2026-10-02 06:49 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

खोटाङमा विद्यालय जाँदै गरेकी बालिकामाथि बलात्कार प्रयास

जेठ १२, खोटाङ | विद्यालय जाँदै गरेकी खोटाङकी ९ वर्षीया छात्रामाथि बलात्कार प्रयास भएको छ । बुधबार बिहान विद्यालय जाँदै गरेको अवस्थामा खोटेहाङ गाउँपालिकाकी छात्रामाथि बलात्कार प्रयास भएको हो ।

कक्षा ५ मा अध्ययनरत बालिका विद्यालय जाँदै गरेको अवस्थामा घर नजिकै यौन दुर्व्यवहारकाे शिकार भएकी हुन् । बालिकालाई खोटेहाङ गाउँपालिका–७ खोटाङबजारका ३० वर्षीय भुवनकुमार प्रधानले बलात्कार प्रयास गरेको प्रहरीले जनाएको छ । चिच्याएर प्रतिकार गरेपछि बालिका जोगिन सफल भएको स्थानीयले बताए ।  

स्थानीयका अनुसार छात्राकी आमा खेताला गएकी थिइन् । उनका दाजु धारामा गएपछि बालिका एक्लै विद्यालय जाँदै थिइन् । बाटोमा भुवनले रुखबाट स्याउला झारिरहेका थिए । बालिकालाई देखेपछि भुवनले पर्खन लगाएर नजिँकै खोल्सीमा लगेर बलात्कार प्रयास गरेको आफन्तले बताए । कपडा र पेन्टको टाँक खोल्न खोज्दा बालिकाले चिच्याएर प्रतिकार गरेकी थिइन् तर चिच्याउँदा आरोपितले बालिकाको मुख थुनिदिएको पीडितको भनाइ छ । रोइकराई गरेपछि फुत्किन सफल भएकी बालिका रुँदै घर फर्किएर आमालाई जानकारी दिएपछि घटना सार्वजनिक भएको हो । 

घटनालगत्तै पीडित बालिकाको परिवारले आवाज उठाएपछि तत्कालै गाउँमा पीडक र पीडित पक्ष राखेर माफ मगाएर मिलापत्र गराइएको थियो । तर, अन्य आफन्तको सल्लाहमा पीडित परिवारले इलाका प्रहरी कार्यालय खोटाङबजारमा जाहेरी दिन पुगेपछि आरोपी फरार छन् । पीडित परिवार सिँधै प्रहरी कहाँ पुग्न नसकेको खोटाङबजारका वडाध्यक्ष शिवप्रसाद फुयाँलले बताए । 

पिडकविरुद्ध उजुरी परेपछि इलाका प्रहरी कार्यालय खोटाङबजारबाट खटिएको प्रहरीले राति नै घटनास्थल पुगेर मुचुल्का तयार पारेको छ । थप कानुनी प्रक्रियाका लागि पीडित पक्षलाई जिल्ला प्रहरी कार्यालय पठाएको इलाका प्रहरी कार्यालयले जनाएको छ । आरोपीले यसअघि पीडित बालिकाकी दिदिलाई समेत यौन दुर्व्यवहार गरेको आफन्तकाे दाबी छ । घटनाका विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी उमेश लम्सालले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसको १५औँ महाधिवेशनमा करिब ७ हजार ५ सय प्रतिनिधि सहभागी हुने प्रतिनिधिसभाले प्रतिरक्षा विश्वविद्यालयसहित ७ विधेयक छलफलका लागि संसदीय समितिमा पठायो जस्तो ऐन बनायो, परिणाम पनि त्यस्तै आउँछ : पूर्वाधारमन्त्री लम्साल पार्टीलाई बलियो बनाए अहिलेको अवस्थाभन्दा अझ अघि बढ्न सक्छौँ : ओली असोज १–१५ को करदाता उपहार घोषणा, लालबाबु साहलाई १० लाखको बम्पर साताको अन्तिम कारोबार दिन नेप्से ओरालो, ११ उपसमूहमा गिरावट ग्यास अभाव हुन नदिन सुरक्षा निकायलाई एलपीजी बिक्रीको अनुमति दिने तयारी राष्ट्रिय सभामा विभिन्न मन्त्रालयका प्रश्नको जवाफ, तीन निकायका वार्षिक प्रतिवेदन पेस आर्थिक सुधारका लागि चालु वर्ष २७ नयाँ कानुन ल्याउँछौँ : अर्थमन्त्री वाग्ले महाकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह झापामा हात्ती आतंक र सुकुम्वासी समस्याबारे इन्दिरा राना मगरको सरकारको ध्यानाकर्षण दशैंमा पशुबलिका नाममा हुने क्रूरता रोक्न आशिका तामाङको माग बालिकामाथिको जघन्य अपराधको मुद्दा प्राथमिकताबाट नहराओस् : सांसद श्रेष्ठ अर्को अधिवेशनसम्म सरकार नढलोस् : ध्रुवराज राई इतर समूहको वडा अधिवेशनबाट देउवा क्षेत्रीय प्रतिनिधिमा चयन प्रतिनिधिसभा बैठक सुरु सुनचाँदीको मूल्य बढ्यो गगन थापा सर्वसम्मत सभापति बन्न सक्छन् : देवराज चालिसे दुर्गा प्रसाईंलाई थप एक दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति राष्ट्रियसभाका दुई रिक्त पद छिटै पूर्ति गरिने