जेठ २७, धादिङ | धादिङको त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ५ धिमिरेमा पहिरोले घर पुरिँदा एक जना बेपत्ता भएका छन्।
![]()
बिहीबार राति आएको पहिरोले घर पुरिँदा ५५ वर्षीय नेत्रप्रसाद खाँड बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी निरीक्षक रमेश थापाले बताए । रातिको समयमा अविरल बर्षाको कारण पुन: निर्माण गरिएको घरमाथि सडक खनेर थुपारिएको माटोको ढिस्को सहितको लेदोले पुरिएको थियो ।
राति घरमै सुतिरहेकै बेला पहिरोले पुरिएर बेपत्ता भएका खाँणको खोजी भइरहेको उनले बताए । पहिरोले अन्य घरहरू पनि जोखिममा रहेको स्थानीयले बताए ।