१२ पुष २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

परराष्ट्रमन्त्री खड्काको शिलान्यास मोहः मर्यादा भुलेर भारतीय कार्यवहाक राजदूतसँगै शिलान्यासमा सरिक

२२ चैत्र २०७८, मंगलवार ०९:०७

चैत्र २२, काठमाडौं | परराष्ट्रमन्त्री डा नारायण खड्का कूटनीतिक मर्यादा विपरित एक विद्यालयको शिलान्यास कार्यक्रममा सहभागी भएका छन् । 

भारतको अनुदान सहयोगमा उदयपुरको त्रियुगा नगरपालिका बोक्सेस्थित बालमन्दिर माध्यमिक विद्यालयको नयाँ भवनको शिलान्यासमा उनी सहभागी भएका हुन् । 

उक्त भवनको शिलान्यास आज एक कार्यक्रमबीच परराष्ट्रमन्त्री डा. नारायण खड्का र भारतीय दूतावासका कार्यवाहक राजदूत नामग्य सी खम्पाले गरेका थिए । 

"परराष्ट्रमन्त्री जस्तो व्यक्ति आफ्नो कार्यक्षेत्र भन्दा बाहिर गएर शिलान्यास कार्यक्रममा जान हुँदैनथ्यो । यस्तो कार्यक्रममा त शिक्षामन्त्रीलाई लग्नुपर्ने थियो ।

गईहाले पनि अर्को देशको कार्यवहाक राजदूतसँग शिलान्यास गर्नु हुँदैनथ्यो । कूटनीतिक मर्यादा अनुसार उहाँ त्यस्तो कार्यक्रममा सहभागी हुनुहुँदैनथ्यो," परराष्ट्र मन्त्रालय स्रोतले भन्यो ।  

सामुदायिक विकास परियोजनाका रुपमा भारत–नेपाल विकास सहकार्य अन्तर्गत ३ करोड ११ लाख अनुदान सहयोगमा विद्यालय भवन निर्माण कार्य अघि बढाइएको काठमाडौंस्थित भारतीय दूतावासले जनाएको छ । 

बालमन्दिर माध्यमिक विद्यालय उदयपुर जिल्लाकै एक पुरानो विद्यालय हो ।  निर्माण कार्य सम्पन्न भइसकेपछि यो विद्यालयलाई नयाँ परिसरमा सारिनेछ । विद्यालयमा हाल एक हाजर एक सय विद्यार्थी अध्ययनरत छन् जसमा करिब ७० प्रतिशत छात्राहरु रहेका छन् । 

सन् २००३ यता भारतले ५२३ भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरु अघि बढाइसकेको छ । तीमध्ये ४६७ वटा परियोजनाहरु सम्पन्न गरिसकेको छ । 

"भारत र नेपालबीच बहुपक्षीय एवम् बहुक्षेत्रीय विकास सहकार्य रहेको छ जसले दुई मुलुकका जनताबीचको प्रगाढ सम्बन्धलाई प्रतिबिम्बित गरेको छ । आज आयोजित यस कार्यक्रमले शिक्षा जस्ता प्राथमिकताका क्षेत्रमा पूर्वाधार निर्माण गर्न नेपाल सरकारले चालेको प्रयासलाई सफल बनाउन भारत सरकार सदैव प्रतिबद्ध रहेको कुरालाई पुष्टि गरेको छ," भारतीय दूतावासले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनमा सहभागी हुने प्रमुख दलका शीर्ष नेताहरूको प्रतिबद्धता निर्वाचनलाई सफल बनाउन दलहरुसँग प्रधानमन्त्रीको आग्रह प्रधानमन्त्री कार्की र तीन शीष नेताबीच छलफल जारी जेनजी आन्दोलनमा फरार कैदीको भारतमा मृत्यु सरकारले नागरिकमा विश्वास र आशा जगाउने प्रयास गरेको छः गृहमन्त्री अर्याल जापानको टोकियो नजिकै सडक दुर्घटना, दर्जनौँ घाइते कानुनी र प्रक्रियागत अवरोध नहटाएसम्म द्रुत विकासको सपना पूरा हुँदैनः मन्त्री घिसिङ शान्ति प्रक्रियामा ६० दिनको युद्धविराम आवश्यकः जेलेन्स्की देश नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ ‘पहाड भो मलाई’ बोलको गीत सार्वजनिक प्रधानमन्त्री कार्कीसँग प्रमुख दलका शीर्ष नेताबीच छलफल हुँदै शान्ति प्रयासमा कूटनीतिक समन्वय आवश्यकः ट्रम्प ७५० केजी गाँजासहित दुई जना पक्राउ लागुऔषध मुद्दामा कैद भुक्तान गरिरहेका फरार व्यक्ति पक्राउ यी स्थानमा काटिदैछ बिजुली गाडीको ठक्करबाट एक जनाको मृत्यु रोक लगाइएको २१ बर्षपछि इराकमा कार्यरत हजारौं नेपालीहरुले पाउने भए श्रम-स्वीकृति निर्वाचनको विकल्प छैन : संयोजक दाहाल राजनीतिमा धैर्यता र समर्पण आवश्यक : महासचिव पोखरेल आयोगद्वारा निर्वाचन सूचना सम्प्रेषण तथा समन्वय केन्द्र स्थापना