१८ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अर्घाखाँचीमा माछा मार्ने क्रममा खोलामा डुबेर काका भतिजको मृत्यु

८ जेष्ठ २०७९, आईतवार १०:३६

जेठ ८, अर्घाखाँची | अर्घाखाँचीमा माछा मार्ने क्रममा खोलामा डुबेर काका भतिजको मृत्यु भएको छ । जिल्लाको शितगंगा नगरपालिका वडा नम्बर ७ र ९ को सिमानामा पर्ने शितखोलामा माछा मार्ने क्रममा खोलामा डुबेर प्युठानको नौबहिनी गाउँपालिका वडा नम्बर ८ फोप्लीका ५० वर्षिय नुमराम घर्ती र उनका दाजुका छोरा १२ वर्षीय शमुलाल घर्तीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।

प्युठान फोप्लीका उनीहरु शितगंगा नगरपालिका वडा नम्वर ९ औले निवासी हिरा घर्ती पल्लीको छोरीको न्वरानको भोज खान आएका थिए । शुक्रबार राती औले आएका उनीहरु शनिबार बिहान करिव १० बजेको समयमा न्वरानको भोज खाएर खोलामा माछा मार्न जाल बोकेर खोलामा पुगेका उनीहरु माछा मार्ने क्रममा खोलाको रहमा डुबेका थिए ।

स्थानीयले शव खोलाको पानीमा देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटना’bout जानकारी पाउन साथ प्रहरी त्यहाँ पुगेको थियो ।शवको जिल्ला अस्पताल अर्घाखाँचीमा पोष्टमार्टम गरी आज आफन्तको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायव उपरीक्षक अम्मर बहादुर थापाले जानकारी दिए । घटनाको ’bout मा थप अनुसन्धान भैरहेको प्रहरीको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने