१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

छुट्टाछुट्टै सवारी दुर्घटनामा तिन जनाको मृत्यु

२६ जेष्ठ २०७९, बिहीबार ०५:२१

जेठ २६, काठमाडौं |  कैलाली,धादिङ र तेह्रथुममा भएको सवारी दुर्घटनामा तिन जनाको मृत्यु भएको छ 

 कैलालीको घोडाघोडी नगरपालिका–२ पाण्डेचोक साडेपानीमा गएराती मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । 

मृत्यु हुनेमा स्थानीय ५५ वर्षीय तारा रावल रहेकी छिन् । ठक्करबाट गम्भिर घाइते भएकी रावलको उपचारको क्रममा घोडाघोडी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । 

सुदुर पश्चिम प्रदेश ०१–००८ प ६४०७ नम्बरको मोटरसाइकलले गएराती सवा ९ बजे पैदलयात्री रावललाई ठक्कर दिएको थियो । 

मोटरसाइकल सहित चालकलाई इलाका प्रहरी कार्यालय सुखड कैलालीले नियन्त्रणमा लिएको छ ।

धादिङको धुनिवेशी नगरपालिका–६ चालिसेमा गएराती ट्रकको ठक्करबाट पैदलयात्री महिलाको मृत्यु भएको छ । 

गोर्खाको गण्डकी गाँउपालिका ५ दरबुङ घर भएकी अन्दाजी ४४ बर्षीया राममाया विकको मृत्यु भएको हो । काठमाडौंबाट नारायणगढ तर्फ जादै गरेको ना८ख ५१ ७३ नम्बरको ट्रकको ठक्करबाट गएराती साढे ९ बजे गम्भीर घाइते भएकी विकको उपचारको क्रममा ट्रमा सेन्टरमा राती साढे १० बजे मृत्यु भएको हो । ट्रक सहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

तेह्रथुमको म्याङलुङ नगरपालिका–१ डबलीमा हिजो साँझ ट्रयाक्टर दुर्घटना हुदा चालकको मृत्यु भएको छ । 

मृत्यु हुनेमा तेह्रथुमकै फेदाप गाउँपालिका–५ इसिबुका २६ वर्षीय रबिन खापुङ रहेका छन् । म्याङलुङबाट तमोरतर्फ जाँदै गरेको प्रदेश १–०२–००३ त ४९८ नम्बरको ट्रयाक्टर हिजो साँझ अनियन्त्रित भइ सडकबाट अन्दाजी एक सय मिटर तल खसेको थियो ।चालक खापुङको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक