१८ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

खोटाङमा विद्यालय जाँदै गरेकी बालिकामाथि बलात्कार प्रयास

१२ जेष्ठ २०७९, बिहीबार ०७:५६

जेठ १२, खोटाङ | विद्यालय जाँदै गरेकी खोटाङकी ९ वर्षीया छात्रामाथि बलात्कार प्रयास भएको छ । बुधबार बिहान विद्यालय जाँदै गरेको अवस्थामा खोटेहाङ गाउँपालिकाकी छात्रामाथि बलात्कार प्रयास भएको हो ।

कक्षा ५ मा अध्ययनरत बालिका विद्यालय जाँदै गरेको अवस्थामा घर नजिकै यौन दुर्व्यवहारकाे शिकार भएकी हुन् । बालिकालाई खोटेहाङ गाउँपालिका–७ खोटाङबजारका ३० वर्षीय भुवनकुमार प्रधानले बलात्कार प्रयास गरेको प्रहरीले जनाएको छ । चिच्याएर प्रतिकार गरेपछि बालिका जोगिन सफल भएको स्थानीयले बताए ।  

स्थानीयका अनुसार छात्राकी आमा खेताला गएकी थिइन् । उनका दाजु धारामा गएपछि बालिका एक्लै विद्यालय जाँदै थिइन् । बाटोमा भुवनले रुखबाट स्याउला झारिरहेका थिए । बालिकालाई देखेपछि भुवनले पर्खन लगाएर नजिँकै खोल्सीमा लगेर बलात्कार प्रयास गरेको आफन्तले बताए । कपडा र पेन्टको टाँक खोल्न खोज्दा बालिकाले चिच्याएर प्रतिकार गरेकी थिइन् तर चिच्याउँदा आरोपितले बालिकाको मुख थुनिदिएको पीडितको भनाइ छ । रोइकराई गरेपछि फुत्किन सफल भएकी बालिका रुँदै घर फर्किएर आमालाई जानकारी दिएपछि घटना सार्वजनिक भएको हो । 


घटनालगत्तै पीडित बालिकाको परिवारले आवाज उठाएपछि तत्कालै गाउँमा पीडक र पीडित पक्ष राखेर माफ मगाएर मिलापत्र गराइएको थियो । तर, अन्य आफन्तको सल्लाहमा पीडित परिवारले इलाका प्रहरी कार्यालय खोटाङबजारमा जाहेरी दिन पुगेपछि आरोपी फरार छन् । पीडित परिवार सिँधै प्रहरी कहाँ पुग्न नसकेको खोटाङबजारका वडाध्यक्ष शिवप्रसाद फुयाँलले बताए । 

पिडकविरुद्ध उजुरी परेपछि इलाका प्रहरी कार्यालय खोटाङबजारबाट खटिएको प्रहरीले राति नै घटनास्थल पुगेर मुचुल्का तयार पारेको छ । थप कानुनी प्रक्रियाका लागि पीडित पक्षलाई जिल्ला प्रहरी कार्यालय पठाएको इलाका प्रहरी कार्यालयले जनाएको छ । आरोपीले यसअघि पीडित बालिकाकी दिदिलाई समेत यौन दुर्व्यवहार गरेको आफन्तकाे दाबी छ । घटनाका विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी उमेश लम्सालले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन