भदौ २१, काठमाडौँ । काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा हैजाको सङ्क्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

भदौ २१, काठमाडौँ । काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा हैजाको सङ्क्"/>

2026-09-08 11:25 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

उपत्यकामा एक सयभन्दा बढीमा हैजाको सङ्क्रमण भएको पुष्टि


भदौ २१, काठमाडौँ । काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा हैजाको सङ्क्रमण बढेपछि १३५ जनामा सङ्क्रमणको पुष्टि भएको छ । 

वर्षा मौसम सुरु भएदेखि देखिएको हैजा अहिले नियन्त्रणका क्रममा रहेको स्वास्थ्य मन्त्रालय, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका जनस्वास्थ्य अधिकृत रेशमलाल लामिछानेले जानकारी दिए । 

लामिछानेका अनुसार ललितपुरमा ११०, काठमाडौंमा १९ र भक्तपुरमा एक जनामा जीवाणु देखिएको हो । पछिल्लो पटक यही भदौ १७ गते पाँच जनामा हैजा पुष्टि भएको थियो । 

महाशाखाले हैजा देखिएको ठाउँको पानीको परीक्षणका लागि नमुना सङ्कलन गर्दै पानी उमालेर वा शुद्धीकरण गरेर पिउन आग्रह गरेको छ । 

लगातार पातलो दिसा हुने रोगलाई बोलचालका भाषामा झाडापखाला भनिन्छ । रोगीको पखालामा ‘ब्याक्टेरियम भिब्रियो कोलेरी’ नामक जीवाणु पाइएमा त्यसलाई हैजा भनिने चिकित्सक बताउँछन् । 

महाशाखाका पूर्वनिर्देशक डा बाबुराम मरासिनीका अनुसार हैजाको जीवाणु शरीरमा प्रवेश गरेपछि दुई घन्टादेखि पाँच दिनसम्ममा देखिन सक्छ । यसको सङ्क्रमण अवधि निकै कम भएकाले यो तुरुन्तै फैलिन सक्छ । समयमै उपचार नपाए बिरामीको मृत्यु समेत हुन सक्ने उनको भनाइ छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो