११ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भलबाढीको जोखिममा पम्पिङ खानेपानी आयोजनाको पाईपलाईन

१५ चैत्र २०७८, मंगलवार ०७:५८

चैत १५, खोटाङ । खोटाङको हलेसी क्षेत्र खोटाङ (बृहत पम्पिङ) खानेपानी आयोजनाको पाईप जोखिम आँकलन नगरी खोलामा बिछ्याइएको पाइएको छ । हलेसी तुवाचुङ नगरपालिकामा दुधकोसीको पानी निकाल्नका लागि सुरु गरिएको पम्पिङ खानेपानी आयोजनाको पाईपलाई निर्माण कम्पनीले भलबाढीबाट क्षती पुग्नसक्ने खतरालाई आँकलन नगरी खोलामा राखेको पाइएको हो । निर्माण कम्पनी दिवा–महादेव खिम्तीले हलेसी तुवाचुङ नगरपालिका–९ सल्लेस्थित महादेवबेँसीबाट दुधकोसीको पानी हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानको काभ्रेडाँडामा निकाल्ने मेनलाईनको पाईप महादेव खोलैखोला असुरक्षित तरिकाले राखेको स्थानीय बताउँछन् । 

खोलामा लडाएर राखिएको पाईप वर्षामा आउने भलबाढीले क्षती पुग्ने खतरा देखिएको हलेसी तुवाचुङ नगरपालिका–६ मंगलटारका वडाध्यक्ष रमेश राउतले बताए । निर्माण कम्पनीले खानेपानीको पाईपलाई जमिनमाथि उठाउने पिलर पनि राखेका छैनन् । खोलामा लडाएर राखिएका कारण सामान्य भलबाढीले पाईपमा खिया लाग्न सुरु भइसकेको छ । स्थानीय महादेव खोला र ढुँडी खोलामा भलबाढीले भेट्नेगरी करिब साँढे ३ किलोमिटर पाईप जमिनमा लडाएर राखिएको छ । खोलाभन्दा २० मिटरमाथिबाट पाईप राख्न आवाज उठाउँदै आएको भए पनि सुनुवाई नभएको हलेसी तुवाचुङ नगरपालिका–९ सल्लेका वडाध्यक्ष काशीराज राईले बताए । 

हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडाको लुलिमाबाट दुधकोसीको पानीलाई हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवाको भुम्जुडाँडा निकाल्नका लागि सान्ने खोलामा विछ्याइएको अर्को मेनलाईनको पाईप समेत भलबाढीको जोखिममा छ । पम्पिङ अयोजनाको काम पाईप बिछ्याउने क्रममा भएको त्रुटी सच्याउनका लागि निर्माण व्यवसायीलाई १६ फागुनमा पत्राचार गरिएको संघीय खानेपानी ढल व्यवस्थापन आयोजना खोटाङका प्रमुख हेराकाजी महर्जनले बताए । 

दुधकोसीको पानीलाई हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवाको भुम्जुडाँडा र हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानको काभ्रेडाँडामा निकाल्ने मेनलाईनको ठेक्का दिवा–महादेव खिम्तीले लिएको हो । दुधकोसीबाट काभ्रेडाँडामा निकालिएको पानीलाई महादेवस्थान, दुर्छिम र मंगलटारमा वितरण गर्नेगरी रमन सगरमाथा–सगरमाथा घिमिरे जेभी र भुम्जुडाँडामा निकालिएको पानीलाई बाहुनीडाँडा, डिकुवा, च्यास्मीटार र बडहरेमा वितरण गर्ने ठेक्का लामा कन्ट्रक्सनले गरिरहेको छ । तर, आयोजनाको काममा निर्माण कम्पनीको चरम ढिलासुस्ती भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रोक लगाइएको २१ बर्षपछि इराकमा कार्यरत हजारौं नेपालीहरुले पाउने भए श्रम-स्वीकृति निर्वाचनको विकल्प छैन : संयोजक दाहाल राजनीतिमा धैर्यता र समर्पण आवश्यक : महासचिव पोखरेल आयोगद्वारा निर्वाचन सूचना सम्प्रेषण तथा समन्वय केन्द्र स्थापना चुनाव र पार्टी अधिवेशन दुवैको तयारी गर्नुहोस् : कावा सभापति खड्का मलेसिया : १एमडिबी काण्डमा नाजिब दोषी चोरी भएका ६० वटा मोटरसाइकल र स्कुटर हस्तान्तरण म्यान्मामा पाँच वर्षपछि आम चुनाव राजनीतिक दलसँगको वार्ता र छलफललाई अघि बढाइरहेका छौँ: मन्त्री खरेल जेनजी आन्दोलनका सहिदः ‘बेलुका भएपछि घर आउलान् जस्तो लाग्छ…’ शिक्षाको गुणस्तर अभिवृद्धिमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण छः उपराष्ट्रपति नवनियुक्त मन्त्री शर्माद्वारा पद तथा गोपनीयताको शपथ आयुर्वेद चिकित्सालयलाई केन्द्रीय आयुर्वेद अस्पतालका रूपमा विकास गरिने सरकारले निर्वाचनको वातावरण बनाएको छः मन्त्री खरेल पुष्पकमल दाहाल र सञ्चारमन्त्री खरेलबीच भेटवार्ता जिप दुर्घटनामा एक जनाको मृत्यु, १६ घाइते अध्यक्ष ओली र सञ्चारमन्त्रीबीच भेटवार्ता नाइजेरियामा आइएसविरुद्ध अमेरिकी हवाई आक्रमण ‘ज्येष्ठ नागरिकको समस्या समाधान गर्न आपसी समन्वय आवश्यक छ’ आमनिर्वाचन कांग्रेसको पहिलो प्राथमिकता हो: सभापति देउवा