१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कर्णालीका मुख्यमन्त्री शाही भन्छन्- कर्मचारीले संघबाट आएको भन्दैमा ठूला कुरा नगराै

१९ श्रावण २०७९, बिहीबार ११:००

साउन १९, सुर्खेत | कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले अधिकांश जिल्लाका प्रमुखहरू व्यक्तिगत काममा लागेका कारण कार्यालयमा नभएको जानकारी आएको बताएका छन् । २ साउनमा नयाँ योजनाको अख्तियारी पठाइसकेकोले योजना कार्यान्वन नगरी व्यक्तिगत काममा कर्मचारी खटिएको भन्दै तत्काल विषयगत मन्त्रालयले ताकेता गर्न निर्देशन दिए ।

मुख्यमन्त्री शाहीले भने, ‘यसरी हाम्रो प्रदेशको काम कसरी हुन्छ ? अबको चार महिनाभित्र परिणाम निकाल्ने गरी काम गर्न मैले तपाईहरूलाई भनेको छु, किन मेरो कुरा सुन्नुहुन्न ? राजनीतिक नेतृत्व र कर्मचारीको समन्वय र सहकार्यबाट नै प्रदेशको विकास हुने हो ? काम गर्नेलाई थोरै समय भए पनि धेरै काम गर्छ तर काम नगर्नेलाई जति समय भए पनि केही नगर्ने हुदोरहेछ । ’ पैसा बुझाएर योजना पारेको भन्ने गुनासो समेत आफूसँग आएको मुख्यमन्त्री शाहीले बताए । यस्ता गलत कार्यतर्फ नलाग्न कर्मचारी र मन्त्रीहरूलाई  निर्देशन दिए ।  

कर्णाली प्रदेश सरकारको वार्षिक समीक्षा कार्यक्रममा मुख्यमन्त्री शाहीले कानुनभन्दा माथि कोही नभएकाले नहुने कामतर्फ नलाग्न चेतावनी दिए । सबैभन्दा बढी कर्मचारीले मन्त्री र सचिवको नाम बिक्री गरेर पैसा असुलेको सूचना मुख्यमन्त्री कार्यालयमा आएको र यस्ता धन्धातर्फ नलाग्न सचेत गराए । 

संघबाट आएको भन्दै ठूला कुरा नगर्न समेत कर्मचारीलाई सुझाव दिए । उनले मन्त्रालयहरूलाई बेरुजु रकम घटाउन समेत सुझाव दिए । कर्णालीका सबै जिल्ला हाम्रा हुन् भन्ने चेतनाको विकास गर्न समेत निर्देशन दिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण