2026-10-02 06:05 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सुनको लौरो’ र ‘राजकुमार’ दुवै नक्कली, सरकारले रोक्यो मोहम्मदको सबै औपचारिक कार्यक्रम

असार ६, काठमाडौं | यतिबेला  सुनको लौरोको चर्चा छ । लौरो ल्याउने दुबईका राजकुमार भनिएका शेख मोहम्मद मक्तुम जुमा ला मक्तुम पनि चर्चामा छन् ।

यथार्थमा सुनको लौरो र लौरो ल्याउने राजकुमार भनिएका व्यक्ति दुवै नक्कली भएको खुलेको छ । लौरो ल्याउने मक्तुम मार्सी भनिने दुर्गा प्रसाईंको निम्तोमा नेपाल आएका हुन् । दुबईका राजकुमार सामान्य तरिकाले कसरी आए भन्ने चर्चा परिचर्चा भयो । वास्तवमा राजकुमार भनिएका मक्तुम युएईका राजपरिवारका सदस्य भएको खुलेको छ ।

सुनको लौरो' र 'राजकुमार' दुवै नक्कली भ​एको खुलासा - Nepal's Leading News  Portal

व्यवसायी दुर्गा प्रसाईंको निमन्त्रणामा नेपाल भ्रमणमा रहेका युएईका राजपरिवारका सदस्य शेख मोहम्मद माक्तुम जुमा ला माक्तुमका सबै औपचारिक कार्यक्रममा सरकारले रोक लगाएको छ ।

उनको निजी भ्रमण भएको हुँदा कुनै पनि सार्वजनिक कार्यक्रममा सहभागी हुनका लागि रोक लगाइएको हो । नेपाल सरकारको अनुमतिबेगर उनी नेपाल आएको हुँदा सार्वजनिक कार्यक्रममा रोक लगाइएको बताइएको छ । झापामै उनले मस्जिद र विश्वविद्यालय शिलान्यास गर्ने कार्यक्रम रहेको थियो ।

दूतावासको अनुरोधमा  काठमाडौं ओर्लिएका राजपरिवारका ती सदस्यलाई भीभीआईपी कक्ष प्रयोग गर्न दिइएको थियो ।झापा पुगेर उनले व्यवसायी दुर्गा प्रसाईँलाई सुनको लौरो हस्तान्तरण गरेको समाचारहरु सार्वजनिक भएका थिए । तर उक्त लौरो नक्कली भएको पुष्टि भएको छ ।

विमानस्थलमा पनि उक्त लौरोको भन्सार तिरिएको छैन । भने परराष्ट्र मन्त्रालयलाई समेत जानकारी गराइएको छैन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका प्रमुख  महेश भट्टराईले विमानस्थलबाट सुनको लौरो नआएको पुष्टि गरे ।

“एयरपोर्ट भन्सारबाट हुनै पनि सुनको लौरो नेपाल आएको छैन । कुनै पनि यात्रु  विदेशबाट नेपाल आउँछ भने भन्सारमा नेपालको कानुनअनुसार भन्सार लाग्ने कुनै पनि वस्तु ल्याएको छ भने भन्सार घोषणा गर्नु सम्बन्धित यात्रुको कर्तव्य हो ।  त्यसअनुसार भन्सार लाग्ने वस्तु भए घोषणा गर्नुप-यो, नलाग्ने भए परेन ।   राजपरिवारका सदस्य र उहाँको टिमले त्यस अनुसार कुनै पनि प्रज्ञानपत्र भर्नु भएन । ”

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जस्तो ऐन बनायो, परिणाम पनि त्यस्तै आउँछ : पूर्वाधारमन्त्री लम्साल पार्टीलाई बलियो बनाए अहिलेको अवस्थाभन्दा अझ अघि बढ्न सक्छौँ : ओली असोज १–१५ को करदाता उपहार घोषणा, लालबाबु साहलाई १० लाखको बम्पर साताको अन्तिम कारोबार दिन नेप्से ओरालो, ११ उपसमूहमा गिरावट ग्यास अभाव हुन नदिन सुरक्षा निकायलाई एलपीजी बिक्रीको अनुमति दिने तयारी राष्ट्रिय सभामा विभिन्न मन्त्रालयका प्रश्नको जवाफ, तीन निकायका वार्षिक प्रतिवेदन पेस आर्थिक सुधारका लागि चालु वर्ष २७ नयाँ कानुन ल्याउँछौँ : अर्थमन्त्री वाग्ले महाकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह झापामा हात्ती आतंक र सुकुम्वासी समस्याबारे इन्दिरा राना मगरको सरकारको ध्यानाकर्षण दशैंमा पशुबलिका नाममा हुने क्रूरता रोक्न आशिका तामाङको माग बालिकामाथिको जघन्य अपराधको मुद्दा प्राथमिकताबाट नहराओस् : सांसद श्रेष्ठ अर्को अधिवेशनसम्म सरकार नढलोस् : ध्रुवराज राई इतर समूहको वडा अधिवेशनबाट देउवा क्षेत्रीय प्रतिनिधिमा चयन प्रतिनिधिसभा बैठक सुरु सुनचाँदीको मूल्य बढ्यो गगन थापा सर्वसम्मत सभापति बन्न सक्छन् : देवराज चालिसे दुर्गा प्रसाईंलाई थप एक दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति राष्ट्रियसभाका दुई रिक्त पद छिटै पूर्ति गरिने काठमाडौँमा १० दिन विद्युत् कटौती, यी क्षेत्रमा प्रभावित हुनेछ सेवा आर्थिक क्षेत्रका तीन विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो