भदौ १६, काठमाडौं । साँस्कृतिक युवा समूहले राजधानीमा वुधाबार आयोज"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

भदौ १६, काठमाडौं । साँस्कृतिक युवा समूहले राजधानीमा वुधाबार आयोज"/>

२०८२, २ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

युवा अभियान्ता लामा र जुडो खेलाडी खत्री सम्मानित

२०७३, १६ भाद्र बिहीबार ०६:३०


भदौ १६, काठमाडौं । साँस्कृतिक युवा समूहले राजधानीमा वुधाबार आयोजना गरेको तीज विशेष कार्यक्रममा कृषि राज्यमन्त्री राधिका तामाङबाट सामाजिक सचेतना कार्यक्रमका युवा अभियान्ता भीम लामा र राष्ट्रिय जुडो खेलाडी फुपु ल्हमु खत्रीलाई सम्मान गरेको छ । 

सामाजिक क्षेत्रमा क्रियाशिल तथा लागुऔषध दूव्र्यसनी, महिला बेचविखन, जातीय उत्पीडन र छुवाछुत विरूद्ध अभियानमा संलाग्न रहि समतामूलक समाज निर्माणमा लागि परेकोको सञ्चारकर्मी तथा सामाजिक युवा अभियान्त भीम लामालाई सम्मान गरिएको हो । 

त्यस्तै खेलकुद क्षेत्रबाट राष्ट्रको नाम चिनाउन सफल भएकी जुडो खेलाडी फुपु ल्हमु खत्री भारतको सिलोङमा सम्पन्न भएको १२ औं साग खेलमा स्वर्णपदक हासिल गरेर राष्ट्र र समाजलाई योगदान पु¥याएकोमा सम्मान गरेको हो । 

सम्मानमा फोहोमैला व्यवस्थापनबाट सरसफाईमा विशेष योगदान तथा स्वरोजगार सिर्जना गरि युवा रोजगारी बनाउन सफल समाजसेवी बबरमान तामाङलाई पनि सम्मान गरिएको छ । 

भूकम्प पीडित महिला तथा बालबालिकालाई निःशुल्क दर खुवाएर कार्यक्रम सञ्चालन भएको थियो । कार्यक्रमका प्रमुख अतिथि मन्त्री राधिका तामाङले नेपाली कला र संस्कृतिलाई जर्गेना गर्न सबै लाग्नु पर्ने बताउनु भयो । चाँडपर्वलाई पहिचानको रूपमा मनाउनु पर्ने उल्लेख गर्दै तीजमा भएको विकृतिलाई रोक्न सबैलाई आग्रह गर्नुभयो । 

कार्यक्रममा साँसद रामेश्वर फुयाँल, गुड्स हेण्ड नेपालका अध्यक्ष दावा लामा ह्योल्मो , सुर्वण वैद्य र विष्णु विक्रम खत्रि विशेष अतिथि रहनुभएको थियो भने विभिन्न कलाकारहरुको समेत प्रस्तुती तथा सहभागी रहेको थियो । कार्यक्रमका अध्यक्ष वेचन लामाले कार्यक्रमलाई समान गर्नुभएको थियो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब पुग्यो रवि लामिछानेमाथिको रिटको सुनुवाइ आज पनि ‘हेर्दाहेर्दै’मा १ करोड १६ लाख नगदसहित नागार्जुनबाट दुई हुन्डी कारोबारी पक्राउ प्रधानमन्त्री कार्कीद्वारा जिल्ला प्रशासन कार्यालयको निरीक्षण इन्धनको मूल्यवृद्धिसँगै गाडी भाडा बढाउन माग महाकाली नदीमा पौडी खेल्ने क्रममा एक जना बेपत्ता नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट सिकार खेल्न गएका ५ जना बेपत्ता काठमाडौँ महानगरपालिकाले बञ्चरेडाँडामा लैजाने फोहाेरको मात्रा घटाउँदै नवलपरासी कारागारबाट भागेका १८० कैदी अझै फरार दुई फरार प्रतिवादीहरु पक्राउ इनिशा विक हत्याका दोषीलाई कडा कानुनी कारबाहीको माग गर्दै विरोध प्रदर्शन आँखामा कालोपट्टी बाँधेर सडकमा उत्रिए जेनजी रवि लामिछानेको अभियोग संशोधन फिर्ता विरुद्धको रिटमा सुनुवाइ हुँदै सीके राउतले संसदीय राजनीतिबाट सन्यास लिने घोषणा गरे भारतकाे एक अस्पतालमा भीषण आगलागी, १० जना बिरामीको मृत्यु सुनको मूल्य सामान्य बढ्दा चाँदीको घट्यो फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर