२०८२, १५ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

छुट्टाछुट्टै सवारी दुर्घटनामा ९ जनाको मृत्यु

२०७८, १६ चैत्र बुधबार ०६:५७

चैत १६, काठमाडौं । देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ९ जनाको मृत्यु भएको छ । 

कैलाली, गुल्मी, तनहुँ, बागलुङ, काभ्रेपलाञ्चोक, बारा, सर्लाही, मकवानपुर र कास्कीमा भएको सवारी दुर्घटनामा उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ । 

कैलालीको धनगढी उपमहानगरपालिका–३ चटकपुरमा सु.प.प्र.०१००१ ह ४९८५ नम्बरको अटोको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ । पैदलयात्रीको पहिचान खुल्न सकेको छैन । 

गुल्मीको मुसिकोट नगरपालिका–७ भुजेलबगरमा रा.१ त ४५५८ नम्बरको ट्रयाक्टरबाट खसेर सोही ठाउँ बस्ने २६ वर्षीय नारायण नगरकोटीको मंगलबार मृत्यु भएको छ । 

तनहुँको शुक्लागण्डकी नगरपालिका–१० मीनाम खानीमा ग.२ च ८२०१ नम्बरको बोलेरो गाडी मंगलबार दुर्घटना हुँदा गाडीमा सवार बन्दिपुर गाउँपालिका–४ बस्ने २५ वर्षीय सुरेश बहादुर घर्तीको घटनास्थलमै मृत्यु भएको छ । 

बागलुङको निसीखोला गाउँपालिका–२ खाडुमा लु.१ च ९४८० नम्बरको जिप मंगलबार राति दुर्घटना हुँदा चालक ढोरपाटन नगरपालिका–१ बस्ने ४७ वर्षीय ऋतु वर्ण पौडेलको घटनास्थलमै मृत्यु भएको छ । 

काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–२ नयाँगाउँमा बा.५ ख ९६५१ नम्बरको मिनि टिपर मंगलबार राति दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनमा सोही ठाउँ बस्ने २५ वर्षीय युबराज दाहाल छन् । 

बाराको जितपुरसिमरा उपमहानगरपालिका–२२ मा ना.६४ प ९१६७ नम्बरको मोटरसाइकल मंगलबार राती दुर्घटना हुँदा चालक पर्सा वीरगंज महानगरपालिका–२३ बस्ने २२ वर्षीय राजन कुमार पटेलको मृत्यु भएको छ । 

सर्लाहीको गोडैता नगरपालिका–५ रामवन टोलमा ज.२ त ६७०९ नम्बरको ट्रयाक्टरले किच्दा सोही ठाउँ बस्ने ३ वर्षीय एसान मन्सुरको मंगलबार राति घटनास्थलमै मृत्यु भएको छ । 

मकवानपुरको हेटौंडा उपमहानगरपालिका–६ मा ना.४ त ६९१० नम्बरको ट्रयाक्टरबाट खसेर सोही उपमहानगरपालिका–८ कमाने बस्ने २३ वर्षीय राजेश मोक्तानको मंगलबार राति मृत्यु भएको छ । 

कास्कीको पोखरा महानगरपालिका–८ सभागृह चोकमा ना.६ ख ४७२५ नम्बरको ट्रकले ग.१४ प ६५९८ नम्बरको स्कुटरलाई बुधबार बिहान ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही महानगरपालिका–१८ बस्ने १८ वर्षीया अन्जना पाइजा रहेकी छन् ।दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो ओली पक्राउ परेपछि सडकमा उत्रे एमाले कार्यकर्ता काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह