२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

फ्लो अप: खुल्दै मेडिकलवालाको कालो कर्तुत, को-को बोले मेडिकलवालाको विरुद्ध ?

२०७३, २० भाद्र सोमबार ०५:१७

भदौ २०, पर्बत । पर्वतका मेडिकल पसलेले गरेको गैहकानूनी धन्दाबारेको समाचार बाहिर आएसँगै पीडित बनेका सर्वसाधारण आक्रोशित भई मुख खोल्दै छन् । पीडितहरुले मेकिडकवालाहरुले दिएको अनावश्यक औषधि देखाउने र भएको धनजनको क्षतिबारे बताएका छन् ।

मेडिकल पसलेले आफूहरुलाई अनावश्यक औषधि दिई चर्को मूल्य लिने र स्वास्थ्य माथि नै खेलवाड गरेको भन्ने सर्वसाधारणको आक्रोश छ । पीडितले विनासित्तैमा दुःख पाएको दुःखेको गरेका छन् । उनीहरुले मेडिकलवालालाई कडा कारवाहीको माग समेत गरेका छन् । फार्मेसी मात्र पढेका औषधि पसलेले आफू डाक्टर नै पास गरेजस्तै     गरी विरामी चेकजाँच गर्ने र औषधि दिने गरेपछि     सर्वसाधारणले जनधनको क्षति व्यहोर्नुपरेको छ । मेडिकलवालाको गै¥हकानूनी हर्कतले सर्वसाधारण पीडित बन्दै छन् । 

एउटा विरामीलाई सामान्य औषधि उपचार गर्दा पनि दशौ हजारसम्म रकम खर्च गराउने र विरामीको खल्ती रित्तिए पछि मात्र मेडिकलवालाले अन्यत्र रिफर गर्ने आरोप सर्वसाधारणको छ । मेडिकल पसलेले उपचारको नाममा चाहिने भन्दा बढी औषधि चर्को मूल्यमा विक्री गरिसकेपछि खासगरी पर्वतका विरामीलार्इ पोखराका विभिन्न अस्पतालमा डाक्टरको नाम लिएर पठाउने   गरेको खुल्न आएको हो । विरामीलाई    पोखरा रिफर गर्दा समेत कुश्माका मेडिकलवालाले मोटो रकम कमिशन लिने गरेको थप रहस्य खुलेको छ । मेडिकवालाहरुबाट पीडित भई धनजनको क्षति व्यहोर्ने सर्वसाधारणको संख्या कम छैन । 

मेडिकलवालाहरुबाट पीडित भैइ जीउधनको नोक्सानी व्यहोर्नुपरेकाहरुमध्ये ८१ वर्षीया वृद्धा धनकुमारी क्षेत्री समेत परेकी छिन् । उनी पर्वतकै पकुवा ९ वासिन्दा हुन् । वृद्धा क्षेत्रीले कुश्माकै एक मेडिकल पसलमा विरामी भई चेकजाँच गराउदा धन्दै ज्यान गुमाउनु परेको थियो । प्रेसर नै नभएकी क्षेत्रीलाई मेडिकलवालाले प्रेसर रहेछ भनी औषधि दिएको थियो । 

वृद्धा क्षेत्रीकी बुहारी देवी लामिछानेले भनिन्(‘प्रेसर नै नभएकी आमालाई प्रेसर हो भनी उल्टो उपचार थालेकाले घरमा पुग्दा बेहोस् हुनुभयो र तत्कालै पोखरा लगेर फेवासिटी अस्पतालमा देखाइएको थियो ।’

डा. बुद्धि बहादुर थापासँग स्वास्थ्य परीक्षण गराईदा प्रेसरको औषधि खुवाउन नै नपर्नेमा उनलाई खुवाईएको भेद खुलेको हो । डाक्टरको चेकजाँचपछि उनलाई प्रेसर नभई अन्य स्वास्थ्य समस्या रहेको र औषधि खुवाएपछि ठीक भएको उनको बुहारी लामिछानेको भनाई छ । लामिछाने जिल्लामै परिचित सामाजिक अभियन्ता हुन् । उनी फेकोफन पर्वतकी महासचिव समेत हुन् । यसैगरी मेडिकलवालाबाट गलत औषधि खादा धनजनको क्षति व्यहोर्नेमा सनोज ठाकुर जो पेशाले नाई हुन् । 

