२०८२, १५ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

काठमाडाैंमा क्षणिक वर्षा, दिउँसाे यी चार प्रदेशमा वर्षाकाे सम्भावना

२०७८, १६ चैत्र बुधबार ०६:००

चैत १६, काठमाडौं ।  काठमाडाैंकाे आकाश तुवाँलाेले ढाक्दा बिहान र साँझ घाम लाग्न छाडेका बेला बुधबार बिहान क्षणिक वर्षा भएकाे छ । केहीदिन यता काठमाडाैंमा प्रदूषण पनि ह्वात्तै बढेकाे छ ।तर, बिहान वर्षा हुँदा राहत महसुस गरिएकाे छ ।

माैसम पूर्वानुमान महाशाखाका अनुसार भारतको बिहार आसपास रहेको न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव नेपालमा रहेको छ । 

दिउँसो प्रदेश १, मधेस, बागमती र गण्डकीका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वा क्षणिक वर्षाको सम्भावना रहेकाे महाशाखाले जनाएकाे छ । 

राति प्रदेश १, बागमती र गण्डकीका पहाडी भूभागका एक वा दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । 

बिहीबार प्रदेश १, मधेस, बागमती र गण्डकीका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने आँकलन गरिएकाे छ । ती प्रदेशका पहाडी भूभागका थोरै स्थानमा वर्षाको सम्भावना छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो ओली पक्राउ परेपछि सडकमा उत्रे एमाले कार्यकर्ता काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह