भदौ १६, काठमाडौं । साँस्कृतिक युवा समूहले राजधानीमा वुधाबार आयोज"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

भदौ १६, काठमाडौं । साँस्कृतिक युवा समूहले राजधानीमा वुधाबार आयोज"/>

२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

युवा अभियान्ता लामा र जुडो खेलाडी खत्री सम्मानित

१६ भाद्र २०७३, बिहीबार ०६:३०


भदौ १६, काठमाडौं । साँस्कृतिक युवा समूहले राजधानीमा वुधाबार आयोजना गरेको तीज विशेष कार्यक्रममा कृषि राज्यमन्त्री राधिका तामाङबाट सामाजिक सचेतना कार्यक्रमका युवा अभियान्ता भीम लामा र राष्ट्रिय जुडो खेलाडी फुपु ल्हमु खत्रीलाई सम्मान गरेको छ । 

सामाजिक क्षेत्रमा क्रियाशिल तथा लागुऔषध दूव्र्यसनी, महिला बेचविखन, जातीय उत्पीडन र छुवाछुत विरूद्ध अभियानमा संलाग्न रहि समतामूलक समाज निर्माणमा लागि परेकोको सञ्चारकर्मी तथा सामाजिक युवा अभियान्त भीम लामालाई सम्मान गरिएको हो । 

त्यस्तै खेलकुद क्षेत्रबाट राष्ट्रको नाम चिनाउन सफल भएकी जुडो खेलाडी फुपु ल्हमु खत्री भारतको सिलोङमा सम्पन्न भएको १२ औं साग खेलमा स्वर्णपदक हासिल गरेर राष्ट्र र समाजलाई योगदान पु¥याएकोमा सम्मान गरेको हो । 

सम्मानमा फोहोमैला व्यवस्थापनबाट सरसफाईमा विशेष योगदान तथा स्वरोजगार सिर्जना गरि युवा रोजगारी बनाउन सफल समाजसेवी बबरमान तामाङलाई पनि सम्मान गरिएको छ । 

भूकम्प पीडित महिला तथा बालबालिकालाई निःशुल्क दर खुवाएर कार्यक्रम सञ्चालन भएको थियो । कार्यक्रमका प्रमुख अतिथि मन्त्री राधिका तामाङले नेपाली कला र संस्कृतिलाई जर्गेना गर्न सबै लाग्नु पर्ने बताउनु भयो । चाँडपर्वलाई पहिचानको रूपमा मनाउनु पर्ने उल्लेख गर्दै तीजमा भएको विकृतिलाई रोक्न सबैलाई आग्रह गर्नुभयो । 

कार्यक्रममा साँसद रामेश्वर फुयाँल, गुड्स हेण्ड नेपालका अध्यक्ष दावा लामा ह्योल्मो , सुर्वण वैद्य र विष्णु विक्रम खत्रि विशेष अतिथि रहनुभएको थियो भने विभिन्न कलाकारहरुको समेत प्रस्तुती तथा सहभागी रहेको थियो । कार्यक्रमका अध्यक्ष वेचन लामाले कार्यक्रमलाई समान गर्नुभएको थियो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव