१८ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपाली सेनाले गर्यो चारवटा हिमालबाट ३० हजार केजीभन्दा बढी फोहोर संकलन

६ जेष्ठ २०७९, शुक्रबार ०८:११

जेठ ६, काठमाडौं | नेपाली सेनाले ‘सफा हिमाल अभियान, २०२२’ अन्तर्गत चारवटा हिमालबाट ३० हजार ३४४ केजी फोहोर संकलन गरेको छ । 

सेनाले गत चैत २२ गतेदेखि जेठ ५ गतेसम्मको अवधिमा सगरमाथा, ल्होत्से, कञ्चनजंघा र मनास्लु हिमालबाट उक्त मात्रामा फोहोर संकलन गरेको हो । 

सेनाका अनुसार सगरमाथा र ल्होत्सेबाट ९ हजार ९३२ केजी, कञ्चनजंघाबाट १५ हजार ३७३ केजी र मनास्लुबाट ५ हजार ३९ केजी फोहोर संकलन गरिएको छ । 

संकलन गरिएको कुल फोहोरमध्ये  ५ हजार २६६ केजी सड्ने तथा कुहिने खालको छ भने २५ हजार ७८ केजी नकुहिने खालको रहेको नेपाली सेनाद्वारा शुक्रबार जारी विज्ञप्तिमा उल्लेख छ । 

जैविक विविधता तथा पर्यावरण संरक्षण गर्ने उद्देश्यले ‘सफा हिमाल अभियान, २०२२’ सुरु गरिएको सेनाले जनाएको छ । 

फोहर संकलनको अलवा हिमालको वेश क्याम्पहरुमा खटिएका सेनाका डाक्टर अधिकृतहरुले आरोहणको लागि आउने स्वदेशी तथा विदेशी गैह्र सैनिक व्यक्तिहरुलाई परामर्श दिुनका साथै स्वास्थ्य सेवा प्रदान गरिरहेको पनि बताइएको छ ।  

‘कुनै पनि सञ्चार माध्यमको पहुँच नभएको कञ्चनजंघा आधार शिविर इलाकामा आरोहणको लागि आउने स्वदेशी तथा विदेशी गैह्र सैनिक नागरिकहरुलाई घर परिवार तथा आफन्तहरुसँग सम्पर्क गर्नको निमित्त, नेपाली सेनाले, सफा हिमाल अभियान अवधिभरको लागि टेलिफोन सेवा उपलव्ध गराईरहेको व्यहोरा समेत जानकारी गराईन्छ,’ सेनाले विज्ञप्तिमा भनेको छ । 

 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार