भदौ २२, चितवन । चितवन राष्ट्रिय निकुञ्ज&nb"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ २२, चितवन । चितवन राष्ट्रिय निकुञ्ज&nb"/>
2026-08-30 11:52 PM
काठमाडौँ - KTM

वन्यजन्तु असुरक्षित भएपछि निकुञ्ज आसपासका होटलको निगरानी

भदौ २२, चितवन । चितवन राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती क्षेत्र आसपासका क्षेत्रमामा दुर्लभ वन्यजन्तु असुरक्षित हुन थालेपछि चितवन निकुञ्जले निगरानी थालेको छ । 

जिल्लाको पश्चिम मेघौलीको एक होटलका कर्मचारीको लापर्बाहीका कारण करेन्ट लागेर दुर्लभ एक सिङ्गे गैँडा मरेपछि निकुञ्जले होटलको निगरानी थालेको हो । निकुञ्ज आसपास पश्चिम क्षेत्रमा सुविधायुक्त दर्जनौँ होटल खुलेका छन् । 

चौधरी ग्रुपले सञ्चालन गरेको होटल मेघौली सेराइ अगाडि यही साउन २४ गते डुङ्गा बनाउने क्रममा छाडिएको करेन्ट लागेर एउटा वयस्क पोथी गैँडा मरेको थियो । सो घटनामा निकुञ्जले पक्राउ गरेका नौ जनामध्ये अदालतको आदेशअनुसार दुई भारतीयसहित चार जना पुर्पक्षका लागि थुनामा छन् । 

“हामीले होटलको कडा निगरानी थालिसकेका छौँ, निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलले भन्नुभयो– “होटलको अनुगमन गरेर हरेक गतिविधि जानकारी लिने तयारी समेत भएको छ ।” 

वन, वन्यजन्तु र जैविक विविधताका विरुद्धका कुनै पनि गतिविधि भए कारबाहीको दायरामा ल्याउने गरी अनुगमन हुने निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालले जानकारी दिनुभयो । 

निकुञ्ज नजिक मध्यवर्तीसँग जोडिएको पश्चिम क्षेत्रमा मेघौली सेराइ, कसरा रिसोर्ट, गोलाघाट रिसोर्ट, टाईगर ल्यान्ड, जङ्गल भिल्ला, सफारी नारायणी, इको वाइल्डलाइफ रिसोर्ट, मचान प्याराडाइज, राइनो रिसोर्ट, सेन्ट्रल पाम जङ्गल रिसोर्ट, होटल बाराहीलगायत छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शिक्षकलाई कुटपिट गरी हत्या गरेको आरोपमा ११ जना पक्राउ भोटेकोशी बाढीपछि उद्धारमा खटिएका हेलिकप्टरका लागि निगमले पठायो ४० हजार ८४० लिटर हवाई इन्धन रसुवा बाढी–पहिरोमा मृत्यु हुनेको संख्या ६६९ पुग्यो, चितवनमा मात्रै २४८ शव फेला त्रिशूली जलविद्युत् आयोजनाको सुरुङबाट २०८ जनाको उद्धार टनेलमा फसेकाको उद्धार गर्न नेपालले भारत र चीनसँग माग्यो सहयोग बाढी–पहिरोले मुख्य सडक अवरुद्ध भएपछि धादिङबेसी जोड्ने वैकल्पिक मार्ग सञ्चालनमा भोटेकोशी बाढी प्रभावितको उद्धार–राहत तीव्र बनाउन प्रधानमन्त्रीलाई आङ्देम्बेको ९ बुँदे माग त्रिशूली बाढीले नुवाकोटमा ठूलो क्षति, ५१ शव फेला, ४०५ अझै बेपत्ता दुर्गन्ध र संक्रमणको जोखिमपछि चितवनमा २२९ शव जमिनमा व्यवस्थापन गरिँदै रसुवाको बाढीले नारायणीमा बढ्यो बहाव, पश्चिम चितवनका बस्ती उच्च जोखिममा भोटेकोशी बाढीले अवरुद्ध काठमाडौँ–मुग्लिन सडक खुल्यो भोटेकोशीमा फेरि बाढीको जोखिम, नदी थुनिएर बनेको ताल फुट्ने सम्भावना धादिङमा बाढीले बगाएर ल्याएको सेफ फोडेर रकम निकाल्ने २९ जना पक्राउ रसुवाको भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या ६२६ पुग्यो, २ हजार ४२६ अझै बेपत्ता बाढीपहिरोमा मृत्यु हुनेको संख्या ५५३ पुग्यो न्युजिल्याण्डका खेलाडीलाई हराउँदै रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’को फाइनलमा त्रिशूली–नारायणीमा भेटिएका शवमध्ये दुईको पहिचान भोटेकोशी बाढीको कहर : २८ प्रहरी सम्पर्कविहीन, ४८९ शव बरामद विपद्को सामना गर्न सबै पक्ष एकजुट हुनुपर्छ : कुलमान घिसिङ बाढीपहिरो प्रभावितका लागि प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महिनाको तलब दिने