सन्देश पौडेल/भदौ १५, लमजुङ । लमजुङ र तनहुँ सिमानाको एक बस्ती पहिरोसँगै खोलामा आएको बाढीले पुरेको छ । लमजुङको मध्यनेपाल नगरपालिकाको सिमानामा रहेको रिस्ती गाविस–८ अन्तर्गत समिफेदको बस्ती ठाँटी खोलामा आएको बाढीले पुरिएको हो ।

तनहुँको मिर्लु"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सन्देश पौडेल/भदौ १५, लमजुङ । लमजुङ र तनहुँ सिमानाको एक बस्ती पहिरोसँगै खोलामा आएको बाढीले पुरेको छ । लमजुङको मध्यनेपाल नगरपालिकाको सिमानामा रहेको रिस्ती गाविस–८ अन्तर्गत समिफेदको बस्ती ठाँटी खोलामा आएको बाढीले पुरिएको हो ।

तनहुँको मिर्लु"/>

2026-10-23 01:33 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

लमजुङको रिस्तीमा ८ घर बाढी पहिरोमा पुरिए

सन्देश पौडेल/भदौ १५, लमजुङ । लमजुङ र तनहुँ सिमानाको एक बस्ती पहिरोसँगै खोलामा आएको बाढीले पुरेको छ । लमजुङको मध्यनेपाल नगरपालिकाको सिमानामा रहेको रिस्ती गाविस–८ अन्तर्गत समिफेदको बस्ती ठाँटी खोलामा आएको बाढीले पुरिएको हो ।

तनहुँको मिर्लुङदेखि आएको ठाडो खहरे ठाँटी खोलामा ठूलो बाढी आएपछि समिफेदका आठ घरमा क्षति पुगेको छ । बाढीले स्थानीय पुरुषोत्तम रेग्मी र हरिमाया खत्रीको घर पूर्णरुपमा पुरेको छ भने अन्य घरमा आंशिक क्षति भएको छ ।

बुधबार बिहान २ बजेतिर आएको बाढीले स्थानीयवासी चन्द्रबहादुर बसौला, जगतबहादुर गौली, विष्णुप्रसाद पौडेल, बोधकुमारी पौडेल, कुलप्रसाद पौडेल, नारायणदत्त पौडेलको घरमा आंशिक क्षति भएको छ ।

बाढी मध्यरातमा आएको भए पनि मानवीय क्षति नभएको प्रहरीले जनाएको छ । मिर्लुङको लप्सी भन्ने ठाउँमा पहिरो गएको थियो । बाढी र पहिरो गर्जनका साथ आउँदै गर्दा स्थानीयवासी भाग्न सफल भएका हुन् ।

‘मध्यरातमा शौचालय निष्किएँ, भूकम्पको जस्तै आवाज आयो, पछि बाढीसँगै ढुङ्गा आउन थालेपछि घरका अरु सदस्यलाई उठाएर भाग्न सफल भएकाले ज्यान बचाउन सकियो,’ स्थानीयवासी चन्द्र बसौलाले भने ।

बाढीले घर पुरिँदा समेत आफू बाँचेकोमा आफैँलाई अचम्म लागेको पीडित पुरुषोत्तम रेग्मीले बताए । रेग्मीले भने, ‘घरमा सुतिरहेका थियौँ, अचानक ढोकामा ढुङ्गा बज्रिन थालो, सुरुमा त कसैले हान्यो की जस्तो लागेको थियो, पछि कोठामा पानी नै छिर्न थालेपछि पछाडिबाट भाग्न सफल भयौँ ।’

किराना व्यवसाय गर्दै आएका रेग्मीले घरभित्रको सामान सबै पुरिएको बताए । घर पूर्णरुपमा क्षति नभए पनि सो क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न लगाइएको छ ।

बाढीले घर बस्ती पुरिएपछि कति क्षति भयो भन्ने यकिन भएको छैन । बाढीपीडित क्षेत्रमा तत्काल उद्धारको निम्ति नेपाल प्रहरी, सशस्त्र प्रहरीलाई पठाइएको तनहुँका प्रमुख जिल्ला अधिकारी दीपक सुवेदीले जानकारी दिए ।

बाढीले वस्तीसँगै १५ रोपनीभन्दा बढी धान खेत, स्थानीय मठमन्दिर पुरेको छ । बाढीले बेसींशहर, दुईपिप्ले सवारी पनि ठप्प भएको छ भने कुन्छादेखि दमौली, पोखरा, काठमाडौं लगायतका स्थानमा जाने सवारी आवागमन अबरुद्ध भएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने