१८ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपाल मनसुन: ‘१७ लाख मानिस प्रभावित हुनसक्ने’, कुन क्षेत्रमा बढी जोखिम छ

११ जेष्ठ २०७९, बुधबार ११:२०

जेठ ११, काठमाडौं | नेपालमा यसपालि मनसुनमा झन्डै १७ लाख मानिस प्रभावित हुनसक्ने प्रारम्भिक अनुमान गरिएको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।

बाढी, पहिरो, ठूलो र अविरल वर्षा तथा डुबानले देशका विभिन्न स्थानमा समस्या पर्न सक्ने सम्भावना देखिएको प्राधिकरणका एक अधिकारीले बताए।

यसपालिको मनसुनमा औसतदेखि अधिक वर्षा हुन सक्ने जल तथा मौसम विज्ञान विभागअन्तर्गत रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। त्यस्तो प्रभाव खासगरी तराई क्षेत्रमा बढी पर्ने अनुमान गरिएको छ।

 "हामीले प्रारम्भिक अनुमान गरेका हौँ। लगभग १७लाख मानिस यो वर्षको मनसुनको प्रभावमा पर्न सक्ने हाम्रो अनुमान छ। त्यसैअनुसार हामीले सबै तहका सरकारलाई ध्यानाकर्षण गराएका छौँ," प्राधिकरणका प्रवक्ता डिजन भट्टराईले भने।

मनसुनका बेला बाढी र पहिरोजस्ता विपद्बाहेक सर्पदंशका घटना समेत बढ्ने अधिकारीहरू बताउँछन्।

कहिले सुरु हुन्छ मनसुन?

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार यसपालि जुन १३ तारिख (जेठ ३० गते) को छेकोमा मनसुन सुरु हुने पूर्वानुमान गरिएको छ।

मौसमविद्हरूले यसपालि औसतदेखि औसतभन्दा बढी वर्षा हुने आकलन गरेका छन्।

"मनसुनको वर्षा सामान्य वा सामान्यभन्दा बढी रहे बाढीपहिरोको जोखिम रहन्छ। मनसुनअगावै पनि राम्रो वर्षा भइरहेको अवस्था छ," महाशाखामा वरिष्ठ मौसमविद्का रूपमा कार्यरत प्रतिभा मानन्धरले बताइन्।

मनसुनका बेला अधिकतम तापक्रम औसतभन्दा कम हुने देखिएको र न्यूनतम तापक्रम औसत र औसतभन्दा केही बढी हुने देखिएको उनको भनाइ छ।

"पानी चाहिँ पश्चिममा सामान्यभन्दा केही बढी हुने, मध्य भागमा सामान्य र सामान्यभन्दा केही बढी अनि पूर्वमा सामान्य रहने देखिन्छ," उनले भनिन्। यो वर्ष मनसुन अक्टोबर महिनाको २ तारिख (असोज १६ गते) आसपासमा सकिने सम्भावना रहेको विज्ञहरूको अनुमान छ।

हावाहुरीको सम्भावना कति छ?

मनसुन सुरु हुनअगावै देशका विभिन्न भागमा वर्षाका साथै हावाहुरीको पनि प्रभाव देखिएको विवरणहरू सार्वजनिक भइरहेका छन्। तर मनसुन सुरु भएपछि त्यस्तो समस्या कम हुने अधिकारीहरू बताउँछन्। "प्री-मनसुन र मनसुनको वर्षा फरक प्रकृतिको हुन्छ। प्री मनसुनको वर्षा स्थानीय रूपमै विकसित हुन्छ। यो नेपाल र नेपालवरपरको प्रणालीबाट विकासित भएर पानी पर्ने हो। यसबाट बन्ने बादलमा मेघगर्जन, चट्याङ, असिना र हावाहुरीको सम्भावना धेरै हुन्छ," मानन्धरले भनिन्।

तर मनसुनको वर्षा भने समुद्रबाट बनेर आउने हुँदा तुलनात्मक रूपमा हावाहुरी, चट्याङ कम हुने उनले बताइन्।

विपद् व्यवस्थापन गर्न कस्तो तयारी?

विभिन्न निकायसँग समन्वय गरी गरिएको प्रारम्भिक अनुमानका आधारमा पूर्वतयारी प्रतिकार्य योजना बनाउन सबै तहका सरकार अनि ७७ जिल्लाका जिल्ला प्रशासन कार्यालयलाई आग्रह गरिएको भट्टराईले जानकारी दिएका छन्। सङ्घीय सरकारले पनि प्रतिकार्य योजना तयार गरिरहेको र त्यो अन्तिम चरणमा पुगेको अधिकारीहरूको भनाइ छ। त्यस्तै राहत अनि उद्धारका लागि सातै प्रदेशमा गोदामको व्यवस्था गरिएको, प्रदेश सरकारले पनि छुट्टाछुट्टै व्यवस्था गर्ने गरेको बताइएको छ। विपद् व्यवस्थापनका लागि प्राधिकरणमा एक अर्ब रुपैयाँ बजेट छुट्ट्याएकाले यसपालि स्रोतसाधनकै कारण समस्या नहुने आफूहरूको बुझाइ रहेको भट्टराई बताँउछन्।बिबिसीबाट

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी