क्यानडी फन हाउस नामक कम्पनीले एउटा विज्ञापन आह्वान गरेको छ, जसमा चकलेट खानुपर्ने जागिरका लागि कर्मचारी माग गरिएको छ ।
साउन १९, काठमाडौं | क्यानडी फन हाउस नामक कम्पनीले एउटा विज्ञापन आह्वान गरेको छ, जसमा चकलेट खानुपर्ने जागिरका लागि कर्मचारी माग गरिएको छ ।

नयाँ भर्ना हुने कर्मचारीले चकलेट खाएर स्वाद बताउनुपर्नेछ । चकलेटको स्वादलाई आकर्षक बनाउन कम्पनीले कर्मचारी राख्न लागेको हो । चकलेट खाएर कर्मचारीले स्वाद सुधारका लागि सुझाव समेत दिनुपर्नेछ ।
यो कामका लागि कम्पनीले मासिक १० लाख रुपैयाँ तलब दिने सीएनबीसीको रिपोर्टमा उल्लेख छ । यसमा आवेदन दिन उमेरको कुनै सीमा तोकिएको छैन । ५ वर्षका बच्चाले समेत यसमा आवेदन दिन सक्नेछन् तर आवेदक उत्तरी अमेरिका निवासी हुनुपर्ने शर्त राखिएको छ ।