उनको ठाकुर नाउ पसल कुश्मा संचालनमा छ । उनले पेट दुखेपछि एक मेडिकल गई औषधि लिए । मेडिकलवालाको औषधिले विमार ठिक हुन्छ कि भनी दश दिनसम्म पर्खे र दशौ हजार द्दबरावरको औषधि खाए पनि तर रोग निको भएन ठाकुर गुनासो गरे । खाएर बाँकी रहेको झोलाभरिको औषधि देखाउदै ठाकुरले भने(‘दशौ हजारको औषधि खाँदा पनि विमार सन्चो नभएपछि म भारत गई उपचार गरे । त्यहाँ गई सामान्य खर्चमा उपचार गरेपछि नै ठीक भए र नेपाल फर्के ।’ 

रातारात धनी हुन सर्वसाधारणको स्वास्थ्य माथि खेलवाड गर्ने मेडिकलबाट पीडित व्यक्ति कुनपा ११ खरेहाका दुर्गा बहादुर खाँड ठकुरी पनि एक हुन् ।उनकी श्रीमति शुशिला खाँडलाई भएको एपेन्डिक्स रहेछ तर कुश्माकै एक मेडिकल हलमा देखाउदा पेट दुखेको औषधि खुवाउने र दुई दिनसम्म उपचार गराउदा झण्डै ज्यान गुमेको थियो ।

ढिलो गरी पोखराको पार्कल्याण्ड अस्पताल पुराएर स्वास्थ्य परीक्षण गर्दा मात्र श्रीमती खाँडलाई एपेन्डिक्स भएको भन्ने थाहा भएको खाँडले बताए । एपेन्डिक्सको विरामीलाई समयमै उपचार भएन भने ज्यानै जाने खतरा रहन्छ । 

समयमै उपचार हुन नपाएर ढिला हुँदा श्रीमतिको स्वास्थ्य बढी नै विग्रेको र उपचार खर्च समेत साढे तीन लाख जति खर्च गर्नुपरेको भन्ने खाँडको दुःखेसो छ । मेडिकलवालाको गंम्भीर परवाहीका कारण धन गुमाएर पनि मृत्युको नजिक पुग्ने पीडित सर्वसाधारणको संख्या ठुलो छ । यहाँ उल्लेख पीडितहरुको नामावली त केही उदाहरण मात्र हो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी पुस्तक जलाएको घटनाको छानबिन गरी कारबाही गर्न गृह मन्त्रालयको निर्देशन १३ अंकले बढ्यो नेप्से सरकारी तलब, भत्ता तथा सेवा–सुविधा नलिने रास्वपा सांसद सुदन गुरुङको घोषणा इनिशा बिक हत्या प्रकरणका दोषीलाई कारबाहीको माग गर्दै काठमाडौँमा खबरदारीसहित प्रदर्शन क्यानडा पठाउने भन्दै रकम ठगी गर्ने एक जना महिला पक्राउ भ्रष्टाचारको अन्त्य र सुशासन कायम गरेर देखाउनुपर्ने आवश्यकता छ : डीपी अर्याल ओलीलाई समवेदना दिन गुन्डु पुगे उपराष्ट्रपति यादव रास्वपाको अभिमुखीकरण कार्यक्रममा रवि र बालेन अनुपस्थित सवारी दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु इनिशा बिक हत्या प्रकरण : फरेन्सिक रिपोर्टको पर्खाइमा प्रहरी दार्चुला केन्द्रविन्दु भएर भूकम्प सुनचाँदीको मूल्य बढ्यो नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब पुग्यो रवि लामिछानेमाथिको रिटको सुनुवाइ आज पनि ‘हेर्दाहेर्दै’मा १ करोड १६ लाख नगदसहित नागार्जुनबाट दुई हुन्डी कारोबारी पक्राउ