भदौ २१, खोटाङ । शेर्पा कन्स्ट्रक्सन प्रालिको गाडी सोमबार बेलुका दुर्घटना हुँदा चारजना घाइते भएका छन् । 

दिक्तेलबाट सामान लिएर नेर्पातर्फ जाँदै गरेको बा ९ च ७७१८ नंको गाडी दिक्तेलमा दुर्घटना हुँदा चारजना घाइते भएका हुन् । दिक्तेल नगर"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ २१, खोटाङ । शेर्पा कन्स्ट्रक्सन प्रालिको गाडी सोमबार बेलुका दुर्घटना हुँदा चारजना घाइते भएका छन् । 

दिक्तेलबाट सामान लिएर नेर्पातर्फ जाँदै गरेको बा ९ च ७७१८ नंको गाडी दिक्तेलमा दुर्घटना हुँदा चारजना घाइते भएका हुन् । दिक्तेल नगर"/>

२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

खोटाङमा गाडी दुर्घटना हुँदा चार घाइते

२१ भाद्र २०७३, मंगलवार ०५:०५

भदौ २१, खोटाङ । शेर्पा कन्स्ट्रक्सन प्रालिको गाडी सोमबार बेलुका दुर्घटना हुँदा चारजना घाइते भएका छन् । 

दिक्तेलबाट सामान लिएर नेर्पातर्फ जाँदै गरेको बा ९ च ७७१८ नंको गाडी दिक्तेलमा दुर्घटना हुँदा चारजना घाइते भएका हुन् । दिक्तेल नगरपालिका–१ स्थित रत्नपार्कको उकालोमा ब्रेकफेल भएर दुर्घटना हुँदा चालक सूर्य तामाङ, कम्पनीका लेखापाल प्रदीप खड्का, भान्से भीमबहादुर भुजेल र क्रसर अपरेटर खड्गबहादुर आले घाइते भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक नवीनकिशोर प्रधानले जानकारी दिए । 

घाइते सबैको जिल्ला अस्पताल खोटाङमा उपचार भइरहेको छ । उनीहरुको टाउको, हातखुट्टा तथा शरीरको विभिन्न भागमा चोट लागेको छ । उनीहरुको अवस्था खतरामुक्त रहेको अस्पताल स्रोतले जनाएको छ । 

रत्नपार्कमा यसअघि पनि पटकपटक दुर्घटना हुने गरेको छ । सडकमा हिँडिरहेको कुकुरलाई छलेर गाडी अगाडि बढाउन खोज्दा ब्रेकफेल भएर दुर्घटना भएको चालक तामाङको भनाइ छ । 

पाँचजना यात्रु र कम्पनीको सामान लिएर हिँडेको गाडी सडकबाट करिब २० फिट तल खसेको छ । घाइते सबैको गाडी भित्रैबाट उद्धार गरिएको प्रहरीले जनाएको छ । गाडीमा सवार एकजना भने सकुशल भेटिएका छन् । उनी गाडी पल्टिँदा उछिट्टिएर तल झरेको प्रत्यक्षदर्शीले बताएका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव