१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

निर्वाचनको लागि उपयुक्त महिना– वैशाख, जेठ र मंसिर

१९ श्रावण २०७९, बिहीबार ११:०९

साउन १९, काठमाडौं | सरकारले आज आगामी मंसिर ४ गत एकसाथ प्रदेश तथा प्रतिनिधी सभा निर्वाचन गर्ने घोषणा गरेको छ । नेपालको निर्वाचन इतिहासमा मंसिर महिनामा हुन लागेको यो तेस्रो प्रजातान्त्रिक निर्वाचन हो ।  

नेपालमा हालसम्म जति पनि प्रजातन्त्रिक निर्वाचन भएका छन् अधिकांश वैशाख, जेठ र मंसिर महिनामा भएको पाइन्छ । अर्थात यी तीन महिना निर्वाचनको दृष्टिले अनुकुल महिना हुन् । 

मौसम अनुकुल हुनेहुँदा निर्वाचनको लागि वैशाख, जेठ र मंसिर महिना रोजिदै आइएको छ । यति बेला पानी पर्ने सम्भावना कम, दिन धेरै छोटे नहुने र हिमाली क्षेत्रमा चिसो बढीनसक्ने हुँदा निर्वाचनको लागि उपयुत्त मानिदै आइएको छ । 

नेपालमा २००७ सालयता हालसम्म १२ वटा प्रजातान्त्रिक निर्वाचन भएका छन् । अधिकांश निर्वाचनहरु वैशाख, जेठ र मंसिर महिनामा सम्पन्न भएका छन् । 

नेपालमा पहिलो आमनिर्वाचन २०१५ फागुन ७ गते भएको थियो । त्यसपछि २०३७ सालमा राष्ट्रिय जनमतसंग्रह भएको थियो । जनमतसंग्रह वैशाख २० गते भएको थियो । 

२०४६ सालमा प्रजातन्त्र पुनस्थापना भएपछि २०४८ सालमा प्रतिनिधि सभाको निर्वाचन भएको थियो । उक्त वर्ष वैशाख २९ गते प्रतिनिधि सभा निर्वाचन भएको थियो । 

त्यसपछि २०४९ सालमा देशमा स्थानीय निर्वाचन सम्पन्न भएको थियो । सो वर्षको जेठ १५ र १८ गते दुई चरणमा स्थानीय निर्वाचन गरिएको थियो । 

२०५१ सालमा मध्यावधि निर्वाचन भएको थियो । उक्त वर्ष कात्तिक २९ गते प्रतिनिधि सभाको निर्वाचन सम्पन्न भएको थियो । यसपछि २०५४ जेठ ४ र १३ गते दुई चरणमा स्थानीय तहको निर्वाचन गरिएको थियो । 

निर्वाचन आयोगका अनुसार २०५६ वैशाख २० र जेठ ३ गते दुई चरणमा प्रतिनिधि सभा सदस्य निर्वाचन गरिएको थियो । यस्तै, २०६४ चैत २८ गते संविधान सभा निर्वाचन भएको थियो । 

पहिलो संविधान सभाले नयाँ संविधान जारी गर्न नसकेपछि २०७० मंसिर ४ गते दोस्रो संविधान सभा निर्वाचन गरिएको थियो । संविधान सभाले २०७२ असोज ३ गते नयाँ संविधान जारी गरेपछि २०७४ वैशाख ३१, असार १४ र असोज २ गते गरी तीन चरणमा स्थानीय तह निर्वाचन सम्पन्न गरिएको थियो ।

२०७४ सालको मंसिर १० र २१ गते दुई चरणमा प्रदेश र प्रतिनिधि सभा सदस्यको निर्वाचन एकसाथ गरिएको थियो । त्यसपछि २०७९ वैशाख ३० गते देशभर एकै चरणमा स्थानीय निर्वाचन सम्पन्न भएको थियो । 

सरकारले आज आगामी मंसिर ४ गते प्रदेश र प्रतिनिधि सभा सदस्य निर्वाचन गर्ने मिति घोषणा गरेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण