जेठ ५, काठमाडौँ । प्रधानसेनापति प्रभुराम शर्माले गोरखा जिल्लास्थित बेनीघाट–आरुघाट–लार्केभञ्ज्याङ्ग सडक आयोजना अन्तर्गत माछा खोलामा नवनिर्मित बेलीबृजको उद्घाटन गरेका छन् ।

उद्घाटन कार्यक्रममा रक्षा सचिव किरण राज शर्मा, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव रविन्द्रनाथ श्रेष्ठ, सडक विभागका निमित्त महानिर्देशक शिव प्रसाद नेपाल, उप महानिर्देशक उमेश विन्दु श्रेष्ठ, स्थानीय जनप्रतिनिधिहरु र नेपाली सेनाका रथी तथा अधिकृतहरुको उपस्थिती रहेको थियो ।

उद्घाटन कार्यक्रम पश्चात प्रधानसेनापति शर्माले बेनीघाट–आरुघाट–लार्केभञ्ज्याङ्ग सडक आयोजनाको निर्माणाधिन सडक खण्डको हेलिकप्टरमार्फत निरीक्षण गरेका थिए । उनले आयोजनाको प्रगति विवरण लगायत विविध पक्षका बारेमा जानकारी समेत लिएको नेपाली सेनाले जनाएको छ ।

‘नेपाली सेनाद्वारा गरिएका यस प्रकारका विकास निर्माणका कार्यहरुले समग्र देश विकासमा टेवा पु¥याउनुका साथै नागरिक–सैनिक सम्बन्ध थप सुमधुर हुने विश्वास नेपाली सेनाले लिएको छ,’ नेपाली सेनाद्वारा बिहीबार जारी विज्ञप्तिमा उल्लेख छ ।

Related News