१८ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विश्वको अग्लो स्थान छुमचौर ज्यूलामा रोपियो मार्सी धान

१६ जेष्ठ २०७९, सोमबार १०:४७

जेठ १६, जुम्ला | जुम्ला किसनाले मार्सी धान रोप्न सुरू गरेका छन् । यसपटक  कृषि अनुसन्धान केन्द्रले पनि किसानलाई बिउ वितरण गरेको  छ । जुम्लाका किसानलाई यसपटक  रोगमुक्त कालीमार्सी धानको बीउ वितरण गरेकाे हो ।

कृषि अनुसन्धान केन्द्र जुम्लाले पातारासी गाउँपालिका-३ छुमचौर ज्यूलोमा बलाष्ट रोगमुक्त सुधारिएको जुम्ली कालीमार्सी धान (बेर्ना) रोपाई दिवसको अवसरमा वितरण गरेको बताएको छ  ।

लामो समय कृषि अनुसन्धान केन्द्र जुम्लाले आफै अनुसन्धान गरी यस वर्षदेखि कृषकसम्म पुर्‍याउन छुमचौर ज्यूलोमा रोगमुक्त सुधारिएको जुम्ली मार्सी धान रोपिएको छ  ।छुमचौर ज्यूलो विश्वकै अग्लो स्थाल २८५० मिटर उचाईमा कालीमार्सी धान फल्ने स्थान हो । तर, अहिले यो ज्यूलोमा वर्षमा एक बाली गहुँ वा सिमी, मकै, आलुमात्रै लग्ने गर्छ । फाटफुट रुपमा यो ज्यूलोमा धान रोपिने गरे पनि एक दशकदेखि यहाँका किसानले धान रोप्ने गरेका छैनन् । 


स्थानीय कमलसिंह बोहराले धानमा रोग लाग्ने उत्पादन नहुने र असिनापानीले क्षति गर्ने गरेकाले धान रोप्ने छोडिएको हो । उनले भने, 'धान रोप्ने सिजन र पाटनमा बहुमुल्य जडिबुटी यार्सा टिप्ने सिजन एउटै हुने हुनाले पनि धान रोप्न छोडिएको हो । 

धानभन्दा यार्साबाट बढी आम्दानी हुन्छ । यार्सा टिप्ने सिजनमा सबै पाटनतिर जाने र रोपाईका लागि हली, बाउसे, रोपहार नपाउने हुँदा धान रोप्न छोडेको उनले बताए ।

काली मार्सी सूचिकृत छैन

किसानहरूका अनुसार पहिला पहिला १४ बोरा धान फल्ने ठाउँमा अहिले ५० केजी पनि हुन छाडेकाे छ । सरकारले पनि विश्वको सबैभन्दा अग्लो स्थानमा फल्ने काली मार्सी धानलाई सूचिकृत गरेकाे छैन ।

कृषि अनुसन्धान केन्द्र जुम्लाका वरिष्ठ वैज्ञानिक रेशमबाबु अमगाईका अनुसार जुम्ली मार्सी ब्लाष्ट रोगका कारण उत्पादन कम हुने गरेकाे छ । छुमचौर ज्यूलोमा उत्पादन हुने मार्सी धान लामो समय अनुसन्धान गरी रोगमुक्त बनाएर बिउ उत्पादन गरी कृषकको खेतबारीमा रोपिएको उनले बताए । 

केन्द्रले बर्खेबाली चिनो, कागुनो, फापर, मकै, कोदो, मार्सी धान, गहत र सिमीमाथि अनुसन्धान गरिरहेकाे छ । यस्तै, हिउँदे बाली जौ, गहुँ, मुसुरो, चौली जौमाथि पनि केन्द्रले अनुसन्धान गरिरहेकाे ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक