पहिरो खस्दा मुग्लिन सडक अबरुद्ध

kit
By
kit
Bykit
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your...
1 Min Read

भदौ २२, चितवन । चितवनको कालीखोलामा पहिरो खस्दा मुग्लिन–नारायणगढ सडक रातिदेखि अवरुद्ध हुन पुगेको छ । आज बिहान करिब साढे १ बजे पहिरो खसेर अवरुद्ध भएको सडक अझै सञ्चालनमा आउन सकेको छैन ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार अहिले सडकमा खसेको पहिरो पन्छाउने काम जारी रहेको छ । डोजरको सहयोगमा प्रहरीले पहिरो पन्छाउने काम गरिरहेको र बाटो खुल्न अझै समय लाग्ने जनाइएको छ । पहिरोले सडक बन्द भएपछि अहिले चितवनबाट काठमाडौँ र पोखरा जाने–आउने सयाँै सवारी बीच बाटोमै अलपत्र परेका छन् ।

उक्त ठाउँमा यही भदौ दोस्रो साता पनि पहिरो खसेर बाटो अवरुद्ध भएको थियो । चितवनको मुग्लिन–नारायणगढ सडकको कालीखोलामा वर्षाका बेला प्रायः पहिरो जाँदै आएको छ । पहिरोका कारण सो क्षेत्र सबैभन्दा जोखिमपूर्ण बनेको छ । सो क्षेत्रमा सडक विस्तारको काम चलिरहेकाले सुख्खा समयमा समेत पहिरो खस्ने गर्दछ । रासस

Share This Article
Bykit
Follow:
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your success story.
Leave a Comment

Leave a Reply