२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पाथीभरामा तीर्थयात्रीको मृत्य

१४ चैत्र २०७८, सोमबार ११:४८

चैत १४, ताप्लेजुङ । ताप्लेजुङको पाथीभरामा एक तीर्थयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा सुनसरी जिल्लाको इटहरी उपमहानगरपालिका—९ बस्ने ६० वर्षीय खेमबहादुर ढुंगाना रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार उनी पाथीभरा मन्दिर पुगेर पूजापाठ लागि मन्दिर परिक्रम गर्ने क्रममा बेहोस भएका थिए । बेहोस भएपछि जिल्ला अस्पताल ताप्लेजुङमा पुर्‍याइएको केही समयमै अस्पताले मृत घोषणा गरेको थियो ।

श्रीमती, छोरा, छोरी र ज्वाइँसहित उनी पाथीभरा मन्दिरमा पूजा गर्न पुगेका पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ । 

ढुंगाना दमको रोगबाट ग्रसित व्यक्ति हुन्। उनको लेक लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । 

उनको शव जिल्ला अस्पतालको शव गृहमा राखिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कैलाशकुमार अधिकारीले जानकारी दिए । 

ट्याक्सी दुर्घटना हुँदा ११ जना तीर्थयात्री घाइते

ताप्लेजुङको पाथीभरामा मन्दिरमा पूजा गर्न आउँदै गरेको ट्याक्सी दुर्घटना हुँदा ११ जना तीर्थयात्री घाइते भएका छन् । को१ज २८४६ नम्बरको ट्याक्सी पाँचथरको फिदिममा दुर्घटना हुँदा तीर्थयात्री घाइते भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

तीर्थयात्री इटहरीबाट ताप्लेजुङको प्रसिद्ध धार्मिक स्थल पाथीभरा मन्दिरमा पूजा गर्न लागि जाँदै गर्दा दुर्घटना भएको प्रहरीले जनाएको छ । ट्याक्सीमा ११ जना तीर्थयात्री सवार थिए । 

जिल्ला अस्पताल पाँचथरमा ६ जना र समर्पित अस्पतालमा पाँच जना घाइतेको उपचार भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनाको बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान एनपिएलः लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै सुनचाँदीको मूल्यमा सामान्य गिरावट क्रिस लिनको अर्धशतकमा सुदूरपश्चिमले चितवनलाई दियो १७० रनको लक्ष्य नारायणगढ–बुटवल सडक, भौतिक प्रगति ७६ प्रतिशत ज्यापू दिवस संस्कृति, पहिचान र माटोप्रतिको सम्मान हो : उपप्रमुख डङ्गोल बुढानिलकण्ठलाई विश्व सम्पदा सूचीमा समावेश गर्न पहल एनपिएलः चितवन टस जितेर बलिङ गर्दै ‘नागरिकको सुझाव माग्न घरदैलोमा सरकार’