भदौ १८, पर्बत । पर्वतमा खासगरी सदरमुकाम कुश्मामा मेडिकलवालाहरुले स्वास्थ्य ऐन विपरित स्वास्थ्य सेवा प्रदान गरेको भन्ने व्यापक गुनासो आईरहेका बेला अनुगमन थालिएको छ । 

जिल्ला स्वास्थ्य कार्यालयको अगुवाईमा बजार क्षेत्रका मेडिकल पसलहरुक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ १८, पर्बत । पर्वतमा खासगरी सदरमुकाम कुश्मामा मेडिकलवालाहरुले स्वास्थ्य ऐन विपरित स्वास्थ्य सेवा प्रदान गरेको भन्ने व्यापक गुनासो आईरहेका बेला अनुगमन थालिएको छ । 

जिल्ला स्वास्थ्य कार्यालयको अगुवाईमा बजार क्षेत्रका मेडिकल पसलहरुक"/>

२०८२, ९ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मेडिकलवाला विरुद्ध व्यापक जनगुनासो पछि प्रशासनको अनुगमन

२०७३, १८ भाद्र शनिबार ०५:५५

भदौ १८, पर्बत । पर्वतमा खासगरी सदरमुकाम कुश्मामा मेडिकलवालाहरुले स्वास्थ्य ऐन विपरित स्वास्थ्य सेवा प्रदान गरेको भन्ने व्यापक गुनासो आईरहेका बेला अनुगमन थालिएको छ । 

जिल्ला स्वास्थ्य कार्यालयको अगुवाईमा बजार क्षेत्रका मेडिकल पसलहरुको शुक्रवार अनुगमन गरिएको हो । अनुगमनको क्रममा १० वटा मेडिकल पसल गरेको र विभिन्न मेडिकलवालाहरुको कमजोरी समेत पाइएको छ । 

जिल्ला अस्पतालबाट एक सय मिटरको दुरीमा औषधि पसल हुनुपर्ने कानूनी प्रावधान भए पनि कार्यान्वयन भएको छैन । स्वास्थ्य कार्यालयको गेटैमा मेडिकल पसल संचालनमा भएपनि स्वास्थ्य कार्यालयले कारवाही गर्न सकेको छैन ।

शुक्रबार कार्यालयले कार्यालय परिसरमै रहेका बागलुङ मेडीकल हल र भगवान मेडीकलहलको अनुगमन गरेको हो । त्यस्तै अनुगमन टोलिले प्रकास आयुर्वेदिक, पर्वत मेडीको फर्मा, गणेश मेडीकलहल, पर्वत मेडीकलहल लगायतको अनुगमन गरेको थियो । अनुगमनको क्रममा व्यापक लापरवाही भएको पाइएको छ । औषधिको भण्डार ठीक ढंगले नराख्ने, कानून विपरित स्वास्थ्यसेवा, दक्ष जनशक्ति नभएको लगायत कमजारी छन् ।

अनुगमनमा सरकारी अस्पतालका डाक्टरहरुले कार्यालयमा भन्दा मेडीकलमा बढी सेवा दिने गरेको भेटिएको छ । अनुमति नै नलिई एक्सर, ईसिजी, भिडीयो एक्सरे लगायतका स्वास्थ्य सेवा सञ्चालनमा ल्याएर स्वास्थ्य सेवामा गंभीर खेलवाड गरेको समेत पाईएको छ । गणेश मेडीकलहल पर्वतले अनुमति नलिने र दक्ष प्राविधिक विना नै एक्सरे सेवा सञ्चालनमा ल्याइएको अनुगमन टोलीले भेटेको छ । 

यसरी अव्यवस्थित रुपमा सञ्चालनमा रहेका एक्सरे सेवाले मानिसमा बाँझोपन, क्यान्सर लगायतका स्वास्थ्य समस्या निम्त्याउने समेत आउन सक्ने भएका कारण अनुमती विना सञ्चालित र अव्यवस्थित एक्सरे सेवा बन्द गराउन टोलिले सुझाव दिएको छ  । मेडिकलवालाले नियमविपरित औषधि विक्री गर्ने, विरामी चेकजाँच गर्ने गरेकोले सर्वसाधारणको स्वास्थ्य माथि खेलवाड भएको भन्ने गुनासो रहदै आएको थियो ।

। अनुगमन संयोजक दिपक भण्डारीले अनुगमनमा भेटिएका कमजोरीलाई दुई महिना भित्र सुधारमा ल्याउन आग्रह गरिएको बताए । अनुगमन टोलिले केही मेडीकलहलहरुबाट उपभोग्य मिति सकिएको औषधि जफत समेत गरेको छ । 

जिल्ला प्रशासन कार्यालय, जिल्ला जनस्वास्थ्य निरीक्षक, र उपभोक्ता मञ्च लगायत प्रतिनिधि सामेल टोलिले जिल्लाका दश औषधि पसल र तीन क्लिनिकहरुको अनुगमन गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा फागुन २१ पछि पहिलो पार्टी बन्ने एमालेको दाबी देश लुट्नेहरूलाई भाग्न पर्ने ठाउँमा पुर्‍याउने काम गर्‍यौँ: रवि लामिछाने सेना परिचालन हुँदा पनि शाान्त हुन सकेन रौतहटको गौर यात्रुबाहक बस विद्युतको पोलमा ठोक्किँदा ९ जना घाइते खैरो हेरोइनसहित युवक पक्राउ युवाका लागि स्वदेशमै अवसर सिर्जना गर्न आवश्यक : प्रधानमन्त्री एमालेको झण्डा जलाइएको हो भने दोषीलाई कारवाही हुन्छः निर्वाचन आयोग दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश प्रधानमन्त्री कार्कीद्वारा मुक्तिनाथको दर्शन रास्वपाको भैरहवा र पोखराको चुनावी सभा स्थगित बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ स्रोत नखुलेको नगदसहित एकजना पक्राउ दुई समुदायबिच झडप, अवस्था तनावग्रस्त निर्वाचनकानिम्ति आवश्यक स्रोतसाधनको कमी हुँदैन : अर्थमन्त्री खनाल शुक्रबार सुनको मूल्य स्थिर सिकारुलाई देश जिम्मा दिनुहुँदैन, राज्य सञ्चालन खेल होइन: विश्वप्रकाश शर्मा