२०८२, ३० चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

करिश्मा भन्छिन्, स्ट्रीट फुड र सामान बेच्ने चलन हरेक मुलुकमा छ

२०७९, २० असार सोमबार ०८:०५

असार २०, काठमाडौं | अभिनेत्री करिश्मा मानन्धरले स्ट्रीट फुड र सामान बेच्ने चलन हरेक मुलुकमा रहेको बताएकी छन् । सोमबार सामाजिक सञ्जालमार्फत करिश्माले सडकमा सामान बेच्ने चलन अन्य देशमा पनि भएको भन्दै तिनीहरूको व्यवस्थापन गर्नुपर्ने बताएकी हुन् ।

काठमाडौंको बालुवाटार सडकखण्डमा ठेलामा मकै पोलेर बेच्ने चेतेन्द्र आचार्यलाई महानगर प्रहरीले कुटपिट गर्दै ठेला खोसेर लगेपछि त्यसको चौतर्फी आलोचना भइरहेको छ । यही विषयलाई लिएर काठमाडौं महानगर प्रमुख बालेन्द्र साहको सामाजिक सञ्जालमा व्यापक आलोचना भएको छ । यो घटनाले देश नै दुई ध्रुवमा बाँडिएको छ ।

यही विषयमा करिश्माले आफ्नो धारणा सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेकी हुन् । 


उनले लेखेकी छन्, ‘म पनि काठमाडौ रैथाने बासी हुँ । नबुझेको कुरा लेख्दै छु । महानगर सफा हुनुपर्छ सही हो ।

हामीले आफ्ना करोडौं पर्ने जग्गा, घर भत्काउन दिएर बाटो फराकिलो बनाउन सहयोग गर्यौँ सही हो । बाटोमा हिँड्ने ठाउँ ओगटेर पसल राख्नु हुँदैन त्यो पनि सही कुरो हो । गाउँ छाडेर हाम्रा सहरमा गरिखान किन आउँछन् मानिसहरु ? त्यसमा प्रश्न छ ।’

करिश्माले ग्रामीण सामाजिक अवस्थाबारे पनि चर्चा गरेकी छन् । ‘गाउँमा स्वास्थ छैन, शिक्षा छैन, बाटो छैन, सिँचाइ छैन । दैवी प्रकोपमा परेकाहरुको लागि गाँसबास, कपास छैन । उनीहरुले समयमा क्षतिपूर्ति पाउँदैनन् । त्यो समयसम्म उनीहरुका केटाकेटीले नपढ्ने ? क्षणिक भावनामा बगेर मायाले दुई दिन केही रकम दिएर तिनको उद्दार  हुँदैन । समस्याको दूरगामी समाधान कस्ले गर्ने ? ऊ आफैँले हो, ऊ आफैले गर्नुपर्ने अवस्था छ । त्यसैले उसले काम गर्नुपर्छ । यदि ऊ यो देशको नागरिक हो भने, मतदाता हो भने  यो देशको समग्र भुमिमा टेक्ने अधिकार उसलाइ छ । ऊ अशिक्षित छ, गरिब छ, लाचार छ भनेर जे पनि गर्न मिल्छ । जे पनि भन्न मिल्छ ? ऊ मान्छे हो कुरा बुझ्छ सम्झाएर भन । तपाईंहरुलाई भोट दिएर ठाउँमा पठाएको नियम बनाऊ र लागू गर भनेर मात्रै पठाएको होइन,’ उनले लेखेकी छन् ।

करिश्माले अहिले काठमाडौंमा देखिएको समस्या हरेक महानगरको समस्या हुने पनि बताएकी छन् । ‘हरेक लागू गरेका नियमहरुको परिणाम र दुरगामी असर पनि बिचार गर्नु भनेर पठाएको हो । यो काठमाडौको मात्रै समस्या होइन, भविष्यमा हरेक महानगरको समस्या हुनेछ । स्ट्रीट फूड र सामान बेच्ने चलन हरेक मुलुकमा छ । मानिसहरुले पर्यटकहरुले यस्को आनन्द उठाइरहेको देख्न सक्छौ । व्यवस्थापन गर्नतर्फ लाग्ने कि प्रतिबन्ध र बिरोधतर्फ लाग्ने ? कि मकै पोलेर, चटपटे बनाएर तारे होटलमा बेच्ने ?’ उनले प्रश्न गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
तोकिएकै समयमा संसद् भवन निर्माण सम्पन्न गर्न सभामुखको निर्देशन राजनीतिमा युवाको आगमनले राष्ट्रलाई मद्दत पुग्ने विश्वास लिएको छु: पूर्वराजा ज्ञानेन्द्र विमानस्थलबाट गाँजासहित एक भारतीय नागरिक पक्राउ कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट प्रधानमन्त्री शाहले गरे बागमतीका सांसदसँग छलफल तिमी जन्मँदै गरिब जन्मनु त्यो तिम्रो गल्ती होइन, तिमी मर्दा गरिब मर्नु त्यो तिम्रो गल्ती हो: गृहमन्त्री गुरुङ सभामुख अर्याल र उपसभामुख ठाकुरबीच शिष्टाचार भेट पूर्वप्रधानमन्त्री ओलीको पित्तथैलीको शल्यक्रिया सफल सभामुख अर्याल र पूर्व सभामुखबिच भेटघाट गरिब जनतासँग तरकारीमा लाउने लसुन छैन! नेताहरूसँग सुन नै सुन: हर्क साम्पाङ क्रियाशील सदस्यता खारेज गर्ने होइन, अद्यावधिक गर्दैछौं : महामन्त्री पौडेल ओलीको पित्तथैलीको शल्यक्रिया हुदै सुनचाँदीको मूल्य घट्यो सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल