भदौ १५, पर्बत । नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र पर्बतले २६ जना भन्दा बढी ग्राहकको विद्युत लाइन काटेको छ । 

विद्युत प्राधिरणले विद्युत महसुल नबुझाउने उपभोक्ताको लाइन काटेको हो । प्राधिकरणले एक हप्ताको अवधिमा २ महिना देखि ५ हजार"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ १५, पर्बत । नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र पर्बतले २६ जना भन्दा बढी ग्राहकको विद्युत लाइन काटेको छ । 

विद्युत प्राधिरणले विद्युत महसुल नबुझाउने उपभोक्ताको लाइन काटेको हो । प्राधिकरणले एक हप्ताको अवधिमा २ महिना देखि ५ हजार"/>

२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पर्बतमा २६ ग्राहकको विद्युत काटियो

१५ भाद्र २०७३, बुधबार ०६:२५

भदौ १५, पर्बत । नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र पर्बतले २६ जना भन्दा बढी ग्राहकको विद्युत लाइन काटेको छ । 

विद्युत प्राधिरणले विद्युत महसुल नबुझाउने उपभोक्ताको लाइन काटेको हो । प्राधिकरणले एक हप्ताको अवधिमा २ महिना देखि ५ हजार भन्दामाथि सम्मको   रकम भु्क्तानी गर्नको लागि      बाँकी रहेकाहरुको विद्युत लाइन काटिएको जनाएको छ । झण्डै २ सय ग्राहकले महिनौदेखि विद्युत महसुल नबुझाउने गरेको पाइएको छ । 

सदरमुकाम कुश्मा सहित दक्षिणी फलेवास, पातिचौर लगायतका क्षेत्रमा महसुल नबुझाउने उपभोक्ताहरुको लाइन काटिएको नेपाल विद्युत प्राधिकरण पर्बत वितरण केन्द्रका आय प्रमुख शम्भु सापकोटाले जानकारी दिए ।

उनका अनुसार महिनौदेखि महसुल नबुझाउने उपभोक्ताहरुको लाइन काट्न अहिले जिल्लाभर नै  कर्मचारी परिचालन गरिएको छ । केन्द्रका अनुसार ३ महिनाको समयमा महशुल नबुझाउने उपभोक्ताहरु मध्येबाट ३० लाख भन्दा बढी विद्युत बक्यौता उठ्न बाँकी रहेको छ । जसमध्ये ७ लाख ३६ हजार ३ सय ५रुपैँया बक्यौता रकम उठिसकेको छ । 

विद्युत महसुल नबुझाउनेहरुमा सर्वसाधारण, विभिन्न उद्योग, सरकारी कार्यालय रहेका छन् । विद्युत महसुल नबुझाउने सरकारी कार्यालयमा जिल्ला स्वास्थ्य कार्यालय पर्वत र प्राथमिक स्वास्थ्य केन्द्र लुंखु रहेको प्राधिकरणले बताएको छ । 

लुंखुमा रहेको प्रथामिक स्वास्थ्य केन्द्रले दुई बर्षभन्दा बढि लामो समयदेखि महसुल नबुझाएको प्राधिकरणले जनाएको छ । जिल्ला स्वास्थ्य कर्यालय र स्वास्थ्य केन्द्रबाट सवैभन्दा बढी रकम उठ्न बाँकी  छ ।

प्राधिकरणका अनुसार कालीगण्डकी क्रसर उद्योगबाट २ लाख ६२ हजार, प्राथमिक स्वास्थ्य केन्द्र लुंखुको १ लाख २० हजार, जिल्ला अस्पतालबाट १ लाख ४३ हजार र स्वास्थ्य कार्यालयबाट ७० हजार विद्युत महसुल उठाउन बाँकी रहेको  जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प