जेठ २४, काठमाडौँ | भक्तपुर, कास्की, सप्तरी र मकवानपुरमा भएको सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ ।

भक्तपुरको मध्यपुरठिमी नगरपालिका–१ लोकन्थली चोकमा बाग्मती प्रदेश ०२–०२५ प १६२० नम्बरको स्कुटरलाई बाग्मती प्रदेश ०१–००४ क ०५८० नम्बरको दुधको ट्याङ्करले सोमबार ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्कुटर चालक काभ्रे बनेपा नगरपालिका–५ बस्ने ४५ वर्षीय नकुल थापा रहेका छन् । दुर्घटनमा गम्भीर घाइते भएका उनको नागरिक अस्पताल ठिमीमा उपचारको क्रममा मृत्यु भएको हो । ट्याङकर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

कास्कीको पोखरा महानगरपालिका–२५ हेम्जास्थित सडकमा नौडाँडाबाट पोखरातर्फ जाँदै गरेको ग.१० प ७६६६ नम्बरको मोटरसाइकल सोमबार राति दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने २७ वर्षीय अक्षय राज कुँवर रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको मणिपाल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

सप्तरीको खडक नगरपालिका–५ रंजितपुर खर्चुईया पुलमा ना.६ ख ६३९९ नम्बरको ट्रकले स.१० प ४६११ नम्बरको स्कुटरलाई सोमबार राति ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्कुटर चालक सुरुङगा नगरपालिका–३ बस्ने ६७ वर्षीय राम नारायण चौधरी रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको गजेन्द्र नारायण सिंह अस्पताल राजबिराजमा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

मकवानपुरको मनहरी गाउँपालिका–६ डिपाटमा आज बिहान सवारी साधनको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा अन्दाजी ५० वर्षीय पुरुष रहेका छन् । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको सनाखत हुन बाँकी रहेको छ । नम्बर नखुलेको सवारी साधनले आज बिहान पौने ६ बजे पैदल हिडिरहेका पुरुषलाई ठक्कर दिएको थियो । दुर्घटना पश्चात सवारी साधनसहित फरार भएका चालकको खोजी भइरहेको इलाका प्रहरी कार्यालय मनहरी मकवानपुरले जनाएको छ ।

June 7, 2022
काठमाडौँ - KTM, कास्की - KSK, भक्तपुर - BKT, मकवानपुर - MKW, सप्तरी - SPT, समाज
छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु
By साझासवाल
4 मिनेट पढाइ