प्रेम सुनार, भदौ १५, गुल्मी । आफन्तको घरमा दुई दिन पाहुना बस्न त कति अफ्ठ्यारो लाग्छ भने अझ झन सिङ्गो परिवारै लिएर आफन्तको घरमा महिनौ बस्न कति मुस्कील पर्ला आफै महशुस गरौं । तर पनि प्राकृतिक विपतले विवस छन गुल्मी वाग्लाका एक परिवार महिनौं सम्म छिमेकीको घ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रेम सुनार, भदौ १५, गुल्मी । आफन्तको घरमा दुई दिन पाहुना बस्न त कति अफ्ठ्यारो लाग्छ भने अझ झन सिङ्गो परिवारै लिएर आफन्तको घरमा महिनौ बस्न कति मुस्कील पर्ला आफै महशुस गरौं । तर पनि प्राकृतिक विपतले विवस छन गुल्मी वाग्लाका एक परिवार महिनौं सम्म छिमेकीको घ"/>
२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पहिरोले घर ढलायो रमिते राज्यले मन जलायो

२०७३, १५ भाद्र बुधबार ०८:५१

प्रेम सुनार/भदौ १५, गुल्मी । आफन्तको घरमा दुई दिन पाहुना बस्न त कति अफ्ठ्यारो लाग्छ भने अझ झन सिङ्गो परिवारै लिएर आफन्तको घरमा महिनौ बस्न कति मुस्कील पर्ला आफै महशुस गरौं । तर पनि प्राकृतिक विपतले विवस छन गुल्मी वाग्लाका एक परिवार महिनौं सम्म छिमेकीको घरमा  बस्न ।

    गरिव परिवारका वाग्ला–६ का हरिप्रसाद घिमिरेको घर साउन १० गते आएको पहिरोले बगाई दियो । सामन्य वास वनाउने उपाय नभए पछि घिमिरेको ४ जनाको परिवार सिमलटारी स्थित छिमेकी हंशराज छिमिरेको घरमा शरण लिन बसेका हुन् ।

   कति दिन अर्काको घरमा बस्ने ?  त्यसैले केहि उपाय लाग्थ्यो कि भनेर आज सदरमुकाम तम्घास आई पुगेका घिमिरेले सिडियो उदयबहादुर राना मगर समक्ष विन्ती विसाउन पुगे । सिडियोले के गरुँन ? माथील्लो निकायकै  छुचो हात भए पछि जम्मा तिन हजार रुपैयाँ दिएर पठाए ।

 त्यस पछि उनि रेडक्रशमा पुगे । एउटा त्रिपाल मिल्यो , साथमा केहि भाँडा–कुँडा र सामन्य कपडा–लत्ता । त्यस पछि उनि पत्रकार खोज्दै हिडे । त्यस क्रममा नेपाल पत्रकार महासंघका संस्थापक सभापति हरिकुमार श्रेष्ठलाई फेला पारे । श्रेष्ठले यस समाचारदातालाई फोन गरे । सदरमुकाम वाहिर रहेको यस समाचारदाताले  समाचार टिप्नु ्िशवाय तत्काल केहि गर्न सक्ने अवस्था थिएन् ।

 म अहिले मजुवा छु भन्दा पनि  केहि भ्याउँ नपाएका घिमिरेले एकै छिनको लागि आउनुस् न भनेर अनुरोध गर्दै थिए । उनको आग्रह थियो –‘ मेरो वास बनाउन सक्ने केहि उपाय भएन , बनाई दिने कुनै संघ संस्था खोजि दिनु प¥यो । ’

यो देशका नेता , राज्यका कर्मचारी देखि पुँजीपति कैयौंको आलिशान महल विभिन्न शहरमा ठडिएका छन र  पुर्खेयौंली घर छाडेर हिड्दा  लेउ लागेको , झार उर्मेर झाडी बनेको छ ।

  तर घिमिरे जस्ता थुप्रै गरिव विपन्नले  प्रकृतिक विपत्तीमा  घरवासविहिन हुँदा पनि राज्य रमिते बन्छ भने  ति निमुखाहरुको मन नजलेर अरु कसको जल्ला ?

  यसरी जलेका मनहरुमा मलम लगाउन भनि थुप्रै आन्दोलनहरु भए । सशस्त्र विद्रोह गरेर थुप्रैले ज्यान गुमाए , अंग–भंग पनि बने तर गणतन्त्र स्थापना पछि पनि जुन जोगी आए पनि कानै चिरेको भन्ने उखान शिद्ध भए पछि यो देशमा शान्ति कसरी आउला ?

   कसरी ति जलेका मनहरु नछट्पट्टी चुप लागि बस्लान ? यसर्थ पनि मुखमा राम राम बगलीमा छुरा बोक्नेहरुले शान्ति ..शान्ति ..जपेर मात्रै शान्ति नआउला कि ?

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस