<"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
<"/>
2026-10-02 06:08 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मेसिनले हात छिनाइदिएपछि जुट मिल्सका कामदारको मृत्यु

असार ७, विराटनगर | विराटनगर महानगरपालिका–१७ रानीमा रहेको रघुपति जुट मिल्सको मेसिनले हात छिनाइदिएपछि शुक्रबार राति एक जना कामदारको मृत्यु भएको छ । 

मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठका अनुसार मिल्सका मजदुर विराटनगर–१४ का ४२ वर्षीय राजो कामतको राति ९ः३० बजेतिर मृत्यु भएको हो । जुटको फोहोर सफा गर्ने क्रममा चालु अवस्थामा रहेको मेसिनले कामतले काटेर बायाँ हात छिनाइदिएको श्रेष्ठले बताए । मेसिनले बायाँ हातको कुमदेखि तलको भाग काटेर छिनाइदिएपछि अत्यधिक रक्तश्राव भएको थियो । 

‘फोहोर सफा गर्ने क्रममा मेसिनमा हात अड्किएछ । चालु अवस्थामा रहेको त्यही मेसिनले काटेर कुमदेखि तलको भाग छिनाइदिएको पाइयो,’ उनले भने, ‘मेसिन बन्द गरी तत्काल उद्धार गरेर घाइतेलाई उपचारका लागि लगिए पनि बचाउन सकिएन । अस्पताल पुर्याएपछि चिकित्सकले मृत घोषित गरेका हुन् ।’ 

कामतलाई सुरुमा कोसी अस्पताल लगियो । त्यहाँबाट थप उपचारका लागि विराट नर्सिङ होम पुर्याउनसाथ चिकित्सकले मृत घोषित गरेका हुन् । घटनाका बारेमा अनुसन्धान सुरु गरिएको डीएसपी श्रेष्ठले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जस्तो ऐन बनायो, परिणाम पनि त्यस्तै आउँछ : पूर्वाधारमन्त्री लम्साल पार्टीलाई बलियो बनाए अहिलेको अवस्थाभन्दा अझ अघि बढ्न सक्छौँ : ओली असोज १–१५ को करदाता उपहार घोषणा, लालबाबु साहलाई १० लाखको बम्पर साताको अन्तिम कारोबार दिन नेप्से ओरालो, ११ उपसमूहमा गिरावट ग्यास अभाव हुन नदिन सुरक्षा निकायलाई एलपीजी बिक्रीको अनुमति दिने तयारी राष्ट्रिय सभामा विभिन्न मन्त्रालयका प्रश्नको जवाफ, तीन निकायका वार्षिक प्रतिवेदन पेस आर्थिक सुधारका लागि चालु वर्ष २७ नयाँ कानुन ल्याउँछौँ : अर्थमन्त्री वाग्ले महाकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह झापामा हात्ती आतंक र सुकुम्वासी समस्याबारे इन्दिरा राना मगरको सरकारको ध्यानाकर्षण दशैंमा पशुबलिका नाममा हुने क्रूरता रोक्न आशिका तामाङको माग बालिकामाथिको जघन्य अपराधको मुद्दा प्राथमिकताबाट नहराओस् : सांसद श्रेष्ठ अर्को अधिवेशनसम्म सरकार नढलोस् : ध्रुवराज राई इतर समूहको वडा अधिवेशनबाट देउवा क्षेत्रीय प्रतिनिधिमा चयन प्रतिनिधिसभा बैठक सुरु सुनचाँदीको मूल्य बढ्यो गगन थापा सर्वसम्मत सभापति बन्न सक्छन् : देवराज चालिसे दुर्गा प्रसाईंलाई थप एक दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति राष्ट्रियसभाका दुई रिक्त पद छिटै पूर्ति गरिने काठमाडौँमा १० दिन विद्युत् कटौती, यी क्षेत्रमा प्रभावित हुनेछ सेवा आर्थिक क्षेत्रका तीन विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो