प्रेम सुनार, भदौ १५, गुल्मी । आफन्तको घरमा दुई दिन पाहुना बस्न त कति अफ्ठ्यारो लाग्छ भने अझ झन सिङ्गो परिवारै लिएर आफन्तको घरमा महिनौ बस्न कति मुस्कील पर्ला आफै महशुस गरौं । तर पनि प्राकृतिक विपतले विवस छन गुल्मी वाग्लाका एक परिवार महिनौं सम्म छिमेकीको घ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रेम सुनार, भदौ १५, गुल्मी । आफन्तको घरमा दुई दिन पाहुना बस्न त कति अफ्ठ्यारो लाग्छ भने अझ झन सिङ्गो परिवारै लिएर आफन्तको घरमा महिनौ बस्न कति मुस्कील पर्ला आफै महशुस गरौं । तर पनि प्राकृतिक विपतले विवस छन गुल्मी वाग्लाका एक परिवार महिनौं सम्म छिमेकीको घ"/>
२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पहिरोले घर ढलायो रमिते राज्यले मन जलायो

१५ भाद्र २०७३, बुधबार ०८:५१

प्रेम सुनार/भदौ १५, गुल्मी । आफन्तको घरमा दुई दिन पाहुना बस्न त कति अफ्ठ्यारो लाग्छ भने अझ झन सिङ्गो परिवारै लिएर आफन्तको घरमा महिनौ बस्न कति मुस्कील पर्ला आफै महशुस गरौं । तर पनि प्राकृतिक विपतले विवस छन गुल्मी वाग्लाका एक परिवार महिनौं सम्म छिमेकीको घरमा  बस्न ।

    गरिव परिवारका वाग्ला–६ का हरिप्रसाद घिमिरेको घर साउन १० गते आएको पहिरोले बगाई दियो । सामन्य वास वनाउने उपाय नभए पछि घिमिरेको ४ जनाको परिवार सिमलटारी स्थित छिमेकी हंशराज छिमिरेको घरमा शरण लिन बसेका हुन् ।

   कति दिन अर्काको घरमा बस्ने ?  त्यसैले केहि उपाय लाग्थ्यो कि भनेर आज सदरमुकाम तम्घास आई पुगेका घिमिरेले सिडियो उदयबहादुर राना मगर समक्ष विन्ती विसाउन पुगे । सिडियोले के गरुँन ? माथील्लो निकायकै  छुचो हात भए पछि जम्मा तिन हजार रुपैयाँ दिएर पठाए ।

 त्यस पछि उनि रेडक्रशमा पुगे । एउटा त्रिपाल मिल्यो , साथमा केहि भाँडा–कुँडा र सामन्य कपडा–लत्ता । त्यस पछि उनि पत्रकार खोज्दै हिडे । त्यस क्रममा नेपाल पत्रकार महासंघका संस्थापक सभापति हरिकुमार श्रेष्ठलाई फेला पारे । श्रेष्ठले यस समाचारदातालाई फोन गरे । सदरमुकाम वाहिर रहेको यस समाचारदाताले  समाचार टिप्नु ्िशवाय तत्काल केहि गर्न सक्ने अवस्था थिएन् ।

 म अहिले मजुवा छु भन्दा पनि  केहि भ्याउँ नपाएका घिमिरेले एकै छिनको लागि आउनुस् न भनेर अनुरोध गर्दै थिए । उनको आग्रह थियो –‘ मेरो वास बनाउन सक्ने केहि उपाय भएन , बनाई दिने कुनै संघ संस्था खोजि दिनु प¥यो । ’

यो देशका नेता , राज्यका कर्मचारी देखि पुँजीपति कैयौंको आलिशान महल विभिन्न शहरमा ठडिएका छन र  पुर्खेयौंली घर छाडेर हिड्दा  लेउ लागेको , झार उर्मेर झाडी बनेको छ ।

  तर घिमिरे जस्ता थुप्रै गरिव विपन्नले  प्रकृतिक विपत्तीमा  घरवासविहिन हुँदा पनि राज्य रमिते बन्छ भने  ति निमुखाहरुको मन नजलेर अरु कसको जल्ला ?

  यसरी जलेका मनहरुमा मलम लगाउन भनि थुप्रै आन्दोलनहरु भए । सशस्त्र विद्रोह गरेर थुप्रैले ज्यान गुमाए , अंग–भंग पनि बने तर गणतन्त्र स्थापना पछि पनि जुन जोगी आए पनि कानै चिरेको भन्ने उखान शिद्ध भए पछि यो देशमा शान्ति कसरी आउला ?

   कसरी ति जलेका मनहरु नछट्पट्टी चुप लागि बस्लान ? यसर्थ पनि मुखमा राम राम बगलीमा छुरा बोक्नेहरुले शान्ति ..शान्ति ..जपेर मात्रै शान्ति नआउला कि ?

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प