भदौ १७, बागलुङ । सम्भावित प्रकोपबाट बच्न तथा क्षति कम गर्न शिक्षक, विद्यार्थी र अभिभावकलाई आधारभूत खोज, उद्धार तालिम दिइएको छ । 

गाजा युवा क्लब बागलुङको ‘सुरक्षित विद्यालय परियोजना’बाट सो तालिम सञ्चालन गरिएको हो । दुई चरणमा गरी जिल्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ १७, बागलुङ । सम्भावित प्रकोपबाट बच्न तथा क्षति कम गर्न शिक्षक, विद्यार्थी र अभिभावकलाई आधारभूत खोज, उद्धार तालिम दिइएको छ । 

गाजा युवा क्लब बागलुङको ‘सुरक्षित विद्यालय परियोजना’बाट सो तालिम सञ्चालन गरिएको हो । दुई चरणमा गरी जिल्"/>

२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपाली सेनाद्वारा बाग्लुङमा उद्धार तालिम प्रदान

१७ भाद्र २०७३, शुक्रबार ०९:४८

भदौ १७, बागलुङ । सम्भावित प्रकोपबाट बच्न तथा क्षति कम गर्न शिक्षक, विद्यार्थी र अभिभावकलाई आधारभूत खोज, उद्धार तालिम दिइएको छ । 

गाजा युवा क्लब बागलुङको ‘सुरक्षित विद्यालय परियोजना’बाट सो तालिम सञ्चालन गरिएको हो । दुई चरणमा गरी जिल्लाका पाँच विद्यालयबाट ६० जना सहभागी थिए । 

सहभागीलाई खोज र उद्धारसम्बन्धी आधारभूत ज्ञान, सीप नेपाली सेना र अन्य विषय विज्ञले प्रदान गरेको परियोजनाका कार्यक्रम व्यवस्थापक सूर्यप्रसाद कँडेलले बताउनुभयो । 

पहिलो चरणको तालिममा बौंडेचौर मावि सिगाना, सिगाना मावि सिगाना, सिगाना मावि तित्याङ, तित्याङ मावि तित्याङ र नारायणस्थानको जनताधन माविबाट व्यवस्थापन समितिका प्रतिनिधि, शिक्षक, अभिभावक र विद्यार्थी सहभागी थिए । 

यस्तै, बुधबारदेखि शुक्रबारसम्म चलेको दोस्रो चरणको तालिममा धम्जाको लक्ष्मी मावि, जनता मावि धम्जा, धारा मावि तङ्ग्राम, नारायणी मावि तङ्ग्राम र रायडाँडाको महाविद्याजन माविलाई सहभागी गराइएको थियो । 

तालिममा नेपाली सेनाको बागलुङस्थित अर्जुन बाँण गणका अधिकृतले विभिन्न विधि अपनाएर गर्न सकिने उद्धारका उपाय र सीप सिकाएका थिए । 

गणका प्रमुख सेनानी अजय रानाले चट्टानयुक्त पहाड उक्कले, खोला तर्ने, खोँचमा अड्किएको घाइतको उद्धार गर्ने तरिका र सीपमूलक ज्ञान सहभागीलाई प्रदान गरिएको बताउनुभयो । तीन दिनसम्म चलेको तालिममा सहभागीले प्रत्यक्ष रुपमा बागलुङको काठेखोला र आसपासका अग्ला भिरमा पुगेर खोज, उद्धारको अभ्यास गरेका थिए । 

“कुनै प्रकोप, विपत्ति आउँदा तत्काल उद्धार गर्ने सीप र तरिकाहरु सिकाएका छौँ” – सेनानी रानाले भन्नुभयो । उहाँका अनुसार तालिममा सहभागी विद्यालयहरुमा उद्धार कार्यदलसमेत गठन गरिएको छ । 

“गाउँघरमा प्राकृतिक प्रकोप र अन्य विपत्तिका घटनामा हामीले सिकेको सीप काम लाग्नेछ’ अध्यक्ष कार्कीले भन्नुभयो ‘यसले विद्यालयलाई मात्र नभएर समुदायलाई फाइदा पु¥याउनेछ ।’ युरोपियन युनियनको आर्थिक सहयोगमा प्लान नेपालमार्फत् गाजा युवा क्लब बागलुङले तालिम सञ्चालन गरेको हो । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव