२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आगोले जलेकी विरामीलाई छाडेर फर्कियो बुद्ध एयर, चर्को आलोचनापछि प्रस्टीकरण

२०७९, १२ जेष्ठ बिहीबार ०७:२९

जेठ १२, काठमाडौँ | बुद्ध एयरले आगोले जलेर गम्भीर बनेकी महिलालाई नलिई काठमाडौं फर्किएको छ । बुधबार धनगढीबाट काठमाडौं थप उपचारका लागि आउने तयारीमा रहेकी बाजुराकी २३ वर्षीया लोकसरी कुँवरलाई बुद्ध एयर लिन नमानेको हो । 

बुधबार राति ७ः२५ बजेको फ्लाइटमार्फत थप उपचारका लागि काठमाडौं पठाउन लागिएको थियो । तर, राति ९ बजेतिर काठमाडौंबाट धनगढी पुगेको बुद्ध एयरको उडान नम्बर २५६ को विमान लोकसरीलाई नलिई फर्किएको हो । 

बाजुराको बुढीगंगा नगरपालिका-१० की लोकसरी ३ जेठमा घरमा काम गर्ने क्रममा आगोले जलेकी थिइन् । अछामको बयलपाटा अस्पतालमा उपचार गराइरहेकी उनलाई थप उपचारका लागि पाटन अस्पताल पठाउन खोजिएको थियो । त्यसका लागि उनलाई बयलपाटा अस्पतालबाट धनगढी पुर्‍याइएको थियो । 


उनलाई बुद्ध एयरका कर्मचारी मात्र नभएर पाइलटले समेत लैजान नमिल्ने बताएका थिए । त्यसपछि उनलाई एम्बुलेन्समार्फत काठमाडौं लगिएको थियो । यसरी गम्भीर विरामीलाई छाडेर गएकोप्रति सामाजिक सञ्जालमा बुद्ध एयरको आलोचना भइरहेको छ । चर्को आलोचना सुरू भएपछि बुद्ध एयरले प्रस्टीकरण दिएको छ ।

ह्वील चेयरमा पनि बस्न नसक्ने अवस्थामा रहेकी लोकसरीलाई काठमाडौं लैजान नसकिएको बुद्ध एयरले प्रष्ट पारेको छ । स्ट्रेचरको व्यवस्था नहुँदा उनलाई लैजान नसकिएको बुद्ध एयरले प्रस्टीकरण छ ।  

‘ह्वील चेयरमा पनि बस्न निकै अप्ठ्यारो र असमर्थता जनाउने आगोले जलेको विरामीलाई धनगढीबाट काठमाडौं उडान लामो र सिटमा बस्नै नसक्ने भएकाले बाध्यतावश ती यात्रुलाई अपलोड गरिएको जानकारी गराउन चाहन्छौं,’ बुद्ध एयरले आफ्नो प्रस्टीकरणमा उल्लेख गरेको छ । 

सोही उडानमार्फत एक ढाड भाँचिएकी विरामीलाई स्ट्रेचरको सहायतामा काठमाडौं लगिएको थियो । २४ वर्षीया ढाड भाँचिएकी विरामीलाई स्ट्रेचरको सहायतामा काठमाडौं लगिएको भन्दै बुद्ध एयरले भनेको छ, ‘उहाँले स्ट्रेचरका लागि सबै आवश्यक प्रक्रिया डाक्टरबाट प्रमाणित फिट टु फ्लाईअनुसार नै हामीले सबै सुरक्षाका मापदण्ड पुर्‍याएर काठमाडौं ल्याएका थियौं ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण