चोरी भएका ६० वटा मोटरसाइकल र स्कुटर हस्तान्तरण म्यान्मामा पाँच वर्षपछि आम चुनाव राजनीतिक दलसँगको वार्ता र छलफललाई अघि बढाइरहेका छौँ: मन्त्री खरेल जेनजी आन्दोलनका सहिदः ‘बेलुका भएपछि घर आउलान् जस्तो लाग्छ…’ शिक्षाको गुणस्तर अभिवृद्धिमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण छः उपराष्ट्रपति नवनियुक्त मन्त्री शर्माद्वारा पद तथा गोपनीयताको शपथ आयुर्वेद चिकित्सालयलाई केन्द्रीय आयुर्वेद अस्पतालका रूपमा विकास गरिने सरकारले निर्वाचनको वातावरण बनाएको छः मन्त्री खरेल पुष्पकमल दाहाल र सञ्चारमन्त्री खरेलबीच भेटवार्ता जिप दुर्घटनामा एक जनाको मृत्यु, १६ घाइते अध्यक्ष ओली र सञ्चारमन्त्रीबीच भेटवार्ता नाइजेरियामा आइएसविरुद्ध अमेरिकी हवाई आक्रमण ‘ज्येष्ठ नागरिकको समस्या समाधान गर्न आपसी समन्वय आवश्यक छ’ आमनिर्वाचन कांग्रेसको पहिलो प्राथमिकता हो: सभापति देउवा