बागमती, गण्डकी, लुम्बिनी र कर्णालीका केहि भूभागमा सामान्य देखि पूर्ण बदली रही चट्याङसहित मध्यम वर्षा भइरहेको छ। देशका अन्य भूभागमा आंशिक देखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको "/>
साउन ८, काठमाडौँ | आज बागमती, गण्डकी, लुम्बिनी र कर्णालीका केहि भूभागमा सामान्य देखि पूर्ण बदली रही चट्याङसहित मध्यम वर्षा भइरहेको छ। देशका अन्य भूभागमा आंशिक देखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आज दिउँसो देशको केही स्थानहरूमा चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । राती प्रदेश १ को एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
देशको पहाडी भू(भागमा पहिरो तथा गेग्रान बहावको जोखिम रहनुको साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।