१६ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जुवातास खेलिरहेको अवस्थामा २१ जना पक्राउ

१९ असार २०७९, आईतवार ०७:५७

असार १९, काठमाडौँ | काठमाडौं, दाङ र सर्लाहीबाट जुवातास खेलिरहेको अवस्थामा २१ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

काठमाडौं महानगरपालिका–६ भृकुटीचोकस्थित नमस्ते होटेलबाट जुवातास खेलिरहेको अवस्थामा ८ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो । 


पक्राउ पर्नेमा सोही ठाउँ बस्ने रामेछाप खाँडादेवी गाउँपालिका–४ घर भएका ४५ वर्षीय प्रकाशराज प्रसाईसहित ८ जना रहेका छन् । 

प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४३ हजार १ सय ८० रूपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो । 

दाङको तुलसीपुर उपमहानगरपालिका–५ बसपार्कस्थित रातामाटा होटलबाट जुवातास खेलिरहेको अवस्थामा ७ जनालाई प्रहरीले फक्राउ गरेको छ । 

पक्राउ पर्नेमा सल्यान शारदा नगरपालिका–११ घर भएका ३५ वर्षीय सेती राम बुढाथोकी लगायत छन् । 

इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख २ हजार ३ सय ८५ रूपैयाँ र १ गड्डी तास सहित फेला पारी पक्राउ गरेको हो । 

सर्लाहीको लालबन्दी नगरपालिका–१० बस्ने कान्छा भन्ने अम्मर बहादुर गोलेको घरबाट जुवातास खेलिरहेको अवस्थामा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सोही नगरपालिका–१७ बस्ने ४९ वर्षीय मिन बहादुर मगर लगायत छन् । उनीहरुलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो । 

इलाका प्रहरी कार्यालय लालबन्दीबाट खटिएको प्रहरीले उनीहरूलाई जुवातास खेलिरहेको अवस्थामा नगद १ लाख ३४ हजार ४ सय ५ रूपैयाँ सहित फेला पारी पक्राउ गरेको हो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